कोशी प्रदेश
माग र आवश्यकताका आधारमा तराईदेखि हिमालसम्मको समुचित विकास गरिन्छः मुख्यमन्त्री राई
विराटनगरः प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले अबदेखि माग र आवश्यकताको आधारमा तराईदेखि हिमालसम्मको समुचित विकास हुने गरी योजना बन्ने बताएका छन् ।
प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार आयोजना गरेको प्रदेशस्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शनको सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले योजना संकलन, छनोट, कार्यान्वयन र तर्जुमाको वैज्ञानिक आधार बनेको बताए ।
यसअघि योजना संकलन, छनोट र तर्जुमा गर्ने आधार नहँुदा व्यक्तिगत सम्बन्ध र प्रभावका आधारमा योजनाहरु बन्ने गरेको हुनाले कार्यान्वयनमा समस्या आएको उनले उल्लेख गरे । सरकारले चाहेको आर्थिक समृद्धिका लागि प्रभावकारी योजना चाहिने र प्रभावकारी योजनाका लागि विभिन्न प्रकारका मापदण्डहरुको पालना गर्नुपर्ने बताउँदै मुख्यमन्त्री राईले यो दिग्दर्शनले त्यसका लागि वैज्ञानिक आधार तयार गरेको उल्लेख गरे ।
कोरोना भाइरसको संक्रमणको त्रासका कारण समग्र अर्थतन्त्रमा असर परेको र आगामी वर्षको योजना निर्माणमा यसले कस्तो असर पार्छ भन्ने यकिन नभएका कारण चुनौती थपिएको उनको भनाइ थियो । अर्थतन्त्रमा यसले पार्ने असर र त्यसको सामना गर्दै गर्नुपर्ने समुचित विकासका लागि समेत यो दिग्दर्शनले आधार तयार गरेको उनले बताए ।
अहिले विकासका कामहरु ठप्प भएकाले अत्यावश्यक योजनाहरुलाई सामाजिक दूरी कायम गरेर अगाडि बढाउने तयारी गरिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले अहिलेको अवस्थामा विकास बजेट काटेर कोरोना कोषमा हाल्नुपर्ने अवस्था नरहेको बताए । यस वर्षको विकास बजेटलाई कोरोनाले प्रभाव नपार्ने बताउँदै त्यसका लागि अन्य विभिन्न क्षेत्रको बजेट रोक्का गरिएको उनले प्रष्ट पारे । कोरोनाले अर्थतन्त्रमा पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै बेरोेजगारी, खाद्यान्न संकट, उद्योग व्यवसायको संकटबाट ध्यान पु¥याउनुपर्ने अवस्था आउन सक्ने बताए ।
Facebook Comment
Banner
अमेरिका र इरानबीचको तनाव चर्कियो
मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ ।
कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै ती आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दाबी छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकी कारबाहीको जवाफ स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले होर्मुज जलमार्ग नजिकै रहेको एक इरानी तेल ट्याङ्कर तथा केश्म टापुको दक्षिणी क्षेत्रमा रहेको सञ्चार टावरमा प्रहार गरेको थियो ।
आईआरजीसीले त्यसपछि अमेरिकी तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।
Banner
प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै
प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफाबार छलफल शुरू हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
यसैबीच प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो ।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ को नियम २ देखि २६३ सम्म र अनुसूची १ देखि ७ सम्म नियमावलीको अङ्ग बनेको घोषणा गर्नुभयो । बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो ।
Banner
आज पनि सुनचाँदीको भाउ घट्यो
आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ५०० रुपैयाँ घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा २ लाख ९० हजार ५०० मा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि २१५ रुपैयाँ घटेको छ । आज चाँदी तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login