२७ चैत, विराटनगर । कोशी प्रदेशका दुई मन्त्रालयले १९ करोड बढी बेरुजु उठाएका छन् ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो ६ महिनामा ५३ लाख एक हजार बेरुजु उठाएको हो । सोही अवधिमा भौतिक पूर्वाधार विकास मन्त्रालयले १८ करोड ६० लाख ९ हजार ७१७ रुपैयाँ बेरुजु उठाएको छ ।
स्वास्थ्य मन्त्रालयबाट १३ करोड ८५ लाखभन्दा बढी बेरुजु नियमित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ३९ करोड ४७ लाख ९४ हजार ७९६ रुपैयाँ बेरुजु नियमित गर्नुपर्ने थियो । जसमा १३ करोड ८५ लाख २३ हजार बेरुजु नियमित भएको हो ।
उठाउनु पर्ने दुई करोड २३ लाख ३९ हजार २७१ रुपैयाँमध्ये ५३ लाख १ हजार १२ रुपैयाँ असुल भएको हो । मन्त्रालयले अब एक करोड ७० लाख ३८ हजार २५९ रुपैयाँ उठाउन बाँकी रहेको जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ सम्ममा भौतिक पूर्वाधार मन्त्रालय र मातहतका अन्य १२ वटा कार्यालयको उठाउनु पर्ने बेरुजु रकम ३६ करोड ५१ लाख ७४ हजार ९४० रुपैयाँ थियो । सो मध्ये १८ करोड ६० लाख ९ हजार ७१७ रुपैयाँ बेरुजु असुल गरेको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको नियमित गर्नुपर्ने बेरुजु रकम एक अर्ब ७४ करोड ६० लाख १९ हजार १६६ रुपैयाँ छ । सोमध्ये ६ महिनाको अवधिमा २१ करोड २० लाख ३० हजार ६८४ रुपैयाँ नियमित भएको छ ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा दुवै मन्त्रालयले उठाउनु पर्ने बेरुजु सबै असुल गर्ने लक्ष्य रहेको मन्त्री राईले बताएका छन् ।
Pingback: चीनमा ८ महिनापछि कोरोना संक्रमणका कारण १ जनाको मृत्यु, संक्रमणको दर पनि बढ्दै - निष्पक्षखबर