Connect with us
Advertisement

संक्रमित भेटिएपछि चीनको सुलानमा लकडाउन

Published

on

विराटचोकः लकडाउनकै कारण कोरोना भाइरस नियन्त्रणमा लिएको दाबी गरेको चीनमा आइतबारदेखि संक्रमित बढ्न थालेका छन् । संक्रमित बढेपछि चीनले सुलान शहरमा लकडाउन घोषणा गरेको छ ।

बीबीसीका अनुसार कपडा धुने काम गर्ने १ जना महिलाले सुलानमा संक्रमण सारेको चीनले जनाएको छ । ४५ वर्षकी ती महिलाबाट उनका पति, बहिनी र परिवारका अन्य सदस्यमा संक्रमण फैलिएको चीनले जनाएको छ ।

यससँगै चीनले सुलान शहरमा लकडाउन घोषणा गरेको हो । बीबीसीका अनुसार सुलान जिलिङ प्रान्तको एउटा शहर हो र यो शहरको सिमाना रुससँग जोडिएको छ । पछिल्लो समय रुसमा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

विश्वमा कोरोना भाइरस चीनको वुहानबाट फैलिएको थियो । भाइरस फैलिनासाथ लकडाउन गरी रोग नियन्त्रणमा लिएको बताएको चीनले अर्काे शहर सुलानमा संक्रमित देखिनासाथ सो शहरमा लकडाउन घोषणा गरेको हो ।

चीनमा थपिए १७ जना कोरोना संक्रमित

चीनमा एकै दिन थपिए १४ जना कोरोना संक्रमित

Continue Reading

Facebook Comment

1 Comment

Banner

विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण

Published

on

सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।

संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्‍याएको छ,’ उनले भने ।

१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्‍याएको छ ।

लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।

सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्‌पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।

उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।

Continue Reading

Banner

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

Published

on

किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-० ले पराजित गर्दै साविक विजेता फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बोस्टनस्थित जिलेट स्टेडियममा बिहीबार राति भएको खेलको ६० औँ मिनेटमा एमबाप्पेले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । जारी प्रतियोगितामा यो उनको आठौँ गोल हो । त्यसको छ मिनेट बित्न नपाउँदै डेम्बेलेले अर्को गोल थपेपछि फ्रान्सको जित सुनिश्चित भएको थियो ।

यो जितसँगै सन् २०१८ को विश्वकप विजेता फ्रान्सले अब मंगलबार टेक्सासको आर्लिंगटनमा हुने सेमिफाइनलमा स्पेन वा बेल्जियममध्ये एकको सामना गर्नेछ ।अफ्रिकी च्याम्पियन मोरोक्कोले फ्रान्सलाई कडा चुनौती दिने अपेक्षा गरिए पनि त्यो सम्भव रहेन। ८३ औँ मिनेटमा एजेटिन ओनाहीको फ्रिकिकलाई फ्रान्सेली गोलरक्षक माइक माइन्नानले बचाउनुअघिसम्म मोरोक्कोले फ्रान्सको पोस्टमा एउटा पनि निसाना बनाउन सकेको थिएन खेलको २८ औँ मिनेटमा एमबाप्पे पेनाल्टीमा चुकेका थिए । नोसैर मज्राउईले डी-बक्सभित्र एमबाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । तर, लामो भिएआर समीक्षापछि प्रहार गरिएको उक्त पेनाल्टीलाई मोरोक्कोका गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गरे ।

पहिलो हाफ बराबरीमा रोकिए पनि दोस्रो हाफमा फ्रान्सको लगातारको दबाब सफल भयो । ६० औँ मिनेटमा डी-बक्सको सिमानाबाट एमबाप्पेले दायाँ खुट्टाले हानेको उत्कृष्ट कर्ल सट बोनोलाई छक्याउँदै जाली चुमेको थियो ।

त्यसपछि ६६ औँ मिनेटमा पेरिस सेन्ट-जर्मेनका स्टार डेम्बेलेले मध्यभागबाट बल एक्लै अघि बढाउँदै गोल गरेपछि फ्रान्सले २-० को सहज जित दर्ता गर्‍यो ।

फ्रान्सले अब सेमिफाइनलमा शुक्रबार लस एन्जलसमा हुने युरोपेली च्याम्पियन स्पेन र बेल्जियमबीचको क्वार्टरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Continue Reading

Banner

अमेरिका र इरानबीचको तनाव चर्कियो

Published

on

मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ ।

कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै ती आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दाबी छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकी कारबाहीको जवाफ स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले होर्मुज जलमार्ग नजिकै रहेको एक इरानी तेल ट्याङ्कर तथा केश्म टापुको दक्षिणी क्षेत्रमा रहेको सञ्चार टावरमा प्रहार गरेको थियो ।

आईआरजीसीले त्यसपछि अमेरिकी तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक