मुख्य
सर्वाेच्चले भन्यो, ‘विदेशमा जोखिममा रहेका नेपालीको उद्धार गर्नू’
काठमाडौंः सर्वाेच्च अदालतले आज बिहीबार अन्तरिम आदेश जारी गरेको छ । आदेशमा वैदेशिक रोजगारीमा अत्यन्त जोखिम अवस्थामा रहेका नेपाली नागरिकको उद्धार गर्न भनिएको छ ।
न्यायाधीश सपना मल्ल प्रधानको इजलासले विदेशमा जोखिममा रहेका नागरिकलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउन वा उद्दारका लागि पहल गर्न अन्तरिम आदेश दिएको हो ।
अनियन्त्रित र अव्यवस्थित रुपमा नेपाल प्रवेशबाट थप जोखिम हुने हुनाले उद्धार गर्न आदेश दिएको बताइएको छ ।
Facebook Comment
Banner
साउदीले ३३ जना नेपाली कैदीबन्दीलाई माफी दियाे
साउदी अरेबिया सरकारले ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएकाे छ । रमजानको अवसरमा साउदी सरकारले ती नेपालीलाई माफी दिएकाे परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।
रियादमा रहेकाे नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई माफी प्रदान गरेको मन्त्रालयकाे भनाइ छ । नेपाली नागरिकलाई माफी दिएकाेमा मन्त्रालयले नेपाल सरकारकाे तर्फबाट साउदी सरकारप्रति धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ ।
मन्त्रालयले शाही माफी पाएका ती नेपाली नागरिक साउदीको आवश्यक कानुनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने जनाएको छ ।
Banner
प्रधानमन्त्री बालेन आज पनि संसद बैठकमा नजाने
प्रतिनिधिसभाकाे बिहीबारकाे बैठकमा पनि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नजाने भएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै छ ।
प्रतिपक्षी दलहरूको अवरोधका कारण बुधबार स्थगित भएकाे प्रतिनिधिसभाको बैठक आज बस्ने भएकाे हाे । बुधबार प्रधानमन्त्री शाहको उपस्थिति माग गर्दै विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’को माग गर्दै बैठकमा विरोध गरेका थिए ।
नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री शाह नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका थिए । सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।
Banner
ताइवान आसपास चिनियाँ रकेट प्रक्षेपण, तनाव बढ्ने संकेत
चीनले ताइवानतर्फ रकेट प्रक्षेपण गरेको छ । सैन्य अभ्यासका क्रममा चीनले ताइवानतर्फ रकेट प्रहार गरेको हो ।
चिनियाँ जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डले ताइवान टापु आसवासका ५ स्थानमा सैन्य अभ्यास जारी रहेको जानकारी दिएको छ । अभ्यास हवाई र जलक्षेत्रमा केन्द्रित रहेको जनाइएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ जनमुक्ति सेनाले अभ्यासका क्रममा सैनिकहरुले हवाई तथा जलक्षेत्रमा रहेका सैन्य निशानालाई लक्षित गरी आक्रमण गर्ने प्रशिक्षण लिएका थिए । त्यसबाहेक पनडुब्बी प्रतिरोधी कारवाहीको पनि प्रशिक्षण लिइरहेको जनाइएको छ ।
अमेरिकाले ताइवानलाई ११ अर्ब १० करोड डलर बराबरका हतियार तथा सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेपछि चीनले अभ्यास गरेको हो । यसलाई चिनियाँ जनमुक्ति सेनाले गरेको हालसम्मकै सबैभन्दा वृहद अभ्यास ठानिएको छ । लोकतान्त्रिक शासन व्यवस्था रहेको ताइवानमाथि साम्यवादी मुलुक चीनले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । ताइवानलाई आफ्नो मातहत ल्याउन आवश्यक परे बल प्रयोग गर्ने चिनियाँ नीति रहिआएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login