‘बैनी झ्यालैमा…’ को भिडियो सार्वजनिक

विराटचोकः बहिरा कलाकारद्वारा अभिनित गीत ‘बैनी झ्यालैमा…’को भिडियो सार्वजनिक भएको छ । प्रकाश दूतराजको स्वर, शब्द, सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको गीतमा प्रकाशकै निर्देशन र कथा रहेको छ ।

भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल, दीप सागरको अभिनय रहेको छ । दोभाषेको रूपमा शिलु शर्मा रहेकी छिन् । करणले छायाङ्कन गरेको गीतको भिडियोमा उत्तमकुमार कार्की र सागरबाबु भट्टको सम्पादन रहेको छ । भिडियाको प्रोडक्सन म्यानेजर टेक बम रहेका छन् ।

एभरेष्ट विश्व कीर्तिमानी तथा मिस एसइई २०१९ की चौथो रनरअप बहिरा कलाकार सुजल बमद्वारा अभिनय गरिएको यो दोस्रो म्युजिक भिडियो भएको बताइएको छ । यस अघि विश्वकीर्तिमानी डा. डीआर उपाध्यायको गीत ‘झिमझिम परेली…’मा उनले अभिनय गरेकी थिइन् ।

Spread the love



Leave a Reply

Your email address will not be published.