मुख्य
कोरोना संक्रमण परीक्षणमा आरडीटी र पीसीआर पद्धति भनेको के हो
अहिले सबैको मनमा यही प्रश्न छ कि, हामीलाई कोरोना संक्रमण भएनभएको कसरी थाहा पाउने ? कोरोना संक्रमण भए नभएको पत्ता लगाउन आहिले हामीसँग २ ओटा परीक्षण उपलब्ध छ, पीसीआर र आरडीटी प्रविधि । पीसीआर भनेको Polymerase Chain Reaction or Molecular test हो । त्यस्तै, आरडीटी भनेको Rapid Diagnostic test हो । यसलाई Serological test पनि भनिन्छ ।
यी २ प्रकारको परीक्षण विधि के हो र यसले कसरी काम गर्छ भन्ने अहिले सबैको मनमा प्रश्न उब्जिएको छ । अहिले कोरोनाले विश्वव्यापी महामारीको रुप लिइरहेको अवस्थामा सबैको परीक्षण गर्न असम्भवजस्तै हुन्छ । त्यसैले नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले सबैको परीक्षण गरिरहेको छैन । परीक्षणमा पोजेटिभ आयो भने त्यसको अर्थ के हुन्छ र नेगेटिभ आयो भने के हुन्छ भन्ने बारेमा यी २ परीक्षण विधिबारे बुझ्न जरुरी छ ।
के हो पीसीआर परीक्षण
यदि कसैलाई कोरोनाको संक्रमणको शंका लागेमा सो व्यक्तिको घाँटीको स्वाबको नमूना संकलन गरिन्छ र त्यसलाई पीसीआर मेसिनमा परीक्षण गरिन्छ । यदि सो व्यक्तिबाट लिएको स्वाबको नमूनामा भाइरसको जेनेटिक म्याटेरियल वा जीन भेटियो भने त्यो अवस्थामा पीसीआर टेस्ट पोजेटिभ भएको र उक्त व्यक्ति कोरोना संक्रमित छ भनेर बुझ्नु पर्ने हुन्छ । यदि सो स्वाबमा भाइरसको जीन नभेटिएको खण्डमा पीसीआर टेस्ट नेगेटिभ भएको र उक्त व्यक्तिमा कोरोना संक्रमण छैन भनेर बुझ्नुपर्ने हुन्छ ।
यो टेस्ट गर्नलाई केही घण्टादेखि केही दिनसम्म लग्न सक्छ । घाँटीबाट लिइएको नमूनालाई जति छिटो ल्याबमा परीक्षण गरिन्छ त्यति नै सही रिजल्ट आउँछ । यदि स्वाबको नमूना ल्याबसम्म पुग्न ज्यादा समय लागेको खण्डमा नतिजा नेगेटिभ आउन सक्छ किनभने भाइरस राम्ररी फैलिनसकेको र त्यस अवस्थामा लिइएको नमूनामा भाइरसको जीन नाभेटिन सक्छ र त्यस अवस्थामा पनि फल्स नेगेटिभ रिजल्ट आउन सक्छ । तर यसको मतलब त्यो व्यक्ति कोरोना संक्रमित छैन भन्ने होइन ।
त्यसकारण स्वाबको नमूनालाई छिटो ल्याबमा पुर्याउनुपर्ने हुन्छ । अर्काे बुझ्नुपर्ने कुरा के छ भने हाम्रो नाकबाट, मुखबाट भाइरस छिरिसकेपछि त्यसलाई फैलिन केही समय लाग्छ । यदि हामीले संक्रमणको शंकामा शुरुवाती अवस्थामा नै स्वाबको नमूना लिएर परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आउन सक्छ । किनभने भाइरस राम्ररी फैलिइनसकेको हुन सक्छ ।
त्यस अवस्थामा लिएको नमूनामा भाइरसको जीन नभेटिन सक्छ । त्यस अवस्थामा पनि फल्स नेगेटिभ रिजल्ट आउन सक्छ । सो व्यक्ति कोरोना संक्रमित छैन भनेर रिपोर्टले गलत जानकारी दिन सक्छ । त्यसैले रिपोर्टका लागि सही समयमा नमूना संकलन आवश्यक हुन्छ ।
के हो आरडीटी परीक्षण
जब हाम्रो शरीरमा भाइरसको संक्रमण हुन्छ तब त्यस भाइरसका विरुद्ध लड्नको लागि हाम्रो शरीरले एन्टिबडी निकाल्छ जुन हाम्रो रगत परीक्षणबाट थाहा पाउन सकिन्छ । जसलाई हामी रगतमा एन्टीबडी छ कि छैन भनेर परीक्षण गर्ने विधि आरडीटी अर्थात् एन्टीबडी टेस्ट भन्छौँ । कुनै पनि भाइरसको संक्रमणपछि पहिलो हप्तामा निस्किने एन्टीबडीलाई आइजीएम एन्टीबडी र पछिल्लो दुईदेखि तीन हप्तापछि निस्किने एन्टीबडीलाई आईजीजी एन्टिबडी भनिन्छ ।
यदि कुनै पनि व्यक्तिलाई आरडीटी परीक्षण गर्दा आईजीएम एन्टिबडी पोजेटिभ देखिन्छ भने उक्त व्यक्तिलाई अहिले भाइरसको संक्रमण छ (Recent Infection ) भनेर बुझ्नुपर्छ । आईजीजी एन्टीबडी दुईदेखि तीन हप्ता पछाडिदेखि निस्किने र ५ देखि ६ महिनासम्म पनि हाम्रो रगतमा देखिन सक्छ । यदि आरडीटी परीक्षणमा आईजीजी पोजेटिभ देखिन्छ भने उक्त व्यक्तिलाई संक्रमण पहिले नै भएको थियो र बिस्तारै ठीक हुने अवस्थामा छ भन्ने बुझ्नुपर्छ । अझै पनि आईजीजी एन्टिबडी उसको रगतमा छ भन्ने बुझ्नुपर्छ ।
अहिले नेपालमा जुन कीटको प्रयोग भइरहेको छ त्यसले आईजीएम र आईजीजी एन्टीबडी देखाउँदैन । उक्त कीटले हाम्रो शरीरमा सो भाइरसविरुद्ध एन्टीबडी चाहिँ छ भन्ने मात्र जानकारी दिन्छ । यदि सो कीटबाट परीक्षण गर्दा रिजल्ट पोजेटिभ आएको खण्डमा संक्रमण अहिले छ वा संक्रमण भएर निको भइसकेको हो भन्ने जानकारी दिँदैन । कनफरमेट्री टेस्ट (Confirmatory test) को लागि हामीले पीसीआर टेस्ट गर्नैपर्ने हुन्छ ।
आरडीटीमा पोजेटिभ, पीसीआरमा नेगेटिभ कसरी हुन्छ ?
माथि उल्लेख भएअनुसार हामीले प्रयोग गरिरहेको आरडीटी कीटले हाम्रो शरीरमा भाइरसविरुद्ध एन्टीबडी अझै रहेको र उक्त एन्टीबडी ५ देखि ६ महिनासम्म पनि रहने हुनाले पहिले नै संक्रमण भएर निको भइसकेको व्यक्तिमा पनि आरडीटी टेस्ट पोजेटिभ आउन सक्छ ।
उक्त व्यक्तिको पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आउँछ भने उक्त व्यक्ति अहिले कोरोना संक्रमित छैन । तर सो भाइरसविरुद्ध अझै एन्टीबडी शरीरमा छ भनेर बुझ्नुपर्ने हुन्छ । संक्रमण नभएको व्यक्तिमा पनि आरडीटी टेस्ट पोजेटिभ आएको खण्डमा त्यस अवस्थालाई आरडीटी फल्स पोजेटिभ भनिन्छ ।
आरडीटीमा नेगेटिभ, पीसीआरमा पोजेटिभ कसरी हुन्छ ?
हाम्रो शरीरमा भाइरस छिरेपछि सो भाइरसविरुद्ध लड्न एन्टीबडी निस्किन ७ देखि १० दिनको समय लग्छ । यदि कुनै शंकास्पद व्यक्तिको शुरुवाती अवस्थामा आरडीटी टेस्ट गर्दा नेगेटिभ रिपोर्ट आउँछ तर लक्षणहरु कोरोनासँग मिल्दोजुल्दो छ भने त्यस्तो आवस्थामा पीसीआर विधिद्वारा स्वाबको नमूना परीक्षण गर्नुपर्ने हुन्छ ।
यदि पीसीआरमा रिजल्ट पोजेटिभ आएको खण्डमा आरडीटीमा नेगेटिभ देखिए पनि उक्त व्यक्ति कोरोना संक्रमित छ भनेर बुझ्नुपर्छ । शुरुवाती अवस्थामा भाइरसविरुद्ध एन्टीबडी बनिनसकेकाले आरडीटी परीक्षणमा एन्टीबडी नदेखिएको र रिजल्ट नेगेटिभ आएको हो । आरडीटीमा नेगेटिभ आए पनि पीसीआरद्वारा सो व्यक्ति संक्रमित हो भनेर देखाइसकेकाले यस्तो अवस्थालाई आरडीटी फल्स नेगेटिभ RDT false Negative भनिन्छ ।
माथिको दुई उदाहरणले के देखाउँछ भने हामीले कोरोनाको परीक्षण गर्दा एन्टीबडी टेस्टमा भर पर्न सक्दैनौँ र निश्चित हुनको लागि पीसीआर विधिद्वारा स्वाब परीक्षण गर्नुको विकल्प छैन ।
हामीभन्दा विकसित र स्वास्थ्य क्षेत्रमा सबल भएका राष्ट्रहरुलाई पनि कोरोना संक्रमणविरुद्ध लड्न हम्मेहम्मे परिरहेको छ । यस्तो बेला हाम्रोजस्तो गरीब मुलुक जहाँ ती देशहरुमा जस्तो सेवा सुविधा छैन त्यहाँ यो भाइरसको संक्रमण त्यसरी नै फैलिएको खण्डमा हामीसँग केही उपाय हुनेछैन । अहिलेसम्म केही बिग्रिएको छैन । लकडाउनको पालना गरौँ, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कौँ, इमर्जेन्सी अवस्थामाबाहेक अरु अवस्थामा अस्पताल नजाऔँ ।
‘तबसम्म कोरोना भाइरस तपाईंको घरमा छिर्दैन जबसम्म बहिरबाट भाइरस लिएर तपाईं घरमा छिर्नुहुन्न ।’ त्यही भएर बाहिर निस्किँदा मास्कको प्रयोग गरौँ र बाहिरबाट घर आउँदा साबुनपानीले राम्ररी हात धोएर मात्र आफ्नो घरमा प्रवेश गरौँ ।
Facebook Comment
Banner
ओली फर्किए, भण्डारी झापा–मोरङ दौडाहामै
विराटनगर — सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मोरङको कटहरीमा निर्माण भएको एक अस्पताल उद्घाटन गरेर शनिबार हेलिकोप्टरमार्फत काठमाडौं फर्किए । तर, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भने अझै झापा–मोरङका विभिन्न कार्यक्रममा सक्रिय रहिरहेकी छन् ।
बिहीबार विराटनगर ओर्लिएकी भण्डारी झापा र मोरङका कार्यक्रममा व्यस्त छिन् । उनको तालिका सोमबारसम्म व्यस्त छ । विराटनगर ओर्लिएपछि उनी मोरङका विभिन्न पार्टी कार्यकर्तासँग भेटघाट र विविध कार्यक्रममा सहभागी भइरहेकी छन् । शुक्रबार उनले विराटनगरमा पालिकाका उपप्रमुख–उपाध्यक्षहरूको राष्ट्रिय भेलाको उद्घाटन गरेकी थिइन् ।
शनिबार उनले झापाको बिर्तामोडस्थित देवी माविमा एमाले विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । आइतबार नारी सञ्चार गृहद्वारा आयोजित कार्यक्रममासमेत उनी सहभागी भइन् ।
भण्डारी औपचारिक कार्यक्रम मात्र होइन, अनौपचारिक भेटघाट र स–साना भेला तथा छलफलमा पनि सक्रिय देखिएकी छन् । विशेषगरी झापाका एमाले नेता तथा कार्यकर्तासँग उनले आन्तरिक बैठकसमेत गरेकी छन् । ‘झापाका ओली निकट नेता–कार्यकर्ताहरूसँग पूर्वराष्ट्रपतिज्यूले विशेष रूपमा भेटघाट गर्नुभएको थियो,’ एक नेताले बताए ।
आइतबार विराटनगर फर्किने क्रममा भण्डारीले झापाको शिवगञ्जस्थित झापा इनर्जीको उत्पादन केन्द्र अवलोकन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि विराटनगर फर्केर सोमबार मोरङको इटहरास्थित पुर्ख्यौली घर अवलोकन गर्ने र त्यसपछि काठमाडौं फर्किने तयारी रहेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।
ओलीनिकट एमालेका एक नेताले भने, ‘पार्टीका सबै तहमा संगठन बलियो बनाउन अध्यक्ष ओली व्यापक दौडाहाको तयारीमा हुनुहुन्छ । पूर्व राष्ट्रपतिज्यूको सक्रियतालाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ ।’
एमालेभित्र केही नेताहरू भण्डारीलाई सम्भावित भावी अध्यक्षको रूपमा पनि हेरिरहेका छन् । उनको दौडाहाले राजनीतिमा पुनः सक्रिय बन्ने भण्डारीको मनसाय सतहमै देखिन थालेको छ ।
प्रकाशित : जेष्ठ २५, २०८२ १०:२१
Banner
सरसफाई तथा स्वच्छ वातावरण “ गुणस्तरिय खानेपानीका लागि नै हाम्रो उम्मेरदारी, लोकतान्त्रिक समुह
पारदर्शी तथा सबल नेतृत्व सहितको गुणस्तरिय खानेपानी, सरसफाई तथा स्वच्छ वातावरण सहितको हाम्रो जिन्दगानी “मुल नाराका साथ सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितीमा लोकतान्त्रीक पक्षवाट युवा श्यामप्रसादढकालले अध्यक्ष पदमा उम्मेरदारी दिनुभएको छ , कुशल नेतृत्वकर्ता ,आर्थीक रुपमा पारदर्शी,सदाचार र सालिन ढकालको समुहलाइ मतदान गर्दै अत्याधिक बहुमतका साथ बिजयी गराइदिनुहुन सम्पुर्ण खानेपानीका उपभोक्ताहरुमा उहाले अनुरोध गर्नुभएको छ ।
ढकालले लामो समयदेखी सामाजीक मुल्य र मान्यताहरुलाई आत्मसाथ गर्दै यस सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा सचिवका रुपमा काम गर्दै आफ्नो २ कार्यकाल सम्पन्न गरीसक्नुभएको छ। आफ्नो २ बर्षे कार्यकालमा एउटै वडामा २ वटा खानेपानीका टयांकी मार्फत आम सर्वसाधारणलाई खानेपानी खुवाउन सफल ढकाल अध्यक्ष पदका सबैभन्दा अब्बल र बलिया उम्मेद्वार समेत हुन।
सस्थांलाइ आर्थीक रुपमा सवल बनाउन र यसलाई दिगो रुपमा संस्थागत गर्न ढकालले सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा लोकतान्त्रीक समुहको तर्फबाट अध्यक्षको पदमा उम्मेदवारी दिएको बताउनु भयो । अनुभव, समर्पण र समाजसेवामा गरेको निरन्तर योगदानको मूल्यांकन गर्दै मत प्रदान गरी विजयी गराउनु हुन उहाले सम्पूर्ण आम उपभोक्ता समक्ष आग्रह गर्नुभएको छ।
उहाले आफ्ना कार्ययोजनाहरुमा पुराना पाईपलाईनहरुलाइ प्रतिस्थापन गरि नया पाइप लाईनहरुलाइ विस्तार गर्ने र सो का लागि सहयोग र अनुदान ब्यबस्थापन गर्ने ,यस क्षेत्रमा बसोबास गर्ने सबैमा एक घर एक धारा अनिबार्य पुर्याउने ,कमजोर आर्थिक अवस्था भएका उपभोक्ताहरुलाई नगर र वार्डमा समन्वय गरि सुलभ र सहज ढंगले खानेपानीको व्यवस्था गर्ने ,पुरानो ट्यांकी मर्मत तथा रंगरोकन गर्ने ,कम्पाउण्ड वाल लगाउने ,प्रबिधिमैत्री सस्था बनाउने ,डिजिटल ,प्रविधिको प्रयोग गरि भुक्तानी र गुनासो सुनुवईलाई छिटो छरितो बनाउने ,वास चेम्बर र फायर पोइन्ट राखी वास आउट को व्यवस्था गर्ने ,प्रत्येक आ व को पौष मसान्त सम्ममा साधारण सभा गर्ने ,कर्मचारी नीतिलाई समय सापेक्ष परिमार्जन गर्दै कार्यक्षमता बढाउदै जिम्मेवार बनाउने पानीको सुद्दता लाइ बिशेस ध्यान दिदै नियमित निरीक्षण गर्ने ,सफ्टवेयर को बिकास गरि सहज बिल भुक्तानीका लागि इ-सेवा मोबाइल बैंकिंग खल्ती बाट भुक्तानी को व्यवस्था गर्ने ,अनबिकरनिय पानीको श्रोतलाई जगेर्ना गर्न पर्यवरणीय असर र नया पानीका श्रोतहरुको खोजि गर्न विज्ञ समुहबाट परामर्श लिने लाग्य रहेका छन् , ढकालको समुहबाट उपाध्यक्षमा दिपक गुरुङ ,सचिवमा उद्दब प्रसाद अधिकारी ,कोषाध्यक्ष मा सावित्र पोख्रेल ,सहसचिवमा दिनानाथ अधिकारी ,सदस्यहरुमा बबिता कार्की अधिकारी ,लक्ष्मी भण्डारी, मकबुल मिया ,राजु बरुवाल,ज्ञान बहादुर खड्का, सिलस उराउ, त्यस्तै लेखा समिति संयोजक सरोज भट्टराई , सदस्यहरुमा कपिल पोख्रेल ,मन्दिरा थापा रहनु भएको छ ।
Banner
अनुशिल ट्रेड कन्सन दमकमा टिभिएसको एक्स्चेन्ज मेला हेर्नुहाेस अफर
विराटचाेक दमकमा रहेकाे अनुशिल ट्रेड कन्सनमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सञ्चालन भइरहेकाे छ । दमककालागि आधिकारिक बिक्रेता झापाकाे दमक ५ सगरमाथा पम्प छेउमा रहेकाे अनुशिल ट्रेड कन्सनले असोज ९ बाटै सुरु गरेकाे एक्स्चेन्ज मेला १३ गतेसम्म सञ्चालन हुने विक्रेता कम्पनीले जनाएकाे छ ।
एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका , किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका हरेक महिना १०० प्रतिशत क्यास ब्याक , बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।
एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्म को भ्यालु एडिसनको सुविधा रहेको अनुशिल ट्रेड कन्सनले जनाएकाे छ । २५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चडेर जान सकिने ,लाइफ टाइम वारेन्टीको सुबिधाका साथै हेलमेट तथा ब्याग र बाइक कभर समेत निशुल्क उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login