शिक्षा / स्वास्थ्य
सुन्दरहरैंचामा द्रुत परीक्षण विधिबाट परीक्षण शुरु
विराटचोकः सुन्दरहरैंचा नगरपालिकामा विदेशबाट आएका व्यक्तिहरुको द्रुत परीक्षण विधि अर्थात् र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) शुरु गरिएको छ ।
विदेशबाट आएका व्यक्तिलाई लक्षित गरी यस्तो परीक्षण थालेको नगरप्रमुख शिवप्रसाद ढकालले बताएका छन् । नगरले यसअघि पूर्वाञ्चल विश्वविद्यालयमा रहेको क्वारेन्टाइनमा परीक्षण गरेका व्यक्तिहरुलाई आरडीटीमार्फत् शुक्रबार दुलारी स्वास्थ्य चौकी गछियाबाट परीक्षण शुरु गरेको हो ।
परीक्षणमा कसैलाई आरडीटी पोजेटिभ देखिएमा थप परीक्षणका लागि कोशी अञ्चल अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिने नगरम्रमुख ढकालले बताए ।
परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री (किट) भने प्रदेश सरकारमार्फत् नगरपालिकामा आएको थियो । सो परीक्षणका लागि स्वास्थ्यकर्मीलाई प्रशिक्षण गराई सुरक्षित तरिकाले परीक्षण थालिएको नगरप्रमुख ढकालले बताए ।
विदेशबाट आएका तथा कोरोना लक्षण देखिने बिरामीमध्ये २ सय १७ जनाको परीक्षण गरिने भएको छ । जसमा वडा नम्बर १ मा ७ जना, २ मा २३ जना र वडा नम्बर ३ मा ९ जना रहेका छन् ।
त्यस्तै वडा नम्बर ४ मा १५ जना, वडा नम्बर ५ मा ६ जना, वडा नम्बर ६ मा ८ जना र वडा नम्बर ७ मा ३१ ज्नाको परीक्षण गरिनेछ । ढकालका अनुसार वडा नम्बर ८ मा ३० जना, ९ मा २० जना, १० मा १५ जना, ११ मा ९ जना र वडा नम्बर १२ मा २८ जनाको परीक्षण गरिनेछ । वडा नखुलेका १६ जना गरी २ सय १७ जनाको आरडीटी परीक्षण गरिने बताइएको छ ।
पहिलो चरणमा आज शुक्रबारदेखि नगरले साबिक सुन्दरदुलारी नगरपालिकाका सबै वडामा परीक्षण शुरु गरेको छ भने साबिक कोशीहरंैचा नगरपालिकाका वडाहरुमा आइतबारबाट शुरु गरिने भएको छ । आज ३२ जनाको परीक्षण गरेको स्वास्थ्य शाखा प्रमुख मच्छिन्द्र बस्नेतले बताए ।
उता, पूर्वाञ्चल विश्वविद्यालयमा जम्मा २ सय २३ जनाको स्वास्थ्य परीक्षण गरिएको र १० जनालाई प्रदेश सरकारले तयार पारेको टाँडीमा रहेको क्वारेन्टाइनमा राखिएको बस्नेतले जानकारी दिए ।
सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेबाट देशभर बन्दाबन्दी अर्थात् लकडाउन गरेको छ । हालसम्म नेपालमा १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने २ जना निको भएका छन् ।

Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login