Connect with us
Advertisement

बैंकिङ कसुर मुद्दाका फरार पक्राउ

Published

on

धरानः बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सुनसरीको धरान उम–महानगरपालिका–१२ का ३३ वर्षीय श्रवणकुमार ठाकुरलाई प्रहरीले पक्रेको छ ।

गत वर्ष माघ २६ गतेको सजाय निर्धारण फैसला आदेशले ३ दिन कैद र रु.२ लाख ४० हजार जरिवाना भई असुल गर्न बाँकी रहेका ठाकुर हालसम्म फरार थिए ।

उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, आरआईटी विराटनगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा गाउँघरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । उनलाई हिजो जिल्ला अदालत सुनसरीमा पेश गरी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अब लाइसेन्सको काम राष्ट्रिय परिचय पत्रले गर्ने, त्यो पनि पाउन मुस्किल

Published

on

यातायात व्यवस्था विभागले ट्रायल पास गरेका २० लाखभन्दा बढीलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिन सकेको छैन ।

अहिले एउटा मास प्रिन्टरबाट दैनिक करिब २५ सयदेखि ३ हजार लाइसेन्स छपाइ भइरहेको छ । यही गतिमा काम गर्ने हो भने नयाँ, नवीकरण वा अपग्रेड गरेको लाइसेन्स आउन वर्षाैं लाग्छ ।

विभागले २०७२ देखि स्मार्ट लाइसेन्स वितरण गर्न सुरु गरेको थियो । तर विभागले समयमा स्मार्ट लाइसेन्स दिन सकेको छैन । त्यसैले धेरैको हातमा राजस्व तिरेको कागज छ, लाइसेन्स छैन ।

ट्रायल पास गरेको वर्षाैंसम्म लाइसेन्स प्रिन्ट गरेर दिनसमेत नसक्ने भएपछि विभागले राष्ट्रिय परिचय पत्रमा एकीकृत गर्ने प्रयास थालेको छ ।

यो प्रयोग सफल भएमा चालकहरूले लाइसेन्स बोकिराख्नुपर्ने छैन भने विभागले लाइसेन्स छाप्ने प्रक्रिया नै बन्द गर्ने योजना बनाएको छ । ‘ढिलोचाँडो लाइसेन्सको आवश्यकता नपर्ने नै हो, अहिले नै त्यो निर्णयमा पुगेका छैनौं,’ यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने, ‘साउनबाट कार्यान्वयनमा आएपछि केही समय हेरौं, अनि थप निर्णय हुन्छ ।’

१ करोड परिचय पत्र छापिन बाँकी

लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रमा एकीकृत गरेपछि छपाइको समस्या भने समाधान हुने देखिँदैन ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार १ करोड ५० लाख व्यक्तिले राष्ट्रिय परिचय पत्रका लागि निवेदन दर्ता गराएका छन् ।

अहिले नयाँ राहदानी बनाउन र नवीकरणका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएको छ । सरकारले १ साउनदेखि सामाजिक सुरक्षा भत्ताका लागि पनि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको छ ।

त्यसैले राष्ट्रिय परिचय पत्रमा आवद्ध हुनेहरूको संख्या निरन्तर बढ्दो छ । तर पञ्जीकरण विभागले पनि समयमा राष्ट्रिय परिचय पत्र दिन सकेको छैन । विभागका अनुसार हालसम्म करिब ४० लाखले मात्रै राष्ट्रिय परिचय पत्र प्राप्त गरेका छन् ।

बाँकी एक करोडभन्दा बढीले पाएका छैनन् । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका निर्देशक दिलकुमार तामाङका अनुसार अहिले दैनिक २५ हजार हाराहारी परिचय पत्र दैनिक छापिँदै आएको छ । नियमत यही गतिमा छपाइ हुने हो भने पनि यसकै लागि एक वर्षभन्दा बढी समय लाग्ने देखिन्छ

ट्राफिकले कसरी चेकजाँच गर्ला ?

विभागको योजनाअनुसार लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रमा एकीकृत भयो र पञ्जीकरण विभागले छपाइ गरेर दियो भने पनि सडकमा ट्राफिक प्रहरीले कसरी चेकजाँच गर्ने भन्ने अलमल कायमै छ ।

स्मार्ट लाइसेन्स वितरण सुरु गर्दा विभागले ट्राफिक प्रहरीलाई रिडेबल मेसिन दिने बताएको थियो । तर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिलेसम्म स्मार्ट लाइसेन्स रिड गर्ने मेसिन पाएको छैन ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार सडकमा खटिएका ट्राफिक प्रहरीहरूले स्मार्ट लाइसेन्समा उल्लेख भएको विवरण आँखाले हेरेर चेकजाँच गर्ने गरेका छन् ।

अब राष्ट्रिय परिचय पत्रमा एकीकृत गर्दा कसरी चेकजाँच गर्ने भन्ने अन्योल हुनेछ । किनकि राष्ट्रिय परिचय पत्रमा नाम, परिचयपत्र नम्बर, जारी भएको मिति लगायतका विवरण मात्र उल्लेख हुन्छ ।

थप विवरणका लागि क्यूआर कोड छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को पहिलो दिन अर्थात १ साउनदेखि लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रमा एकीकृत गर्ने बताएका यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार पनि ट्राफिक प्रहरीले कुन माध्यमबाट परिचय पत्रको क्यूआर स्क्यान गर्छन् भन्नेमा विभाग अहिलेसम्म निर्णयमा पुगेको छैन ।

भन्छन्, ‘प्राविधिक काम भइरहेको छ । एप्लिकेसन बनाएर मोबाइलबाट हेर्ने वा ट्राफिकलाई नयाँ डिभाइस दिने निर्णय भइसकेको छैन ।’

Continue Reading

Banner

आज – ३० जेठ २०८१ बुधवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पनि पाउनु हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मानसम्मान पनि पाइन सक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनु नै उचित हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading

Banner

नेपालले सेन्ट भिसेन्टमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ। दुवै टिमलाई हराए मात्र नेपाल सुपर-८ मा पुग्नेछ।

Published

on

आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् । अब नेपालले सेन्ट भिसेन्टमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ। दुवै टिमलाई हराए मात्र नेपाल सुपर-८ मा पुग्नेछ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक