Connect with us
Advertisement

प्रहरीकाे गिरफ्तारीपछिका तनावपूर्ण ८ घण्टा

Published

on

मैले पत्रकारिता गरेको १५ वर्ष भयो । चितवनबाट नियमितरुपमा प्रकाशन हुँदै आएको कायाकैरन दैनिक समाचारपत्रमा स्थापना भएको १४ वर्ष भयो । म यो पत्रिकामा पहिलो दिनबाटै कार्यरत छु । अहिले यो पत्रिकाको सम्पादक छु । सम्पादकीय नेतृत्वमा काम गरेकै करिब एक दशक पुग्यो होला ।

योबीचमा हजारौं समाचार लेखियो । हजारौं मान्छेसँग संगत गरियो । कयौं विषय उठाइयो । कहिले कोसँग, कहिले कोसँग वादविवाद भए पनि होलान् । प्रहरी प्रशासनसँग पनि कतिपय विषयमा कुरा नमिलेको हुनसक्छन् ।

फिल्डमा खटिएको बेला कयौं धरपकडमा पनि परियो होला । फिल्डमा तनावमा भएको बेला पत्रकार सधैं खतरामै हुन्छन्, त्यसलाई हामीले त्यही ढंगले ग्रहण गर्छौं र गर्नुपर्ने पनि त्यही हो । तर, प्रहरी प्रशासनबाट आजको जस्तो अपमानजनक दूव्र्यवहार, गिरफ्तारी र मानसिक तनाव कहिल्यै व्यहोर्नुपरेको थिएन ।

बिहान १० बजेदेखि प्रहरी कार्यालय र क्वारेन्टाइनमा प्रहरीको अपमान सहेर, थर्काइ सहेर, मानसिक तनावमा रहेर बिताएका करिब डेढ घण्टा तथा छुटेर आएपछि न्यायका लागि बिताएका कयौं घण्टापछि निकै थाकियो । साँझ घर आइपुगेर थचक्क बसेपछि सोचें, ‘आजको दिन साह्रै नराम्रो भयो, निकै दुःखदायी भयो ।

म बिहान के भएको थियो भन्ने विषय प्रस्तुत गर्दैछु ।

लकडाउनको ३५ औं दिन थियो सोमबार । बिहान करिब १० बजेतिर म घरबाट निस्किएँ । भरतपुरको चौबिसकोठीमा आज प्रहरीले निकै कडाइ गरेको र धेरै सर्वसाधारणलाई राकेको सूचना पाएर त्यता गएको थिएँ । म ना. ६४ प ३९८९ नम्बरको स्कूटरमा थिएँ । म पुग्दा प्रहरीले चौबिसकोठी चोकमा ५०–६० वटा मोटरसाइकल रोकेर सबैलाई केरकार गरिरहेका थिए । मलाई पनि एक प्रहरी जवानले रोके । मैले घाँटीमा झुण्ड्याएको प्रेस परिचयपत्र देखाएँ र रिपोर्टिङका लागि आएको जानकारी गराएँ । तर, उनले ‘मिडिया थाहा छैन, साइड लगाउनुस्’ भने । मैले ‘३५ दिनको लकडाउनमा कोही पनि पत्रकारलाई रोकिएको छैन, म पनि कहिलेकाहीं निस्किँदा रोकिएको छैन, जान दिनुहोस्’ भनें । तर, उनले अझै मानेनन् ।

सयौं सर्वसाधारण रोकिएका थिए । बैंकर, विद्यालय शिक्षक, अस्पताल हिँडेका, औषधि किन्न हिँडेका, इन्टरनेट सेवा प्रदायक, अक्सिजन आपूर्तिकर्ता रोकिएका थिए । यति धेरै मान्छे रोकिन हुँदा म पनि एकछिन रोकिन के हुन्छ र भन्ने ठानेर मैले मेरो स्कूटर साइड लगाएँ । चाबी झिकें र एकछिन यताउति गतिविधि हेरें । केही फोटो पनि खिचें ।

अलि पर एकजना सई (प्रहरी नायब निरीक्षक) रहेछन् । उनी आफ्नो सञ्चारसेटबाट केही बोलिरहेका थिए । फिल्डको कमाण्डर उनी रहेको ठानी म नजिक गएँ । ‘सई साब म पत्रकार हुँ, मलाई अगाडि जान दिएनन्, तपाईंले जान दिनुप¥यो’, उही घाँटीमा झुण्डिएको कार्ड देखाउँदै भनें । उनले पनि आफूले छोड्न नसक्ने बरु डिएसपीलाई फोन गर्नुस् भने ।

मैले चितवनका एसपी (प्रहरी उपरीक्षक) नान्तिराज गुरुङको मोबाइलमा फोन गरें । तर, उठेन ।

यतिबेरसम्म प्रहरीका दुई गाडी आए । दुवै गाडीमा प्रहरी रहेछन् ।

म फेरि मेरो बाइक भएको ठाउँमा नै फर्किएँ । त्यहाँ भीडको नेतृत्व धिताल थर गरेका एकजना हवल्दारले गरेका रहेछन् । त्यहाँ बैंकका कर्मचारी, सहकारीका कर्मचारी, विद्यालय शिक्षक अनेक अनुरोध गरिरहेका थिए ।

एउटा बाइकमा आएका दुईजनालाई प्रहरीले रोक्यो । उनीहरुमध्ये एक बिरामी भएको र अस्पताल जान लागेको भन्दै अस्पतालको कागज देखाए । तर, हवल्दारमा कुनै संवेदना देखिएन । ‘यस्ता जाबो कागज सबैले बनाउँछन्’ भनेर बाइकको चाबी नियन्त्रणमा लिए ।

महानगरले रिजल्ट सार्वजनिक गर भनेको छ, त्यही भएर विद्यालय जान लागेको भन्दै विद्यालय पोशाकमै भएका एक शिक्षकले अनुरोध गरे । ‘कसैलाई छोडिन्न’ भन्दै उनको पनि चाबी खोसे ।

अक्सिजन सप्लायर्स बताउँदै प्रशासनले जारी गरेको पुर्जी देखाउने एकजनालाई ‘यसले केही हुन्न’ भन्दै चाबी खोसे ।

अब पालो आयो मेरो ।

‘यो कसको ?’ मेरो स्कूटरको भाइजरमा झ्याम्म हानेर उनले आफ्नो गुण्डाशैली देखाए । मैले फेरि उसैगरी ‘स्कूटर मेरो हो र मेरो परिचय यो हो’ भनेर कार्ड देखाएँ । उनले मेरो कार्ड झट्कारेर ‘यस्ता जाबो कार्ड सबैले बनाउँछ, मिडिया भनेर हुँदैन, यो गाडीको पास खै ?’ भनेर फेरि स्कूटरको भाइजरमा हात बजारे । ‘आजसम्म पत्रकारको आईडी कार्डले रोडमा चल्न दिइएको छ त, गाडीको पास हामीलाई कहाँ दिएको छ त नि’ भनें ।

उनको अनुहार र बोलीमा भिन्दै पारा थियो । भिन्दै शैली थियो । खै उनी के खाएर आएका थिए वा कस्तो निर्देशन लिएर आएका थिए म जान्दिनँ । तर, उनको प्रस्तुति साच्चै अजीवको थियो । मैले आफ्नो कार्ड देखाएको र पत्रकार भएकोले पास हुन पाउँछु भनेको कुरालाई उनलाई झनै दिमाग तातेछ क्यारे । ‘ओइ, यसको चाबी खोस्’, उनकै सहकर्मीलाई निर्देशन दिँदै उनी फतफताए, ‘पत्रकार भन्या’छ, जाबो कार्ड भिरेको छ, फोटो खिच्या’छ ।’

त्यसपछि दुई/तीन जना प्रहरी जवान मलाई झ्याप्पै छोप्न आए । ‘खै चाबी दे’, तिनीहरुले भने । मैले दिइनँँ । ‘तपाईंहरुले किन यस्तो गर्नुभएको, ३५ दिनसम्म लकडाउन हुँदा पत्रकारलाई यस्तो कहीं गरिएन, आज एक्कासि के भयो ?’, मैले अझै जान्न खोजें, ‘प्लीज मिडियालाई यसो नगर्नुस् ।’ हवल्दारले सुनिरहेका रहेछन् । उनी पिटुँला झैंं गरी आए । चाबी खोस्न खोजे । मैले अझै दिइनँँ । ‘म समाचार संकलनका लागि आएको हुँ, मलाई जान दिनुहोस्, मेरो स्कूटर नलैजानुहोस्’, यही भनें । ‘ओइ यो स्कूटर गाडीमा हाल’, उनले फेरि निर्देशन दिए ।

यति भनेपछि ५/७ जना आएर मलाई धकेलेर स्कूटरबाट झारे र स्कूटर उचालेर गाडीमा हाले । उनीहरुले मेरो स्कूटर उचालेको र गाडीमा हालेको फोटो खिचें । अरु व्यक्तिहरु सबैको चाबी खोसियो, सबै बाइक चलाएरै जिल्ला प्रहरी कार्यालय लगे ।

मेरो सवारीसाधन नै नियन्त्रणमा लिएपछि पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडालाई फोन गरेर जानकारी गराइहालें ।

अलि पर रेडियो त्रिवेणीका निर्देशक अर्जुन अधिकारीलाई देखें । उनलाई पनि त्यस्तै गरेका होलान् भनेर नजिकै गएँ । उनले ममाथि गरेको सबै दूव्र्यवहार देखेका रहेछन् । तर, मास्क र हेल्मेट नखोलेकोले मलाई चिनेका रहेनछन् । मास्क खोलेपछि उनले चिने । त्यतिखेरसम्म उनको बाइक प्रहरीले लगिसकेको रहेछ । उनले सजिलै प्रहरीलाई चाबी बुझाएछन् । गाडीमा हालेको मेरो स्कूटर भएको थाहा पाएपछि उनले फोटो खिचे । यो देखिरहेका हवल्दार फेरि झम्टिँदै आए । ‘किन फोटो खिचिस् ?’, उनले रुखो वचन फाले । अर्जुनजीले आफू मिडियाकर्मी भएको र समाचारका लागि फोटो खिचेको बताए । ‘ओइ, यो पनि बढी भयो, यसलाई गाडीमा हाल अनि मोबाइल खोसेर फोटो र भिडियो सबै डिलिट गर्दे ।’

यति भनेपछि अर्जुनजीलाई तीन जना प्रहरीले कठालो समातेर ट्रक चढाए । मेरै आडमा सञ्चारकर्मी साथीलाई गाडीमा हालेपछि मैले मिडियाकर्मीलाई नलैजानुस् भनें । हवल्दार फेरि उम्लिए, ‘ओइ यसलाई पनि हाल ।’

उसैगरी मलाई पनि हाले ।

मेरो मोबाइल खोस्न लागे । त्यहीबेला पत्रकार महासंघका अध्यक्ष खतिवडाको फोन आयो । हतारमा रिसिभ गरेर ५ सेकेण्डमैै भनिहालें, ‘मलाई प्रहरीले गिरफ्तार ग¥यो, मलाई गाडीमा राखेको छ, मेरो मोबाइल खोस्दैछ ।’ यति भन्न भ्याउँदालगत्तै प्रहरीले मेरो हातबाट मोबाइल खोस्यो । ‘ओइ फोटो भिडियो डिलिट गर्नुप¥यो, लक खोल’, उस्तै रुखो स्वरमा एक जवानले भने । ‘पत्रकारले सार्वजनिक ठाउँमा खिचेको फोटो डिलिट गर्दिनँ’, मैले भनें । गर्नैपर्छ भनेर दबाब दिए । धेरै दबाब दिएपछि अर्जुनजीले डिलिट गर्न मोबाइल अनलक गरिसकेका थिए । तर, मैले डिलिट नगर्न भनें । उनले फेरि प्रहरीलाई नै मोबाइल दिए । मोबाइल अफ गरेर राख्न हवल्दारले अह्राए । अर्जुनजीको अफ गरे । मेरो मेसो पाएनन् ।

सडकमा अर्को एउटा बाइक बाँकी थियो । त्यो पनि हाल्न हवल्दारले अह्राए । बोकेर हाले । अगाडि नै मेरो स्कूटर हालेकोले गाडीमा अटेन । ‘त्यो स्कूटर उता पछार्दे’, हवल्दार अझै उम्लिए । माथि भएको प्रहरीले स्कूटर धकेल्दिए । अनि पछाडिबाट अघि हालेको बाइक ठेल्दिए । त्यो धक्काले मेरो स्कूटरको पछाडिको भाइजर पक्लक्कै उप्कियो । स्कूटर लड्यो । पछाडिबाट ठेलिएको बाइकले मेरो खुट्टा बीचमा च्यापियो । बिस्तारै मिलाएर खुट्टा बाहिर निकालें ।

हामीलाई जिल्ला प्रहरी कार्यालय लगियो । यति गर्दासम्म पनि जिल्ला लगेपछि डीएसपी वा एसपीसम्मले त पक्कै कुरा बुझ्लान्, हामीलाई छाडिदेलान् भन्ने लागिरहेको थियो ।

गाडी जिल्ला प्रहरी कार्यालयभित्र छिराइयो । पछाडि हामीसँग दुई प्रहरी थिए । अगाडि क्याबिनमा उनै हवल्दार रहेछन् । झरे । ‘बाइक झार’, तिनले निर्देशन दिए । प्रहरीहरुले झारे । ‘यिनीहरुलाई के गर्ने सर ?’, माथिबाट सोधियो । हवल्दारको हुकुम आयो, ‘यिनीहरुलाई क्वारेन्टाइनमा लगेर हुल्दे ।’

गाडी घुमायो र हामीलाई भरतपुर कभर्डहल लगियो । क्वारेन्टाइनको नाममा हामीजस्तै गरी उठाएर ल्याइएकालाई त्यहाँ दिनभर उभ्याइने रहेछ ।

त्यहाँ यमलाल मुक्तान नाम गरेका हवल्दार रहेछन् । गाडीमा लगेका प्रहरीले हामीलाई उनको नियन्त्रणमा हस्तान्तरण गरे । हामीबाट कब्जामा लिइएको दुई मोबाइल पनि मुक्तानलाई दिए । उनी टेबलमा एउटा ढड्डा लिएर बसेका थिए । त्यहाँ लामै सूची थियो । हामीलाई अगाडि उभिन भने । क्रमैसँग हाम्रो नाम, ठेगाना, उमेर, पक्राउ परेका ठाउँ, मोबाइल नम्बर सोधे । र, उभिइरहन अह्राए । जे–जे भने त्यही गरियो । उनले किन चौबिसकोठी गएको ? के गर्दा समातेको ? अनेक प्रश्न गर्न लागे । मेरो परिचयपत्र घाँटीमै झुण्डिरहेको थियो । त्यही देखाएर भनें, ‘रिपोर्टिङ गर्न गएको, कार्ड देखाउँदा देखाउँदै उठाएर ल्याए ।’

मेरो मोबाइल ती हवल्दारले टेबलमा राखेका थिए । स्वीच अन नै थियो । त्यहीबेला पत्रकार महासंघ अध्यक्षको फोन आयो । मैले फोन मागें । पत्रकार भएको जानकारी पाएर हो वा खै के भएर हो उनले चाहिं फोन उठाउन अनुमति दिए । मैले एकै सासमा प्रहरीले जिल्ला कार्यालयमा नझारी क्वारेन्टाइनमा ल्याएर थुनेको जानकारी अध्यक्षलाई गराएँ र तुरुन्त हामीलाई निकाल्न आउनुस् भनें । हामीलाई अझै केरकार गरे । उनी बेलाबेलामा कतै फोन पनि गर्दै थिए, हाम्रो बारेमा रिपोर्टिङ गर्दै थिए । ‘जय नेपाल सर’ भन्दै फोनमा बोलेकाले आफूभन्दा माथिल्लो अफिसरलाई गरेको प्रष्ट हुन्थ्यो । उनले ‘खै सर घाँटीमा कार्ड झुण्ड्याएको छ, पत्रकार हुँ भन्छ’ भन्दै थिए ।

केहीबेरमा एकजना सई आए । उनको छातीमा केबी अधिकारी लेखिएको नेमप्लेट थियो । हवल्दारले तन्किएर सलाम ग¥यो । आफू बसेको कुर्सी छोडिदियो । अधिकारी बसे । फेरि सुरुदेखि नै सबै सोध्न थाले हामीलाई । उनले पनि उसैगरी ‘जय नेपाल सर’ भन्दै कता–कता के–के सुनाए । कार्ड झुण्ड्याएका पत्रकार ल्याएर राखेको रिपोर्टिङ गरे ।

हामीलाई ल्याएको गाडी फेरि आइपुग्यो । योपालि एकजना बैंकका कर्मचारी ल्याइएको रहेछ । उनी देवघाट जानुपर्ने रहेछ पटिहानीबाट । हाकिमचोकमा समातिएछन् । बैंकबाट ‘जसरी पनिआउनूू’ भन्ने प्रहरीले जान नदिने गरेकाले बिलखबन्दमा परेपछि उनले बैंकमा फोन गरेछन् । आफ्नो बाइक नियन्त्रणमा लिएको जानकारी गराएछन् । बैंकबाट ‘हिँडेर भए पनि आइज’ भनेपछि उनले हाकिमलाई पठाउन प्रहरीले नियन्त्रणमा लिएको बाइकको फोटो खिचेछन् । ‘फोटो किन खिचिस् ?’ भनेर उसैलाई उठाएर सिधै क्वारेन्टाइन पु¥याइएछ ।

ती बैंक कर्मचारीलाई पनि क्वारेन्टाइनमा हालियो । हामी उभिइरहेकै छौं ।

पत्रकार महासंघका अध्यक्ष आइपुगे । अध्यक्ष खतिवडाले आफ्नो परिचय दिएर दुईजना पत्रकारलाई लिन आएको भने । सई अधिकारीले एकछिन बस्नुस् भने । फेरि कता–कता फोन गरे । ‘तपाईंहरुले फोटो र भिडियो खिच्नुभएको छ रे, डिलिट गर्नुपर्ने भयो’, उनले गफगाफको निचोड सुनाए । हामी छक्क प¥यौं । सबै प्रहरी प्रशासन हाम्रै फोटो र भिडियोको पछि लागिरहेका छन् । त्यसमा त्यस्तो ठूलो कुरा पनि केही छैन । मात्रै प्रहरीले चौबिसकोठीजस्तो सार्वजनिक ठाउँमा चेकजाँच गरिरहेको दृश्य छन् ।

‘डिलिट गरिन्न’, महासंघ अध्यक्ष खतिवडाले अडान लिए । ‘गर्नू भन्ने निर्देशन आ’को छ’, सई पनि आफ्नै अडानमा उभिए ।

‘हामी गर्दैनौं’, खतिवडा झन् कडा देखिए ।

सई के गर्ने, के नगर्ने अवस्थामा पुगे । उनले अध्यक्ष खतिवडाको सबै विवरण टिपे हाम्रो नाम लेखिएको ढड्डामै । नाम, ठेगाना, उमेर, मोबाइल नम्बर सबै । अनि सही गर्न भने । हामी दुईलाई पनि सही गराए । अनि ‘जानुस्’ भने । तर, मोबाइल उनकै नियन्त्रणमा थियो । मैले मागें । ‘फोटो र भिडियो त फाल्नै प¥यो सर’, उनी अझै उही मागमा अडिग रहे । ‘तपाईं अझै त्यसैमा अल्झिनुभएको छ, म गर्दिनँ, के गर्नुहुन्छ गर्नुहोस्’, मैले सुनाएँ । ‘त्यसो भए के–के रहेछ एकचोटि मलाई देखाइदिनुहोस्’, उनी यो हदमा आइपुगे । उनी माथिको निर्देशन र हाम्रो एकोहोरो अडानको बीचमा बिलखबन्दमा परेको मैले बुझें । अनि लक खोलेर सबै फोटो देखाइदिएँ । उनले अमिलो मुख लगाएको प्रष्टै देखिन्थ्यो । हामी निस्कियौं, उनी गेटसम्मै छोड्न आए ।

यति गर्दा प्रहरीले हामीलाई धरपकड गरेर नियन्त्रणमा लिएको डेढघण्टा बितेको रहेछ । पत्रकार महासंघ अध्यक्षले आफू जमानी बसेर हामीलाई निकाली सिधै महासंघ कार्यालय ल्याए ।

महासंघबाट पत्रकार महासंघका सबै पदाधिकारी, पत्रकारका विभिन्न पेशागत संघसंगठनलाई जानकारी गराइयो । सबै संगठन प्रमुख तथा प्रतिनिधि आए । छलफल गरियो । छलफलले पत्ररकारमाथिकाे ज्यादती सिंगाे प्रेस स्वतन्त्रतामाथिकै आक्रमण भएकाे निचोड निकाल्दै संलग्न प्रहरीलाई कारवाही माग गर्ने निर्णय गर्याे । नेपाल पत्रकार महासंघ, प्रेस संगठन नेपाल र नेपाल प्रेस युनियनले संयुक्त विज्ञप्ति निकाले । पत्रकार महासंघ केन्द्रीय समितिले पनि विज्ञप्ति निकाल्याे । चितवन जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले पनि विज्ञप्ति निकालेर भर्त्सना गर्याे ।

प्रमुख जिल्ला अधिकारीलाई भेट्न गयौं । घटना विवरण सुनायौं । उनले पत्रकारलाई रोक्ने, छोक्ने र गिरफ्तार गर्ने प्रशासनको नीति र निर्देशन नभएको जिकिर गर्दै गल्ती भएकोमा दुःख व्यक्त गरे । आगामी दिनमा यस्तो हुन नदिने प्रतिबद्धता जनाए ।

हामी एसपीसँग छुट्टै बस्न चाहन्थ्यौं । उनी पनि प्रमुख जिल्ला अधिकारीसँगै थिए । कार्यालय प्रमुखको बैठकका लागि उनी गएका रहेछन् । साढे ४ बजे प्रहरी कार्यालयमै भेट्ने भने । त्यतिखेर साढे ३ भएको थियो ।

दुःखलाग्दो र अनौठो घटना त फेरि भयो ।

प्रमुख जिल्ला अधिकारीलाई भेटी फर्किएर पत्रकार महासंघ आइपुग्यौं । बिहान सवारीसाधन नियन्त्रणमा लिइएका दर्जनौं मान्छेहरु प्रहरी कार्यालय अगाडि उभिइरहेका रहेछन् । उनीहरु सवारीसाधन फिर्ता दिन याचना गरिरहेका थिए । त्यो देखेर पत्रकार प्रमिता ढकाल फोटो खिच्न थालिन् । तर, उनलाई प्रहरीले तुरुन्तै नियन्त्रणमा लियो । मोबाइल खोसियो र उनलाई भित्र लगियो ।

पत्रकार राजु चौधरी पनि भिडियो खिच्न लागे । उनलाई पनि उसैगरी नियन्त्रणमा लिने प्रयास भयो । तर, उनी जान मानेनन् । पत्रकार रामकान्त पाैडेलले कसैगरी माेबाइल खाेस्न दिएनन् । प्रहरी फर्कियो ।

अब त अत्ति भयो भनेर महासंघको नेतृत्वबाट गृह मन्त्रालयसम्म सम्पर्क गरियो । पत्रकारमाथिको ज्यादती सुनाइयो । योपछि एसपी कार्यालय प्रमुखको बैठक छोडेर ५ मिनेटमै जिल्ला प्रहरी कार्यालय आइपुगे । प्रमितालाई बाहिर निकालियो ।

फेरि पत्रकार महासंघको नेतृत्वमा एसपीकहाँ गइयो । सबै घटना विवरण जानकारी गराएर आपत्ति जनायौं । एसपीले आफूहरुको नियत पत्रकारलाई दुःख दिने नभएको तर कमजोरीवश पत्रकारमाथि ज्यादती भएकोमा क्षमा याचना गरे । उनले घटनामा संलग्न प्रहरीमाथि कारबाही गर्ने प्रतिबद्धता पनि जनाए । हामी फर्कियौं । फर्किंदा साँझको ६ बजिसकेको थियो ।

घर फर्किएपछि पनि मेरो दिमागमा दिनभरका घटनाक्रम घुमिरे । प्रहरीले पत्रकारमाथि एक्कासि किन यस्तो व्यवहार ग¥यो होला भनेर अचम्मित पनि भएँ ।

अहिले विश्वभर दुःख दिइरहेको कोरोना भाइरसको अन्धाधुन्ध प्रसार हुन नदिनका लागि लकडाउन गरिएको हो । लकडाउन मान्नु र घर बस्नु हामी सबैको दायित्व हो । यसैलाई मानेर हामीले कायाकैरनको प्रिन्ट संस्करण लकडाउन सुरु भएदेखि नै बन्द गरेका छौं । चितवनका अरु पत्रिका पनि निस्केका छैनन् । तर, अहिलेको झन् सशक्त माध्यम अनलाइन अझै धेरै अपडेट गरिरहेका छौं । सकेसम्म घरमै बसी अपडेट गरिरहेका छौं । त्यसका लागि समाचार सामग्री लिन कहिलेकाहीं घरबाहिर निस्किनै पर्छ । सोमबार पनि फोटोका लागि फिल्डमा गएको थिएँ । प्रहरीले बुझ्नुपर्छ कोही पनि पत्रकार काम नपाएर सडकमा बरालिएर हिँडेका छैनन् । संक्रमणको सबैलाई डर छ । रोगी हुन कसैलाई मन छैन ।

लकडाउन मान्नुपर्छ भनेरै ३५ दिनको लकडाउनमा समाचारका लागि म जम्मा तीन दिन बाहिर निस्किएको छु । उपचारका लागि अस्पताल गएको बेला मैले कहिल्यै पत्रकारको कार्ड देखाएको छैन । र, घरबाट अस्पताल र अस्पतालबाट घरभन्दा दायाँबायाँ गरेको पनि छैन । तै पनि यस्तो दूव्र्यवहार, गिरफ्तारी र मानसिक तनाव व्यहोर्नुप¥यो ।

जस्तोसुकै महामारी, युद्ध, प्रकोपका घटनामा पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी फ्रन्टलाइनमै हुन्छन् । समाचार संकलनका लागि निर्वाध आवतजावत गर्न पाउने कुरालाई संविधानले नै सुनिश्चित गरेको छ । यसलाई सबैले स्वीकार गरेका पनि छन् । तर, कानूनको कार्यान्वयनकर्ता प्रहरी बेला–बेलामा दानव बनेर किन प्रस्तुत हुन्छन् होला ?

फिल्डमा खटिएका प्रहरीहरुको बोली यस्तो हुन्छ कि, सुन्न सकिन्न । व्यवहार यस्तो हुन्छ कि, सहन सकिन्न । सञ्चारकर्मीले आफू सञ्चारकर्मी भएको जानकारी गराउँदा गराउँदै उसलाई गिरफ्तार गरी गाडीमा हाल्ने, उसको सवारीसाधन नियन्त्रणमा लिने, सञ्चारसामग्री खोस्ने, फोटो भिडियो डिलिट गर्ने यो लोकतान्त्रिक प्रशासनले गर्ने व्यवहार होइन । पञ्चायती शासनको बेला, जनआन्दोलनको बेला पनि यस्तो भोगेका थिएनन् पत्रकारले ।

भन्नलाई प्रमुख जिल्ला अधिकारी र एसपी दुबैले पत्रकारलाई ज्यादती गर्ने र बन्धक बनाउने नीति निर्देशन आफूहरूको नभएकाे भने । तर, मलाई त्यस्ताे लाग्दैन । चेन अफ कमाण्डमा काम गर्ने प्रहरी संगठनकाे एकजना हवल्दारले विनानिर्देशन व्यक्तिगत सनककाे भरमै यतिसम्मकाे हर्कत गर्न सक्दैन । नियन्त्रण गर्ने, प्रहरी कार्यालय ल्याउने, क्वारेन्टाइन पठाउने, फेरि पटक-पटक अरू साथीहरूलाई नियन्त्रणमा लिने, क्वारेन्टाइनबाट पटक-पटक रिपोर्टिङ हुँदा नसुनिनुले प्रमाणित गर्छ कि, प्रहरी संगठनकाे स्पष्ट निर्देशन पत्रकारसमेतलाई दुःख दिनू भन्ने नै छ ।

हामीमाथि जे भए, त्यो अब अरु पत्रकारले भोग्नु नपरोस् भन्ने हाम्रो भनाइ हो । पत्रकार महासंघ, विभिन्न पेशागत पत्रकार संगठनहरुले हामीमाथि भएको ज्यादतीको डटेर विरोध गरे । उनीहरुले आवाज बुलन्द गरिदिए । ती संगठनप्रति हार्दिक कृतज्ञ छु ।

हामी त बोल्न सक्ने थियौं । तर, दिनभर सवारीसाधन नियन्त्रणमा लिएर प्रहरी कार्यालयअघि उभ्याइएकाहरुको आवाज कसले उठाइदिने ? उनीहरुमाथि दूव्र्यवहार गरिएकामा कसले माफी मागिदिने ? उनीहरुलाई न्यायको महसुस कसले गराइदिने ?

लकडाउन उल्लंघन गरेकाे आराेपका आधारमा सर्वसाधारणको मर्का र बाध्यतै नबुझी गिरफ्तार गर्ने र दिनभर क्वारेन्टाइनकाे नाममा कभर्डहलमा तनावपूर्णरूपले थन्क्याउने गरिएकाे छ । तिनकाे आवाज सुनिदिने काेही छैनन् । हाम्रै केसमा पनि बेलैमा पत्रकार महासंघलाई जानकारी गराउन नपाएकाे भए, दिनभर कभर्डहलमा राखिने रहेछ । कति तनाव दिन्थे हाेलान् । कसैसँग सम्पर्कसम्म गर्न पाउने अवस्था थिएन । माेबाइल उनीहरूकै नियन्त्रणमा थियाे । हामी लाचार थियाैं । पहिले नै जानकारी गराएका थियाैं र पत्रकार महासंघले खाेज्दै गयाे ।

याे गम्भीर विषयलाई अरू पत्रकार र मानवअधिकारकर्मीले पनि ध्यान दिउन् भन्ने चाहन्छु ।

– कायाकैरन डट कमबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अनुशिल ट्रेड कन्सन दमकमा टिभिएसको एक्स्चेन्ज मेला हेर्नुहाेस अफर

Published

on

विराटचाेक दमकमा रहेकाे अनुशिल ट्रेड कन्सनमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सञ्चालन भइरहेकाे छ । दमककालागि आधिकारिक बिक्रेता झापाकाे दमक ५ सगरमाथा पम्प छेउमा रहेकाे अनुशिल ट्रेड कन्सनले असोज ९ बाटै सुरु गरेकाे एक्स्चेन्ज मेला १३ गतेसम्म सञ्चालन हुने विक्रेता कम्पनीले जनाएकाे छ ।

एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका , किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका हरेक महिना १०० प्रतिशत क्यास ब्याक , बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।

एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्म को भ्यालु एडिसनको सुविधा रहेको अनुशिल ट्रेड कन्सनले जनाएकाे छ । २५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चडेर जान सकिने ,लाइफ टाइम वारेन्टीको सुबिधाका साथै हेलमेट तथा ब्याग र बाइक कभर समेत निशुल्क उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

Continue Reading

Banner

कांग्रेसले नयाँ नेतृत्व छान्न सोमबार बिहान ८ बजेदेखि मतदान सुरू गर्ने

Published

on

नेपाली कांग्रेसले नयाँ नेतृत्व छान्न सोमबार बिहान ८ बजेदेखि मतदान सुरू गर्ने भएको छ। १४ औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि ५ जना मैदानमा छन्। गोरखाका युवराज न्यौपानेले सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिइसकेका छन्। न्यौपानेले शेखर कोइराला समूहलाई समर्थन गर्दै आज उम्मेदवारी फिर्ता लिएका हुन्। अब शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरूङबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।

कांग्रेसले भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लबमा मतदान स्थल तोकेको छ। कांग्रेसले कागजकै मतपत्र बनाएको छ भने मत खसाल्ने बाकसका रूपमा पानी ट्यांकीको प्रयोग गरिने भएको छ। कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि छन्। एक महाधिवेशन प्रतिनिधिले २९ मतपत्रमा मतदान गर्नुपर्ने भएकाले करिब एक घन्टासम्म मत खसाल्न समय लाग्नेछ। मत खसाल्ने ठाउँ २९ वटा छ। करिब १० घन्टामा मत खसालेर सक्ने अनुमान छ।

कांग्रेसले मतदान सकिएलगत्तै मतगणना गरिने बताएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलले सबैभन्दा पहिले सभापति पदका लागि मतगणना गरिने बताए।

Continue Reading

Banner

उद्योग वाणिज्य, जेसीज र लायन्सद्वारा शुभकामना आदानप्रदान

Published

on

विराटचोकः मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेका सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, इन्द्रपुर जेसीज र लायन्स क्लब अफ इन्द्रपुरले शुभ दीपावली तथा छठ लगायतका पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नगरप्रमुख शिवप्रसाद ढकालले राजनीतिक पार्टीका अधिवेशन सकिएर चलयमान र सक्रियता बढ्न थालेकाले यसले समाज निर्माणमा टेवा पुग्ने बताए । यस क्षेत्रको राजनीति संस्कारयुक्त रहेको बताउँदै उनले फरक आस्था भए पनि विकास निर्माण, सामाजिक कार्य, विपद व्यवस्थापनमा राजनीतिक शक्ति एक हुनाले स्थानीय सरकार सञ्चालनमा सहयोग पुगेको बताए ।

आफ्नो कार्यकाल छोटिँदै गएकाले सोचेजति काम गर्न नसकिए पनि भए गरेका काम ईमानदारीका साथ हुने उनले बताए । बेमौसमी वर्षाका कारण आएको बाढीले धान खेतीसँगै विकास निर्माणमा ठूलो क्षति पुर्याएकाले यस विषयमा प्रारम्भिक चरणको क्षतिको विवरण लिइसकिएको र केही दिन पछि बस्ने कार्यपालिकाले सो विषयमा निर्णय गर्ने बताए ।

कार्यक्रममा बोल्दै मेयर ढकालले सुन्दरदुलारी उद्योग वाणिज्य संघ र कोशीहरुैंचा उद्योग वाणिज्य संघलाई समायोजन गरी एउटै वाणिज्य संघ बनाउन नवनिर्वाचित पार्टीहरुले भूमिका खेल्नुपर्ने बताउँदै आफूले पनि यस विषयमा घनीभूत तयारी गरिरहेको बताए । कोभिड १९ व्यवस्थापनमा वाणिज्य संघ, जेसीज र लायन्स क्लब लगायतका संस्थाले खेलेको भूमिका प्रति ढकालले प्रशंसा व्यक्त गरे ।

नेकपा एमाले सुन्दरहरैंचाका नवनिर्वाचित अध्यक्ष मातृकाप्रसाद ढकालले पार्टीले साझा धारणा बनाएर अघि बढ्ने बताए । एमालेले हातमा हात मिलाएर सुन्दरहरैंचाको सामाजिक, आर्थिक र विकास निर्माणको श्रीवृद्धिका लागि मिलेर जाने बताए ।
यस्तै, नेपाली काङ्ग्रेस सुन्दरहरैंचाका नगर सभापति भक्तिप्रसाद सिटौलाले जिल्लाकै ऐतिहासिक बजारमा कार्यक्रम आयोजना हुनु राम्रो पक्ष भएको बताउँदैै राजनीतिक दललाई एकै ठाउँमा राखेर भव्य कार्यक्रम हुनाले पछिल्लो समय बिग्रँदो राजनीतिलाई यसले एकताको सन्देश दिएको बताए ।

शुक्रबार वडा नम्बर १ हरैंचामा रहेको हात्तीसार खेलमैदानमा आयोजित कार्यक्रममा नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, नेकपा एमाले नगर अध्यक्ष मातृकाप्रसाद ढकाल, नेपाली कांग्रेस नगर सभापति भक्तिप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दुशान्त भट्टराई, एकीकृत समाजवादीका नगर अध्यक्ष महेश आचार्यसहित विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नगर सचिव दिलीप थापाले हरैचा ऐतिहासिक क्षेत्र भएकाले यस ठाउँलाई चिनाउन यस क्षेत्रको खोज अनुसन्धानमा लाग्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा आयोजक संस्था वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल, इन्द्रपुर जेसीजका अध्यक्ष कृष्णप्रसाद ओझा, लायन्स क्लबका अध्यक्ष रोहित शाह लगायत उपस्थित रहेका थिए ।

यसैबीच नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रम सुन्दरहरैंचा उद्योग वाणिज्य संघका महासचिव नारायण कार्कीले सञ्चालन गरेका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक