कोशी प्रदेश
‘प्रहरीको साथी म’ सुन्दरहरैंचामा शुरु
विराटचोकः मोरङको सुन्दरहरैंचामा ‘प्रहरीको साथी म’ कार्यक्रमको शुभारम्भ भएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले ‘प्रहरीको साथी म’ अभियानमा आउनेलाई प्रशिक्षण दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले ‘प्रहरीको साथी म’ लेखिएको टि सर्ट कार्यक्रममा सहभागी भएका व्यक्तिलाई हस्तान्तरण गर्दै शुभारम्भ गरेका थिए ।
समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सबै वडामा यो कार्यक्रम शुरु गरिएको हो । शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अधिकारीले मोरङमा १ जना प्रहरीले अहिले ५ सय ३२ जनाको सुरक्षा गर्नुपर्ने बताए । प्रहरी एक्लैले यो हेर्न नसक्ने हुनाले चोरी, लागुऔषध दुव्र्यसन रोक्न तथा युवालाई जागरुक बनाई महामारी रोक्ने कार्यमा प्रहरीलाई सहयोग पुग्ने भएकाले गठन गरिएको बताए ।

उनले सबै नागरिकले पहिले आफू, आफ्नो घर, समुदाय र राष्ट्रप्रति समर्पित भएर प्रहरीसँगको सहकार्यमा विभिन्न काम गर्नुपर्ने बताए । यस्तै यो कार्यक्रम देशमै पहिलो र नौलो कार्यक्रम भएको समेत उनले जानकारी दिए ।
‘प्रहरीको साथी म’ लेखिएको कपडा लगाएपछि केही कर्तव्यसमेत पालना गर्नुपर्ने र यसको गरिमामा कतैबाट आँच आउने खालका कार्य गर्न नहुने तथा अनुशासनलाई ख्याल गरेर काम गर्नुपर्ने उनको भनाइ थियो ।
सुन्दरहरैंचामा इलाका प्रहरी कार्यालय बेलबारीको मातहतमा रहेर काम गर्नुपर्ने हुन्छ । साथै नगरप्रमुखको समेत यसमा महत्वपूर्ण भूमिका हुने उनले सहभागीलाई जानकारी गराएका थिए ।
प्रत्येक वडामा १ जना संयोजकसहित कम्तीमा १० जनाको समिति गठन गरिएको छ । गठन गरिएका व्यक्तिलाई सीमित अधिकार समेत प्रहरीले दिएको छ । गाउँटोलमा लागूऔषध प्रयोगकर्ता घटाउन र समाजसुधारको बाटोमा डोर्याउन यो कार्यक्रम ल्याइएको बताइएको छ । गाउँमा कुनै घटना भए प्रहरीले वडाका प्रतिनिधिमार्फत् जानकारी लिने छन् ।
‘हामीले द्वन्द्व, राजनीतिक आन्दोलन, सशस्त्र जनयुद्ध पनि हेर्यौँ,’ अधिकारीले भने, ‘तर यस्तो युद्ध जहाँ हामीले दुस्मन देख्दैनौँ त्यहाँ पनि युद्ध गर्नुपर्ने भएको छ । नदेखिने दुस्मनले हामीलाई एट्याक गरिराख्या छ ।’ यो अवस्था हाम्रो जीवनकालमा फेरि देख्नु नपरोस् भन्दै यस्तो भयावह अवस्थामा लकडाउनको पालना गर्न प्रहरीको संख्या अपुग भएकाले वडा प्रतिनिधिको भूमिका महत्वपूर्ण हुने उनले बताए ।
नगरप्रमुख ढकालले प्रहरी नाम आफैँमा काफी भएकाले आफ्नो कर्तव्य र अधिकारलाई ख्याल गरेर अघि बढ्न सुझाव दिएका थिए । सडकमा निस्किएका छाडा चौपायालाई नियन्त्रणमा लिनेदेखि गाउँघरमा भएका समस्यालाई प्रहरीसँगको समन्वयमा काम गर्नुपर्ने उनले बताए । सामाजिक एकता र सहकार्यले सुन्दरहरैंचा क्षेत्रमा कुनै काम गर्न समस्या नभएको उनको भनाइ थियो ।

लकडाउन प्रभावितलाई तेस्रो चरणको राहत वितरण शुरु गर्न लागिएको उनले बताए ।
मोरङका १७ स्थानिय तह मध्ये रंगेली, विराटनगर, बेलबारी , पथरीशनिश्चरे , उर्लाबारी र लेटांङ नगरपालिकामा यो अभियान सञ्चालन भएकाे छ ।
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login