Connect with us
Advertisement

हिजो भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

Published

on

विराटचोकः धनकुटा र सुनसरीमा हिजो भएका सवारी दुर्घटनामा परी ३ जनाको ज्यान गएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार भोजपुरबाट धरान आउँदै गरेको बा २ ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर – ११ का १७ बर्षीय धनबहादुर पाठक रहेका छन् ।

धनकुटाको पाख्रीबास– ४ स्थित मध्यपहाडी लोकमार्गमा हिजो दिउँसो ११ बजे गुडिरहेको बसको ढोका खोल्ने क्रममा ढोकाबाट झरी उनी गम्भीर घाइते भएका थिए । जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा हिजो दिउँसो साढे ११ बजे उनको मृत्यु भएको थियो । बस र बस चालक भोजपुरको अरुण– ७ का ३५ वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय पाख्रीबासले नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

उता, सुनसरीको इटहरी–१६ लायन्स चोकस्थित पूर्वपश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र पछाडि सवार संखुवासभाको चिचिला – २ का २० वर्षीय बिबिसन बिक रहेका छन् ।

हिजो राती सवा ११ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको को २० प ६७४७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करका कारण गम्भीर घाइते भएका भट्टराई र बिकको उपचारको लागि न्युरो अस्पताल विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । ट्रक र ट्रक चालक मकवानपुरको मनहरी – ९ का ३१ वर्षीय अर्जुन गिरी इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

युरो कपमा फ्रान्सको विजयी सुरुवात, एम्बाप्पेको नाक भाँचियो

Published

on

फ्रान्सले जारी युरो कपमा विजयी सुरुवात गरेको छ। गए राति सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

यस खेलमा खेलको ३८औँ मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो । फ्रान्सका किलीयन एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोष्टमा हानेपछि गोल भएको थियो।

यस खेलमा एम्बाप्पे भने घाइते भएका छन् । रिपोर्टका अनुसार उनको नाक भाँचिएको छ । मैदानमा रगताम्य देखिएका एम्बाप्पेको नाक भाँचिएको फ्रान्सका प्रशिक्षक डिडियर डेसचाम्प्सले जानकारी दिएका छन्।

रिपोर्टका अनुसार एम्बाप्पेले भाँचिएको नाकको अहिले सर्जरी नगर्ने र अब समूह चरणका बाँकी दुई खेल बारे के गर्ने भन्ने निर्णय छिटै लिने बताइएको छ। समूह डी अन्तर्गत फ्रान्सले अर्को खेल जुन २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने अस्ट्रियाले जुन २१ मा पोल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

Continue Reading

Banner

आज – ०४ आषाढ २०८१ मंगलवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पुँजी बजारमा पनि फाइदा हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापारव्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आफन्त सँग भेट घाट हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव पनि बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना प्रबल छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैझमेलाको अवस्था आउला, साँझमा शुभ समाचार पाइनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बन्न लागेको काम बिग्रनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । वैदेशिक कार्य चैं सम्पादन हुनसक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज रोकिएको धन पाइन सक्छ । धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखमय नै हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading

Banner

माटो बचाऔ स्वास्थ्य रहौ भन्ने मुल नाराका साथ मारुति हाईजिन प्रालि को आयोजनामा १ दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सुन्दरहरैँचा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ

Published

on

माटो बचाऔ स्वास्थ्य रहौ भन्ने मुल नाराका साथ मारुति हाईजिन प्रालि को आयोजनामा १ दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सुन्दरहरैँचा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । माटो मा प्रयोग गरिने रासायनिक मलको प्रयोगले स्वास्थ्य र वातावरण मा बढ्दै गएको नकारात्मक असरलाई न्युनिकरण गर्दै अन्त्य गर्ने उदेश्य राखि रासायनिक मलको विकल्पमा अर्गानिक जैविक मलको प्रयोग गरि अर्गानिक उत्पादनका लागि जोड दिने उदेश्यले जैविक मलको उपयोगिता र महत्वबारे विज्ञद्वारा प्रशिक्षण दिएको आयोजक संस्थाका माटो बचाउ अभियान का अभियान्ता अनुरोध शाह ले बताए । कार्यक्रम मारुति हाईजिन नेपालका अध्यक्ष राजन निरौलाको अध्यक्षता तथा सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुराँगाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक