Connect with us
Advertisement

माग्नेले काखमा लिएको बच्चा किन सधैं निदाइरहेको हुन्छ

Published

on

केही महिना अघि मैले भेटेको यो लेख कसले लेखेको हो स्पष्ट छैन । हामीले यसको आधिकारिकताबारे ब्याङकक र कम्बोडियामा रहेका हाम्रा अनुयायीहरूसँग बुझ्यौं । उनीहरुले हामीलाई ती माग्नेलाई खानेकुरा र पानी दिनु तर पैसा नदिनू भने । पैसा, त्यो पनि ठूलो नोट दिनाले माग्ने उद्योगलाई प्रोत्साहन मिल्छ, त्यसैले तपाईंहरू पनि यस कुरालाई मनन गरेर मात्र निर्णय गर्नुहोस् ।

‘मेट्रो स्टेसन नजिकै एउटी उमेर ठम्याउन नसकिने माग्ने महिला बस्छिन् । उनका लुगा फोहोर छन् कपाल पनि फोहोर र जिङ्ग्रिङ्ग छ । उनी उदास अनुहार लिएर घोसे मुन्टो लाएर बसेकी छिन् । उनको काँधमा एउटा २ वर्ष जतिको बच्चा छ र ऊ पनि त्यत्तिकै फोहोरी छ । उनको छेवैमा एउटा थोत्रो थाल छ, जसमाथि मानिसहरू पैसा फालेर हिँड्छन्, एउटा ठूलो पुण्य गरेको ठान्दै । हामी धेरैलाई पनि त्यस्तै अनुभव हुन्छ ।

म महिना दिनजसो त्यो बाटो नै भएर हिँडेँ तर मैले पैसा दिइनँ । किनभने यो काम माग्नेहरूलाई नियन्त्रण गर्ने एउटा ग्याङ सञ्चालित धन्दा हो । त्यहाँ सङ्कलित रकमलाई यस एरियाका माग्नेहरूले ग्याङलाई बुझाउने गर्छन् । त्यस्ता ग्याङका सञ्चालकहरूसँग अकूत सम्पत्ति, गाडी र बङ्गला हुन्छन् । माग्नेले पनि केही न केही त पाउँछ नै, जस्तो दुई छाक खाना र केहीलाई बेलुका एक क्वाटर भोड्का ।

त्यो बाटो हिँडेको एक महिनापछि एक दिन अचानक मेरो मनमा एउटा कुरा खड्क्यो, । महिनाको हरेक दिन विभिन्न समयमा त्यो बाटो हिँड्दा बच्चा उस्तै फोहोर थियो तर कहिल्यै रुँदैनथ्यो वा चिच्याउँदैनथ्यो । ऊ जहिले पनि ‘आमा’ को घुँडा छेउ मुन्टो लुकाएर चुपचाप सुतिरहन्थ्यो । जसका घरमा बालबालिका छन् उहाँहरूलाई एक दुई वर्षका ससाना बच्चा कस्ता हुन्छन् थाहा नै छ । बच्चाहरू २–३ घण्टा सुत्छन् र उठेर रुन्छन् चिच्याउँछन् र फेरि सुत्छन् । यस्तो प्रक्रिया चलिरहन्छ । तर यो बच्चा एक महिनासम्म हर समय सुतिरहेको भेटिइन्थ्यो । मेरो शङ्का झन् बढ्दै गयो र एक दिन मैले सोधँे, ‘यो बच्चा किन सधँै सुतिरहन्छ ?’

ती माग्नेले नसुने झै गरिन् र घोसे मुन्टो लगाएर आफ्नो टाउको आफूले लगाएको ज्याकेटले छोपिन् । मैले फेरि आफ्नो प्रश्न दोहो¥याएँ । उनले टाउको उठाइन् र दिक्क लागेको भावसहित मेरो पछाडि कतै टाढा हेरिरहिन् ।
‘भागिहाल यहाँबाट’ अस्पष्ट फुस्फुसाहट निस्क्यो मुखबाट ।

‘बच्चा किन सुतिरहन्छ’, म झण्डै चिच्याएँ । पछाडिबाट एक वृद्ध मानिसले मेरो काँधमा हात राखेर भने, ‘तिमी उनबाट के चाहन्छौ ? देख्दैनौ उनको जीवन कति कठिन छ ? हँ ?’ यसो भन्दै उनले एक मुठी चानचुन पैसा माग्नेको थालमा हालिदिए । माग्ने महिलाले आफ्ना हात आकाशतर्फ उचालिन् र सर्वकालिक पीडित र करुण अनुहार बनाइन् । वृद्धले मेरो कुमबाट हात हटाए र घरतर्फ लागे । मलाई पक्का विश्वास छ, उनले आफ्ना परिवारजनलाई आज मेट्रो स्टेशनमा आफूले कसरी एक अबला नारीको एक हृदयहीन मानिसबाट रक्षा गरेँ भनी सुनाउनेछन् ।

अर्काे दिन मैले आफ्नो एउटा साथीसँग कुरा गरें । यो साथी रमाइलो थियो । रुमानियन नागरिक उसले साढे तीन वर्ष जतिमात्र विद्यालयको मुख देखेको थियो र पनि शहरमा महङ्गा विदेशी गाडीमा घुम्न र झ्यालै झ्याल र बालकोनीहरू भएको घरमा बस्थ्यो । उसले नपढेर के भयो र ? उसबाट मैले माग्ने व्यवसाय ठूलो व्यापारको सानो हिस्सा मात्र भएको चाल पाएँ । हेर्दा वास्तविक लागे पनि यो व्यवसाय सङ्गठित छ र सङ्गठित आपराधिक समूहहरूबाट सञ्चालित हुन्छ । यसमा प्रयोग भएका बच्चाहरू जँड्याहाहरूका परिवारबाट भाडामा ल्याइएका वा चोरीका हुन्छन् ।

म बच्चा सधँै किन सुतिरहन्छ भन्ने आफ्नो प्रश्नको उत्तर खोजिरहेको थिएँ । मेरा मित्रबाट शान्त स्वरमा आएको जवाफले मलाई अशान्त तुल्यायो । उसले सहजताका साथ ‘उनीहरूलाई लठ्याउने वा मादक पदार्थ दिइएको हुुन्छ’ भन्यो ।
मैले चकित भएर सोधँे, ‘के तिनीहरुलाई हेरोइन वा भोड्का दिइएको हुन्छ ?’

‘हो त नि, त्यसैले त ती बच्चाहरु दिनभर चिच्याउँदैनन्’, उसले भन्यो ।

दिनभरी बच्चा शान्त रहोस् भनेर बच्चालाई भोड्का वा कुनै नशालु पदार्थ दिइन्छ । बच्चाको शरीरले त्यस्ता पदार्थ पचाउन सक्दैन र धेरै बच्चाहरू मर्छन् । अझ खराब त के छ भने कहिलेकाहीँ बच्चा दिनमै मर्छ र आमा बन्नेले दिनभर उसलाई काखमा लिएर बस्छिन् । यो नियम नै हो । बटुवाहरूले थालमा केही पैसा हालिदिन्छन् र बिचरी एक्ली आमालाई सहयोग गरी पुण्य कमाइयो भन्ने ठान्दछन् ।

भोलिपल्ट म आफ्नो पत्रकारिताको आत्मविश्वास बोकेर फेरि त्यो ठाउँमा गएँ । तर सबै उल्टो भयो । ती महिला सधैँझैँ भुइँमा बसेकी थिइन् तर उनको हातमा अर्कै बच्चा थियो । मैले ती महिलालाई यो बच्चासम्बन्धी कुनै कागजात छ र हिजोअस्तिको बच्चा कता गयो भनी सोधँे । उनले मेरो प्रश्नलाई बेवास्ता गरिन् तर बटुवाहरूले त्यसो गरेनन् । उनीहरूले दिमाग खुस्किएको भनेर स्टेसन बाहिर निकाले । पुलिस बोलाइयो तर ती महिला र बच्चा त्यहाँबाट बिलाइसकेका थिए । मलाई लाग्यो म पहरामा टाउको ठोक्दैछु ।

जब तपाई बाटोघाटोका छेउकुनामा काखमा बच्चा लिएर माग्दै गरेकी महिलालाई देख्नुहुन्छ र पैसा दिने सुरमा हुनुहुन्छ भने एकपटक गम्भीर भएर सोच्नुहोस् । यदि हजारौं लाखौं रुपैयाँ यसरी भिक्षा दिइरहने हो भने यो व्यवसाय बाँच्न सक्छ, तर भोड्का र नशालु वस्तु दिइएका अनगन्ती बच्चाहरू भने अकालमा मरिरहनेछन् ।

उदार र करुणाका खानी भएका भद्रभलाद्मीहरू हो, माग्नेले सडकमा सुताइरहेका बच्चालाई करुणामय भएर हेर्नुको साटो त्यसका पछाडि लुकेको भयानक तस्विरलाई सम्झनुहोस् ।
– नेपाल रिडर्सबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैंचा–१२ मा सांसद प्रेमलाल चौधरीलाई सम्मान, विकासका लागि सहकार्यमा जोड

Published

on

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ ले प्रतिनिधि सभा सदस्य प्रेमलाल चौधरीलाई सम्मान गरेको छ। वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष रोशन प्रसाद ढकालसहित जनप्रतिनिधिहरूले चौधरीलाई स्वागत तथा सम्मान गरेका हुन्।

कार्यक्रममा विभिन्न राजनीतिक दलका वडा प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो।

सम्मान ग्रहण गर्दै सांसद चौधरीले आफूलाई सम्मानभन्दा पनि जिम्मेवारी थपिएको अनुभूति भएको बताउँदै अब विकासका कामलाई तीव्रता दिन सबै मिलेर अगाडि बढ्न आग्रह गरे।

वडा अध्यक्ष ढकालले पनि वडाको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

Continue Reading

Banner

दुर्गा प्रसाईँ पक्राउ

Published

on

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । नेपाल प्रहरीले प्रसाईँको निवास भक्तपुरबाट उनलाई पक्राउ गरेको हो । पटकपटक पक्राउ र रिहा हुँदै आएका प्रसाईँलाई पक्राउ गर्न प्रहरी आज बिहानै उनको भक्तपुरस्थित घरमा पुगेको थियो ।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा प्रसाईँले चुनाव विथोल्ने अभिव्यक्ति दिँदै आएका थिए । उनी केही दिनअघि मात्रै सर्वोच्चको आदेशमा रिहा भएका थिए ।

Continue Reading

Banner

धनवन्तरी जयन्ती कि धनतेरस

Published

on

महाभारतका अनुसार समुद्र मन्थनद्वारा अमृतको कलशसँगै प्रकट भएका, विष्णुका १२ औं अवतार र ओखती (आयुर्वेद)का अधिष्ठाता, देवताहरूका वैद्य धन्वन्तरीको प्राकट्य दिवस÷कार्तिक कृष्ण त्रयोदशीलाई नै धन्वन्तरि जयन्ती भनिन्छ ।

यस दिनमा धन्वन्तरीको आराधनाबाट आयु, आरोग्य एवम् ऐश्वर्य प्राप्त हुने कुरा शास्त्रीय मान्यता हो । तर कुरा नै नबुझेर केही भारतीय व्यापारीले सामान बेच्न चलाएको धनतेरसको हल्लामा हल्लिन अहिले सामाजिक सञ्जालमा पनि यो र त्यो किन्नुपर्छ भन्दै घातक मलजल गरेको पाइन्छ ।

यसले पसलमा भीडभाड हुने त पक्का छ तर कुरा नबुझेर गरेको अन्धविश्वासले मात्रै न त संस्कार बच्दछ न ऐश्वर्यलाई नै बचाउन सकिन्छ । त्यसैले सचेत बनौ, महङ्गीका मारमा नफसौं । भगवान धन्वन्तरीले हामी सबैलाई तन र मनले स्वस्थ राखून्..।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक