प्रदेश नं. १
इलाममा दाहसंस्कार गर्दागर्दै बाढीले बगायो चिता

इलामः इलामको फाकफोकथुम गाउँपालिकास्थित फाकफोक खोलामा दाहसंस्कार दाहसंस्कार गर्दागर्दै अचानक खोलामा आएको बाढीले चिता नै बगाएको छ ।
आइतबार दिउँसो सुँगुरलाई चारो खोज्न जाँदा लडेर मृत्यु भएको फाकफोकथुम–३ सल्लेरीका ४० वर्षीय रामबहादुर लकान्द्रीको शवको दाहसंस्कार हुँदै गर्दा अचानक आएको बाढीले चिता बगाएको हो ।
फाकफोक खोलाको शिर पाँचथरको घुर्बिसे पञ्चमी र आसपासमा आएको वर्षापछि बाढी आएको अनुमान स्थानीयको छ ।
Banner
बजेट सुझाव संकलनका लागि प्रदेश मन्त्री जिल्लाजिल्लामा

विराटनगरः आगामी आर्थिक वर्षको बजेटको तयारीका लागि प्रदेश १ का मन्त्रीहरु जिल्लाजिल्लामा पुगेका छन् ।
स्थानीय तहको सुझाव र योजना संकलनका लागि मन्त्रीसहितको टोली जिल्ला जिल्लामा पुगेको हो । १३ वटा जिल्लामा मन्त्री र एउटा जिल्लामा योजना आयोगका उपाध्यक्ष गएका छन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार आगामी आर्थिक वर्षका लािग प्रदेश १ सरकारले ३६ अर्ब हाराहारीको बजेट ल्याउँदैछ ।
आज १४ वटै जिल्लाका सदरमुकाममा कार्यक्रम राखिएको बताइएको छ । योजना तर्जुमा छलफलमा जिल्लास्थित स्थानीय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित कार्यालयका प्रमुख र सरोकारवाला सहभागी हुने भएका छन् ।
मन्त्री र योजना आयोग उपाध्यक्षसहितको टोलीले संकलन गरेको सुझावलाई प्रदेश योजना बैंकमा राखेर प्राथमिकताका आधारमा बजेट विनियोजन गर्ने सरकारको तयारी छ । प्रदेश सरकारले जेठ १६ गतेबाट प्रदेशको अन्तिम तथा बजेट अधिवेशन बोलाएको छ ।
कुन जिल्लामा कुन मन्त्री पुगे ?
ताप्लेजुङः सामाजिक विकास मन्त्री राजन राई,
पाँचथरः पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बू,
इलामः योजना आयोगका उपाध्यक्ष पूर्णकुमार लोक्सम,
झापाः खानेपानी सिँचाइ तथा उर्जा मन्त्री रामकुमार राई,
संखुवासभाः वन वातावरण तथा भू संरक्षण मन्त्री शेखर थापा
तेह्रथुमः सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फे
धनकुटाः उद्योग श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गाम,
भोजपुरः सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की,
सुनसरीः भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी,
मोरङः मुख्यमन्त्री राजेन्द्र राई,
ओखलढुंगाः स्वास्थ्य मन्त्री जयराम यादव,
सोलुखुम्बुः सञ्चार तथा यातायात मन्त्री उपेन्द्र घिमिरे,
खोटाङः कृषि मन्त्री झलकबहादुर मगर ।
Banner
धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङले लिए शपथ

धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङले सोमबार शपथ लिएका छन् । उनीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।स्वतन्न्र तर्फ लौरो चुनाव चिन्ह लिएर धरानको मेयरमा निर्वाचित भएका नगर प्रमुख हर्कलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश कैलाश सुवेदी शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण गर्दै हर्कले अन्य दलले भन्दा फरक कार्यक्रममा प्याकेज ल्याउने बताए । उनले निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै प्रमुखमा निवार्चित भएका छन् । उनले २० हजार ८२१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी गठबन्धनबका उम्मेद्वार राईले १६ हजार ६९ मत प्राप्त गरेका छन् ।
Banner
विराटनगर महानगरपालिकाको मेयरमा नागेश र उपमेयरमा शिल्पा विजयी

विराटचाेक: विराटनगर महानगरपालिकाको मेयरमा काङ्ग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयरमा नागेश कोइराला ३०,१७० को भारी मतसहित विजयी भएका हुन् । कोइराला नागेश निकटतम प्रतिद्वन्द्वीसँग ८,७१५ मतले अगाडि रहदै विजयी भएका हुन् ।
विराटनगरको उपमेयरमा भने एमालेको तर्फबाट उम्मेदवार शिल्पा कार्की निर्वाचित भइन् । उपमेयरमा कार्की २५,६८० मतसहित विजयी भइन् । उपमेयरमा शिल्पा ११,४६१ मत अन्तरले विजयी भएकी हुन् ।
तेसै गरि एमालेबाट मेयरका उम्मेदवार सागर थापाले २१,४५५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार उमेश यादवले ८,७९५ मत प्राप्त गर्दा राप्रपा उम्मेदवार प्रह्लाद साहले ५,२१६ मत पाएका छन् ।
विराटनगरमा उपमेयर तर्फका उम्मेदवार अमरेन्द्र यादवले १४,२१९ मत प्राप्त गरे । राप्रपा उम्मेदवार विन्दा लुइँटेलले ६४०१ मत प्राप्त गरिन भने स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५११७ मत प्राप्त गरेकी छिन् ।
जम्मा १९ वडामा विभाजन भएको विराटनगर महानगरपालिकामा एमालेले वडा नम्वर १, २, ३, ४, ८, १०, ११, १४, १९ तथा नेपाली कांग्रेसले ५, ६, ७, ९, १५, १६ साथै जसपा १२, १७, राप्रपा १३ र स्वतन्त्र उम्मेवार वडा नम्वर १८ मा वडाध्यक्षका रुपमा निर्वाचित भएका छन् ।
विराटनगरमा जम्मा मतदाता १ लाख ३३ रहेका छन् भने जसमा खसेको मत ८९ हजार रहेको थियो।
-
अर्थ3 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
खेलकुद2 years ago
रंगशालाको अवलोकन
-
अर्थ2 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य2 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
मुख्य2 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य2 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १2 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
-
मुख्य3 years ago
जित्ने स्वास्थ्य मन्त्री, हार्ने मेडिकल कलेज सञ्चालक
You must be logged in to post a comment Login