कोशी प्रदेश
अभिभावक बनेका जनप्रतिनिधिमा संक्रमणको डर (शृङ्खला १)
सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि बन्दाबन्दी (लकडाउन) गरेका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, अतिविपन्न परिवारलाई स्थानीय सरकारमार्फत् राहत वितरण कार्य भइरहेको अवस्थामा जनप्रतिनिधिले कसरी काम गर्दै छन् ।
दैनिक सयौँ व्यक्तिसँग सम्पर्क गर्नुपर्ने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षाको अवस्था के छ भनी जनतासँग प्रत्यक्ष सम्पर्क हुने स्थानीय तहका जनप्रतिनिधिका बारेमा बुझ्ने कोशिस गरेका छौँ ।
अप्ठ्यारो परेकालाई पहिले सहयोग गर्ने भावनाको सबैले विकास गर्नुपर्छः
रोशनप्रसाद ढकाल, वडाध्यक्ष, सुन्दरहरैंचा– १२
कोरोना महामारी रोक्न लगाइएको लकडाउनबाट पीडित परिवारलाई राहत लिएर हामी निरन्तर गइरहेका छौँ । पहिलो चरणमा हामीले ४ सय परिवारलाई राहत वितरण गरिसकेका छौँ । हाम्रो वडामा ८ सय १० परिवार राहत दिनुपर्ने अवस्थाका छन् । यसमध्येबाट पनि छनोट गरी दैनिक हातमुख जोर्न समस्या भएको परिवारलाई दिइने गरिएको छ ।
वडाबासीका साथै अन्य स्थानीय तहका नागरिक पनि फेला परेकाले उनीहरुलाई पनि मानवताको नाताले राहत वितरण गरिएको छ । लकडाउनका कारण छिमेकी जिल्लामा जान नपाएकालाई सम्बन्धित ठाउँमा पुर्याएका छाँै । वडा नम्बर १२ मा खोर्साने टोल, सिद्धेश्वर टोल, शुक्रबारे टोल, संगम टोल गरी टोल विभाजन गरी राहत दिइएको छ ।
कोरोना र लकडाउनको बारेमा सबै जना जानकार भएको देखिन्छ । लकडाउनका कारण यो रोगबारे बुझ्ने क्रम अझ बढेको छ । नागरिक सुरक्षित बन्दैछन् । तर पनि गाउँमा सेनिटाइजर, मास्क, पञ्जा प्रयोग गरेर काम गर्ने थोरै पाइन्छन् । धेरैले मास्कको मात्र प्रयोग गरेका छन् । हामीले बस्तीमा उपलब्ध भएसम्म त्यस्ता सामग्री वितरण गरिरहेका छौँ ।
हामी जनप्रतिनिधिलाई पनि मास्क, सेनिटाइजर र पञ्जामात्रै उपलब्ध छ । दैनिक सयौं संख्यामा प्रत्यक्ष नागरिकसँग भेट हुँदा समस्या छ । उपलब्ध खाद्य सामग्रीलाई सही तरिकाले लक्षित व्यक्तिसम्म पुर्याउन लागि परेका छौँ ।
दाताले दिएको रकमको एक पैसा पनि तलमाथि, पक्षपात नगरी वितरण गर्नेछौँ । सबैलाई अनुरोध पनि गर्छु मसँग अहिले आज खान छ भने भोलिको दिन राम्रो आउँछ भनेर कल्पना गर्ने हो र सेवा पनि गर्नुपर्ने हो । म भन्दा अर्को साथीलाई अप्ठ्यारो परेको छ भने पहिले त्यसलाई सहयोग गर्ने भावनाको सबैले विकास गर्नुपर्छ । राजनीतिक रूपमा वितरण गर्ने होइन अहिलेको पीडालाई कसरी जित्ने भनेर लाग्नु पर्छ ।
अउँदै गरेको नयाँ वर्षमा यो भाइरससँगको लडाइँ जितेर सबैले मनाउँला अहिले भने सबैलाई घरमै बसेर सामान्य शुभकामना मात्र आदानप्रदान गर्न अनुरोध गर्दछु ।
बस्तीमा रोगबाट भन्दा पनि भोकबाट कसरी बच्ने भन्नेमात्र देखिन्छ
जीवनप्रसाद ढुंगाना, वडाध्यक्ष, सुन्दरहरैंचा– ३

वडा नम्बर ३ मा ज्याला मजदुरी गरेर जीवन चलाउनेको संख्या धेरै छ । पहिलो चरणमा राहत बाँड्दा स्थायी बसोबास गर्नेलाई प्राथमिकता दिएर ४ सय ९२ परिवारलाई राहत बाँडेका थियौँ । भाडामा बस्नेलाई दिइएको छैन । खोलामा काम गर्नेको संख्या पनि धेरै भएकाले यो संख्या पनि बढ्ने देखिएको छ । हामीले भाडामा बस्नेको पनि लगत संकलन कार्य थालेका छौँ । लकडाउनको अवधि लम्बिँदै गएकाले राहत पाउने व्यक्ति पनि थपिँदै गएका छन् ।
गाउँमा जाँदा कोरोनाको संक्रमणबाट सुरक्षित हुन केन्द्र र प्रदेश सरकारले केही उपलब्ध गराएको छैन नगरपालिकाले पञ्जा दिएको छ । आफैँले सेनिटाइजर किनेर हातमा लगाएर हिँड्छौँ । दिनमा ३÷४ सय नागरिकसँग प्रत्यक्ष सम्पर्क हुन्छ । भारतबाट वा अन्य मुलुकबाट आएका नागरिकलाई खोज्न जाँदा धेरै व्यक्तिसँग सम्पर्क हुने गर्दछ । जनप्रतिनिधि हौँ जनताको कसम खाएर सेवामा लागेको हुँदा धेरै जोखिम मोलेर पनि काम गरिरहेका छौँ ।
हामीले बाहिरी मुलुकबाट आएका २३ जना लाई स्वास्थ्यजाँचका लागि पठाएकामा २ जनालाई टाँडीमा रहेको क्वारेन्टाइनमा राखिएको छ भने अरु व्यक्ति होम क्वारेन्टाइन अर्थात् घरमै सुरक्षित बसेका छन् । हामी ती व्यक्तिसँग पनि सम्पर्कमै छौँ ।
विश्वका धनी राष्ट्रले भोगेका उनीहरुको दयनीय अवस्था देख्दा हामीले महसुस गरेका छौँ सरकारले कमसेकम स्वास्थ्य र सुरक्षाको क्षेत्रमा काम गर्नेको बारेमा सोच्नुपर्छ । जनप्रतिनिधिहरु जनताको प्रत्यक्ष सम्पर्कमा रहने हुनाले खतरामा छन् उनीहरुलाई संक्रमण हुन सक्छ भनेर नेपाल सरकारले सोचेको देखिँदैन ।
गाउँगाउँमा हामी राहत लिएर जाँदा या लगत संकलन गर्न जाँदा धेरै लामो लकडाउन भएको भनी गुनासो गरेको पनि पाइन्छ । तर अशिक्षित बस्तीहरुमा यसको प्रभाव खासै देखिँदैन उनीहरु रोगबाट भन्दा पनि भोकबाट कसरी बच्ने भन्नेमात्र देखिन्छ । उनीहरुको पहिलो आवश्यकता भोक टार्ने मात्र भएको पाइन्छ ।
यो असहज परिस्थितिमा पनि हामी राहत बाँडिरहेका छौँ । केही ठाउँमा असहजता देखिए त्यसलाई सहजतातर्फ लैजानेछौँ । सरकारले यो लकडाउनको अवधि बढाएर जानुपर्ने देखिन्छ । नयाँ वर्ष हामी आफैँमा मात्र सीमित भएर मनाऔँ, कुनै भीडभाड गर्नुहुँदैन । लकडाउनको पालना गर्नुपर्छ । सबैलाई नयाँ वर्षको शुभकामना ।
राहत पाउनेले हस्ताक्षर गर्न नसक्दा हात समातेर ल्याप्चे लगाउनुपर्छ
उर्मिला शर्मा रिजाल कार्यपालिका सदस्य, सुन्दरहरैंचा

हामीले वडाको टोलटोलमा र घरघरमा गएर राहत उपलब्ध गरायौँ । पहिलो र दोस्रो चरणमा ४ सय परिवारलाई बाँडिएको छ । हामी गाउँमा जाँदा मेरो पनि छुट्यो भन्ने धेरै जनाले भन्नुहुन्छ । हामीले घर हेरेर परिवार हेरेर सकेसम्म पाउनैपर्नेलाई राहत दिएका छाँै । पहिले हामीले डेरामा बस्नेलाई नदिने भनेका थियौँ । पछि लकडाउन लम्बिएसँगै उनीहरुलाई पनि दिन थालिएको छ ।
हामी आफू पनि सँगै जाने हुनाले हामीले विपन्न परिवार पहिचान गरेर नै राहत उपलब्ध गराएका छौँ । कुनै व्यक्तिलाई झुक्किएर दिइएको भए बेग्लै कुरा हो नियतवश हुँदैन । हामी सकेसम्म विपन्न परिवारलाई मात्र दिन्छौँ । गाउँगाउँमा जाँदा हामी साबुनपानीले हात धुनुपर्ने जानकारी गराउँछौँ । सबै गाउँमा साबुनपानी प्रयोग कम मात्रामा गरेको पाइन्छ ।
राहत सामग्री बाँड्ने एकदमै जोखिममा छौँ । राहत पाउनेले हस्ताक्षर गर्न नसक्दा वा नजान्दा हात समातेर ल्याप्चे लगाउनुपर्ने हुन्छ । के गर्नु भरसक आफू पनि जोगिएर उनीहरुलाई पनि सचेत गराउँदै काम गरिरहेका छौँ । मास्क, पञ्जा, सेनिटाइजर प्रयोग गरेर आफूलाई व्यवस्थित गरेर हिँडिरहेका छौँ ।
डराएर हामी जनप्रतिनिधि घरभित्र बस्ने अवस्था पनि छैन । खान नपाउनेलाई दिनैपर्छ । हामीले जति सेवा गरे पनि जनताका लागि कम नै हुन्छ । हामी सधँै जनताप्रति समर्पित रहेर कम गर्नेछौँ । आउने नयाँ वर्षमा कसैले धेरै ठूलो कार्यक्रम नगरी आफँैमा मात्र सीमित रहेर मनाउनु होला । हार्दिक शुभकामना ।
Facebook Comment
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
Banner
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login