स्थानीय तह
अहिलेको अवस्थामा नाफालाई पर राखेर मानवता सोच्नुहोस्ः उपमेयर तामाङ
विराटचोकः मोरङको सुन्दरहरैंचाका मुख्य बजार क्षेत्रको अनुगमन गरिएको छ । नगरपालिकाले नगरका दुवै उद्योग वाणिज्य संघको समन्वयमा बजार अनुगमन गरेको छ । अनुगमनमा व्यवसायीहरु सचेत देखिएको, धेरैले मास्क र पन्जा लागाएरमात्र पसलमा बसेको तथा सेनिटाइजरको प्रयोग समेत गरेको पाइएको अनुगमन समिति संयोजक नगरउपप्रमुख धनमाया तामाङले बताइन् ।
अनुगमनका क्रममा उपप्रमुख तामाङले अहिलेको अवस्थामा धेरै नाफा भन्दा पनि मानवतालाई ख्याल गरेर व्यवसाय गर्न उनले सुझाव दिएकी थिइन् । देशका केही ठाउँमा कालोबजारी गरेको समाचार आइरहेका बेला सबै व्यवसायी सचेत भएर, सरकारले भनेको नियम जस्तै दूरी कायम गरेर तथा भीडभाड नगरी तोकिएको पसलहरुमात्र खुला भएको पाइएको उनले बताइन् । खासगरी लकडाउनको समयमा खाद्यान्न, साग सब्जी, दूध डेरी र औषधीका पसलहरूमात्र सञ्चालन गर्न पाइने छ ।

केही दिन अघि विराटचोक र सलकपुरमा अनुगमन गरिएको तथा हिजो बुधबार पूर्वपश्चिम लोकमार्गअन्तर्गत बलियाबाट गछिया हँुदै गोठगाउँसम्म अनुगमन गरिएको थियो । आज बिहीबार भने बेलेपुर, हरंैचा बजार र मृगौलियामा अनुगमन गरी पहिलो चरणको अनुगमन सम्पन्न भएको बताइएको छ ।
सुन्दरहरंैैचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईले कुनै ठाउँमा कालोबजारी नभेटिएको र केही पसलमा सामान्य भीडजस्तो देखिएकाले उनीहरुलाई दूरी कायम गर्न आग्रह गरिएको बताए । केही स्थानमा प्रहरीले सागसब्जी ढुवानीका गाडीमा अवरोध गर्ने गुनासो आउने गरेको र त्यसलाई पनि प्रहरीको समन्वयमा सहजीकरण गरिरहेको उनले बताए ।
लकडाउनका कारण व्यवसाय ठप्प भएको अवस्थामा अध्यक्ष चापागाईले आफ्नो घरमा व्यवसाय गर्नेलाई लकडाउनभरिको भाडा नलिने बताउँदै अन्य वन्द भएका व्यवसायीका घरधनीलाई पनि भाडा छुट दिन आग्रह गर्ने बताए ।
सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष किशोर कार्कीले यो महामारीलाई रोक्न लकडाउन अपरिहार्य भएकाले सबै जना घरमा बस्नुपर्ने र तोकिएका पसलमा सामग्री किनमेल गर्दा ग्राहकले पहिले आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्ने बताए । आफू पनि बच्ने र अरुलाई पनि बचाउने तरीकाले व्यवसाय गर्न व्यवसायीलाई अनुरोध गरिएको पनि उनको भनाइ छ । अनुगमनमा सशस्त्र प्रहरी सलकपुरका प्रमुख बिदुर भट्टराई, इलाका प्रहरी कार्यालय हरैंचा, विराटचोक र गछिया प्रहरीको समेत सहभागिता थियो ।
सरकारले चैत ११ गते बाट कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी अर्थात् लकडाउन गरेको छ । लकडाउनका कारण घरमै बस्नुपर्ने सरकारले जनाएको छ । २४ दिन अघिदेखि नागरिकहरु घरमै बसिरहेका छन् ।
Facebook Comment
Banner
नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह
शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।
Banner
गुराँस लघुवित्तको लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Banner
बढ्यो ग्यासको मूल्य
सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।
निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।
१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login