शिक्षा / स्वास्थ्य
विदेशमा रहेका नेपालीको लकडाउन अनुभव (शृङ्खला ८)
विराटचोकः कोरोना भाइरसको सङ्क्रमण विश्वका २ सयभन्दा बढी देशमा फैलिएको छ । सो भाइरसको सङ्क्रमणका कारण १ लाख ९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । ३ लाख ६७ हजारभन्दा बढी मानिस निको भएर फर्किएका छन् । भाइरस फैलिएसँगै विश्वभरका मानिसमा एक किसिमको त्रास उत्पन्न भएको छ । भाइरसको सङ्क्रमण रोकथाम गर्न यतिखेर विश्वका धेरै देशमा लकडाउन, निषेधाज्ञा र कर्फ्यु लगाइएको छ । यसै क्रममा विभिन्न सिलसिलामा विदेशमा रहेका नेपालीसँग सामाजिक सञ्जालमा गरिएको कुराकानीमा आधारित रहेर यो सामग्री तयार पारिएको छ ।
एउटै अपार्टमेन्टमा बसे पनि भेटघाट नगरी बसेका छौँ
सन्तोष भट्टराई, अमेरिका

इलामको चुलाचुलीका सन्तोष भट्टराई अमेरिकाको भर्जिनियामा बस्छन् । भर्जिनियामा नै बस्ने एक जना नेपालीले अमेरिकामा खानै पाइँदैन भनी एउटा भिडियो सामाजिक सञ्जालमा ३ दिनअघि हालेका थिए । तर सो भिडियोमा भनेजस्तो समस्या नभएको उनको भनाइ छ । ट्वाइलेट पेपर र सेनिटाइजरको चाहिँ अभाव देखिएको अरु केहीको अभाव नभएको अनुभव उनीसँग छ ।
उनका अनुसार अमेरिकामा मार्च ३० तारिकदेखि लकडाउन छ । घरभित्रै बस्दा केही गाह्रो हुन्छ । सब्जी लिन मात्रै बाहिर जाने काम भइरहेको छ । रेस्टुरेन्ट खुलेका छन् तर रेस्टुरेन्टमै बसेर खान चाहिँ पाइँदैन ।
कतिपय स्टोर पनि खुला छन् । भर्जिनियामा १० जनाभन्दा बढी भेला नहुन सरकारले भनेको हुनाले त्यसको पालना भएको छ । ६ फुटको दूरी बनाएर मानिसहरु काम गरिरहेका छन् ।
मास्क र पञ्जा लगाएर तथा सावधानी अपनाएर मानिस काममा जाने तथा हिँडडुल गर्ने गर्छन् । धेरै जना होम क्वारेन्टाइनमै छन् । स्वास्थ्यकर्मीको आवश्यकता परेमा इमर्जेन्सी नम्बरमा फोन गर्नुपर्छ । त्यसपछि स्वास्थ्यकर्मीको सल्लाहअनुसार काम गर्नुपर्छ ।
धेरै नेपाली होम क्वारेन्टाइनमै बसेका छन् । एउटै अपार्टमेन्टमा बसे पनि पहिलो फ्ल्याट र दोस्रो फ्ल्याटमा बस्नेबीच भेटघाट हुँदैन । सबै सचेत भएरै बसिरहेका छन् ।
देशमा यस्तै अवस्था रहिरहेमा सरकारलाई राजस्व बुझाउने व्यक्ति (ट्याक्स पेयर) लाई १ हजार २ सय डलर दिने सरकारी घोषणा छ । ज्वाइन्ट ट्याक्स पे भए त्यसको दोब्बर दिने र १८ वर्षभन्दा मुनिका बच्चा भए प्रतिबच्चा ५ सय डलर दिने घोषणा गरेको छ । तर सो राहत रकम दिइसकेको चाहिँ छैन ।
नेपाली दूतावासले पनि सामाजिक दूरी कायम गर्दै अमेरिकी सरकारको नीतिअनुसार काम गर्न भनेको छ । एनआरएनएले नेपालीलाई आर्थिक सहयोग गरेको थाहा नभए पनि नेपाली डाक्टरसँग अन्तर्वार्ता लिएर सामाजिक सञ्जालमार्फत् जनचेतना फैलाउने काम भने गरिरहेको छ ।
जागिर गुमाउनेका लागि प्रति महिना २ हजार डलर सहयोग
विजय गौडेल, क्यानडा

क्यानडामा २३ हजार भन्दा बढी मानिस संक्रमित हुँदा हामी बसेको प्रान्त ब्रिटिस कोलम्बियामा लगभग २ हजार संक्रमित छन् । क्यानडामा शुरुमा २० ओटा केयर होमबाट संक्रमण फैलिएको बताइएको छ । जसका कारण मृत्यु हुनेमा बुढाबुढीको संख्या धेरै छ ।
शुरुमा इरान, इटाली, चीनबाट संक्रमित व्यक्ति आएको हुन सक्ने अनुमान गरिएको छ । सरकारले लकडाउनको घोषणा गरेको छैन तर आफसेआफ जनता घरभित्रै बसेका छन् ।
स्वास्थ्य सेवा दिने संस्था र ग्रोसरी खुला छन् । सार्वजनिक यातायात पनि खुला छन् तर १० जनाभन्दा बढी मानिस चढ्न पाइँदैन ।
बिहान १ घण्टा सिनियर सिटिजनको लागि बजार खुल्छ । सो समयमा अरु व्यक्ति किनमेल गर्न जान पाइँदैन । धेरै सामान किन्न पनि पाइँदैन ।
सेवामूलक काम गर्नेले कार्यालयमै गएर काम गर्नुपर्छ । केही जागिर घरमै बसेर गर्न पनि मिल्छ । धेरै जनाको भने जागिर गएको छ । जागिर गुमाउनेका लागि सरकारले २ हजार डलर महिनामा १ पटक दिन्छ । यो सुविधा विद्यार्थीलाई पनि छ ।
क्यानडाको हेल्थ केयर सिस्टम राम्रो भएकाले र सावधानी अपनाएको हुनाले त्यस्तो खराब अवस्था भने छैन । क्यानडामा रहेका नेपाली सामाजिक सञ्जाल र फोनमार्फत् जोडिएका छन् । गाह्रो क्यानडावासी सबैलाई छ तर एकदमै गाह्रो कसैलाई पनि छैन ।
धेरै जनाको जागिर गएपछि मनोवैज्ञानिक असर पर्छ तर त्यो नेपालीलाई मात्रै होइन सबैलाई पर्छ । सामाजिक दूरी पालना गर्न प्रहरीले सम्झाउनु परेको छैन । मान्छे हिँडिरहेका छन् । तर भीडभाड छैन । यसरी हेर्दा सरकारले राम्रै नियन्त्रण गरेको देखिन्छ ।
नेपालीहरुले नयाँ वर्षमा मन्दिरमा गएर कार्यक्रम गर्ने गरेका थिए । त्यो रोकिएको छ । बच्चाहरुलाई शनिबार नेपाली सिकाउने कार्यक्रम हुन्थ्यो । त्यो पनि रोकिएको छ ।
नेपालमा अहिले सरकारले गरेको काम सह्रानीय छ । देशलाई संकट पार्दा एक ढिक्का हुनुपर्छ । सबैले मिलेर गर्नुपर्छ । माग बढी भएपछि मूल्य बढाउने काम सबै देशमा हुन्छ । क्यानडामा पनि १० डलर पर्ने मास्क ५० डलरसम्म पुगेको थियो । २÷३ डलर पर्ने सेनिटाइजर १० डलरसम्ममा किन्नुपरेको थियो ।
कम आम्दानी हुने र निजी व्यवसाय गर्नेलाई समस्या छ
रामु चापागाईं, जापान

चितवनको भरतपुरका रामु चापागाई जापानको राजधानी टोकियोमा बस्छन् । उनका अनुसार आपत्काल घोषणा गरेपछि जापानमा व्यवसाय बन्द हुँदैछन् । शुक्रबारदेखि बार बन्द भए पनि फेमिली रेस्टुरेन्ट खुलै छन् । क्याफे खुलै छन् । दैनिक उपभोग्य सामान बिक्री गर्ने र भित्री सडकमा भएका पसल भने खुलै छन् । पसल खोलेमा सरकारबाट पाउने सुविधा कटौती हुनेछ भनिएको छ । अरु जरिवाना तोकिएको छैन ।
कम्पनीले काम पनि घटाएको छ । तलब पनि २५ प्रतिशत घटाएको छ । पार्ट टाइम काम गर्नेको काम नै बन्द भएको छ । मास्क र सेनिटाइजरको सबैले प्रयोग गर्छन् । आपत्काल घोषणा गरिए पनि आत्तिइहाल्नुपर्ने अवस्था भने छैन ।
परिवार र बालबच्चासँग बसेकालाई अझ बढी गाह्रो भएको छ । मेडिकल सिस्टम राम्रो छ त्यसैले महामारी फैलिँदैन भन्नेमा जापानी ढुक्क छन् । कम आम्दानी हुने र निजी व्यवसाय गर्नेलाई अलि बढी तनाव छ ।
सरकारले राहतको घोषणा गर्ने भनेको छ तर गरिसकेको छैन । १ महिनालाई पसल बन्द गर्ने भनिएको छ । मे ६ तारिकसम्म धेरै कम्पनीका कर्मचारीलाई बिदा दिइएको छ ।
ट्रेनमा भीड छैन । आपत्काल घोषणा गरिए पनि झण्डै ६० प्रतिशत मानिस घरबाहिर निस्किएका हुन्छन् । तर उनीहरु कोरोना संक्रमणबाट बच्न गरिने सबै उपाय पालना गर्छन् ।
नेपाली स्कुलमा अनलाइन क्लास शुरु भएको छ । हालसम्म संक्रमित नेपाली भेटिएका छैनन् । कोरोना भएको प्रमाणित भएमा सबै उपचार खर्च सरकारले नै बेहोर्ने भएको छ । सेनिटाइजर र मास्कको प्रयोग बढेको छ । एउटा अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित भएपछि सो अस्पताल नै बन्द भएको छ ।
विदेशमा रहेका नेपालीको लकडाउन अनुभव (शृङ्खला ७)
विदेशमा रहेका नेपालीको लकडाउन अनुभव (शृङ्खला ६)
लेखक, साहित्यकारको लकडाउन अनुभव (शृङ्खला ५)
विदेशमा रहेका नेपालीको कोरोना कहर (शृङ्खला ४)
विदेशमा रहेका नेपालीको कोरोना कहर (शृङ्खला ३)
Facebook Comment
Banner
ओली फर्किए, भण्डारी झापा–मोरङ दौडाहामै
विराटनगर — सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मोरङको कटहरीमा निर्माण भएको एक अस्पताल उद्घाटन गरेर शनिबार हेलिकोप्टरमार्फत काठमाडौं फर्किए । तर, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भने अझै झापा–मोरङका विभिन्न कार्यक्रममा सक्रिय रहिरहेकी छन् ।
बिहीबार विराटनगर ओर्लिएकी भण्डारी झापा र मोरङका कार्यक्रममा व्यस्त छिन् । उनको तालिका सोमबारसम्म व्यस्त छ । विराटनगर ओर्लिएपछि उनी मोरङका विभिन्न पार्टी कार्यकर्तासँग भेटघाट र विविध कार्यक्रममा सहभागी भइरहेकी छन् । शुक्रबार उनले विराटनगरमा पालिकाका उपप्रमुख–उपाध्यक्षहरूको राष्ट्रिय भेलाको उद्घाटन गरेकी थिइन् ।
शनिबार उनले झापाको बिर्तामोडस्थित देवी माविमा एमाले विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । आइतबार नारी सञ्चार गृहद्वारा आयोजित कार्यक्रममासमेत उनी सहभागी भइन् ।
भण्डारी औपचारिक कार्यक्रम मात्र होइन, अनौपचारिक भेटघाट र स–साना भेला तथा छलफलमा पनि सक्रिय देखिएकी छन् । विशेषगरी झापाका एमाले नेता तथा कार्यकर्तासँग उनले आन्तरिक बैठकसमेत गरेकी छन् । ‘झापाका ओली निकट नेता–कार्यकर्ताहरूसँग पूर्वराष्ट्रपतिज्यूले विशेष रूपमा भेटघाट गर्नुभएको थियो,’ एक नेताले बताए ।
आइतबार विराटनगर फर्किने क्रममा भण्डारीले झापाको शिवगञ्जस्थित झापा इनर्जीको उत्पादन केन्द्र अवलोकन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि विराटनगर फर्केर सोमबार मोरङको इटहरास्थित पुर्ख्यौली घर अवलोकन गर्ने र त्यसपछि काठमाडौं फर्किने तयारी रहेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।
ओलीनिकट एमालेका एक नेताले भने, ‘पार्टीका सबै तहमा संगठन बलियो बनाउन अध्यक्ष ओली व्यापक दौडाहाको तयारीमा हुनुहुन्छ । पूर्व राष्ट्रपतिज्यूको सक्रियतालाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ ।’
एमालेभित्र केही नेताहरू भण्डारीलाई सम्भावित भावी अध्यक्षको रूपमा पनि हेरिरहेका छन् । उनको दौडाहाले राजनीतिमा पुनः सक्रिय बन्ने भण्डारीको मनसाय सतहमै देखिन थालेको छ ।
प्रकाशित : जेष्ठ २५, २०८२ १०:२१
Banner
सरसफाई तथा स्वच्छ वातावरण “ गुणस्तरिय खानेपानीका लागि नै हाम्रो उम्मेरदारी, लोकतान्त्रिक समुह
पारदर्शी तथा सबल नेतृत्व सहितको गुणस्तरिय खानेपानी, सरसफाई तथा स्वच्छ वातावरण सहितको हाम्रो जिन्दगानी “मुल नाराका साथ सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितीमा लोकतान्त्रीक पक्षवाट युवा श्यामप्रसादढकालले अध्यक्ष पदमा उम्मेरदारी दिनुभएको छ , कुशल नेतृत्वकर्ता ,आर्थीक रुपमा पारदर्शी,सदाचार र सालिन ढकालको समुहलाइ मतदान गर्दै अत्याधिक बहुमतका साथ बिजयी गराइदिनुहुन सम्पुर्ण खानेपानीका उपभोक्ताहरुमा उहाले अनुरोध गर्नुभएको छ ।
ढकालले लामो समयदेखी सामाजीक मुल्य र मान्यताहरुलाई आत्मसाथ गर्दै यस सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा सचिवका रुपमा काम गर्दै आफ्नो २ कार्यकाल सम्पन्न गरीसक्नुभएको छ। आफ्नो २ बर्षे कार्यकालमा एउटै वडामा २ वटा खानेपानीका टयांकी मार्फत आम सर्वसाधारणलाई खानेपानी खुवाउन सफल ढकाल अध्यक्ष पदका सबैभन्दा अब्बल र बलिया उम्मेद्वार समेत हुन।
सस्थांलाइ आर्थीक रुपमा सवल बनाउन र यसलाई दिगो रुपमा संस्थागत गर्न ढकालले सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा लोकतान्त्रीक समुहको तर्फबाट अध्यक्षको पदमा उम्मेदवारी दिएको बताउनु भयो । अनुभव, समर्पण र समाजसेवामा गरेको निरन्तर योगदानको मूल्यांकन गर्दै मत प्रदान गरी विजयी गराउनु हुन उहाले सम्पूर्ण आम उपभोक्ता समक्ष आग्रह गर्नुभएको छ।
उहाले आफ्ना कार्ययोजनाहरुमा पुराना पाईपलाईनहरुलाइ प्रतिस्थापन गरि नया पाइप लाईनहरुलाइ विस्तार गर्ने र सो का लागि सहयोग र अनुदान ब्यबस्थापन गर्ने ,यस क्षेत्रमा बसोबास गर्ने सबैमा एक घर एक धारा अनिबार्य पुर्याउने ,कमजोर आर्थिक अवस्था भएका उपभोक्ताहरुलाई नगर र वार्डमा समन्वय गरि सुलभ र सहज ढंगले खानेपानीको व्यवस्था गर्ने ,पुरानो ट्यांकी मर्मत तथा रंगरोकन गर्ने ,कम्पाउण्ड वाल लगाउने ,प्रबिधिमैत्री सस्था बनाउने ,डिजिटल ,प्रविधिको प्रयोग गरि भुक्तानी र गुनासो सुनुवईलाई छिटो छरितो बनाउने ,वास चेम्बर र फायर पोइन्ट राखी वास आउट को व्यवस्था गर्ने ,प्रत्येक आ व को पौष मसान्त सम्ममा साधारण सभा गर्ने ,कर्मचारी नीतिलाई समय सापेक्ष परिमार्जन गर्दै कार्यक्षमता बढाउदै जिम्मेवार बनाउने पानीको सुद्दता लाइ बिशेस ध्यान दिदै नियमित निरीक्षण गर्ने ,सफ्टवेयर को बिकास गरि सहज बिल भुक्तानीका लागि इ-सेवा मोबाइल बैंकिंग खल्ती बाट भुक्तानी को व्यवस्था गर्ने ,अनबिकरनिय पानीको श्रोतलाई जगेर्ना गर्न पर्यवरणीय असर र नया पानीका श्रोतहरुको खोजि गर्न विज्ञ समुहबाट परामर्श लिने लाग्य रहेका छन् , ढकालको समुहबाट उपाध्यक्षमा दिपक गुरुङ ,सचिवमा उद्दब प्रसाद अधिकारी ,कोषाध्यक्ष मा सावित्र पोख्रेल ,सहसचिवमा दिनानाथ अधिकारी ,सदस्यहरुमा बबिता कार्की अधिकारी ,लक्ष्मी भण्डारी, मकबुल मिया ,राजु बरुवाल,ज्ञान बहादुर खड्का, सिलस उराउ, त्यस्तै लेखा समिति संयोजक सरोज भट्टराई , सदस्यहरुमा कपिल पोख्रेल ,मन्दिरा थापा रहनु भएको छ ।
Banner
अनुशिल ट्रेड कन्सन दमकमा टिभिएसको एक्स्चेन्ज मेला हेर्नुहाेस अफर
विराटचाेक दमकमा रहेकाे अनुशिल ट्रेड कन्सनमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सञ्चालन भइरहेकाे छ । दमककालागि आधिकारिक बिक्रेता झापाकाे दमक ५ सगरमाथा पम्प छेउमा रहेकाे अनुशिल ट्रेड कन्सनले असोज ९ बाटै सुरु गरेकाे एक्स्चेन्ज मेला १३ गतेसम्म सञ्चालन हुने विक्रेता कम्पनीले जनाएकाे छ ।
एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका , किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका हरेक महिना १०० प्रतिशत क्यास ब्याक , बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।
एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्म को भ्यालु एडिसनको सुविधा रहेको अनुशिल ट्रेड कन्सनले जनाएकाे छ । २५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चडेर जान सकिने ,लाइफ टाइम वारेन्टीको सुबिधाका साथै हेलमेट तथा ब्याग र बाइक कभर समेत निशुल्क उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login