शिक्षा / स्वास्थ्य
यस्तो छ नेपालमा संक्रमित हुनेको जिल्लागत तथ्यांक
विराटचोकः आजसम्ममा नेपालमा २ सय ४९ जना व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म कर्णाली प्रदेशबाहेक अन्य सबै प्रदेशमा संक्रमित भएका छन् । सबैभन्दा बढी पर्सामा ८५ जना संक्रमित भएका छन् । प्रदेश नम्बर २ मा सिरहाबाहेक अरु सबै जिल्लामा संक्रमित भेटिएका छन् । यस्तो छ जिल्लागत पछिल्लो तथ्यांकः

Facebook Comment
Banner
माध्यमिक तह शिक्षक पदका लागि दरखास्त खुल्यो
शिक्षक सेवा आयोगले मावि शिक्षक नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज निकालेर माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि दरखास्त आह्वान गरेको हो ।
मावि तहका चारसय ४९ जना शिक्षक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिनेछ । सबैभन्दा धेरै विज्ञानका लागि एक सय १३ जनासहित गणित, नेपाली, सामाजिकलगायत विषयका लागि दरखास्त आह्वान गरिएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि फागुन ३ गतेसम्म तथा दोब्बर दस्तुरमा फागुन १० गतेसम्म आयोगको अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् ।
Banner
सुकुनामा दुई प्रदेशका क्याम्पस प्रमुखबीच शैक्षिक गुणस्तरबारे अन्तरक्रिया सुरु
मोरङको सुकुना बहुमुखी क्याम्पसमा कोशी र मधेस प्रदेशका क्युएए प्राप्त तथा हालै प्रत्यायन हासिल गरेका क्याम्पस प्रमुखहरूको सहभागितामा शैक्षिक गुणस्तर सुधारका विषयमा अन्तरक्रिया सुरु भएको छ। हिजोदेखि सुरु भएको अभिमुखीकरण तथा पुनर्ताजगी कार्यक्रम आज समापन हुँदैछ।
विश्वविद्यालय अनुदान आयोगअन्तर्गतको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद् (क्युएएसी) को आयोजनामा भएको कार्यक्रम ‘गुणस्तर सुनिश्चितताका बदलिँदा आयामहरू’ विषयमा केन्द्रित छ। कार्यक्रममा शैक्षिक प्रशासन, आन्तरिक गुणस्तर सुधार, प्रत्यायनपछि कायम गर्नुपर्ने मापदण्ड तथा समसामयिक चुनौतीबारे छलफल गरी सुझाव संकलन गरिने आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले गर्नुभयो। उद्घाटन मन्तव्यमा उहाँले क्याम्पसको आन्तरिक गुणस्तर सुधारमा यस्ता अभिमुखीकरण कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। क्याम्पस स्वयंले आन्तरिक क्युएए प्रणाली सुदृढ गर्न पहल गर्नुपर्नेमा जोड दिँदै उहाँले केही क्याम्पस समस्याग्रस्त अवस्थामा रहेको उल्लेख गर्नुभयो।
सामुदायिक क्याम्पसमा विद्यार्थी संख्या घट्दै जानु र मर्जर हुन नचाहने प्रवृत्तिका कारण शैक्षिक व्यवस्थापनमा समस्या देखिएको भन्दै प्रा.डा. अधिकारीले यस्ता छलफलमार्फत क्याम्पसलाई सक्षम र सबल बनाउन सकिने बताउनुभयो।
क्युएए सचिवालयकी उपनिर्देशक भगवती पौडेलले क्युएए प्राप्त तथा नयाँ प्रत्यायन हासिल गरेका क्याम्पसलाई लक्षित गरी गुणस्तर सुनिश्चितताका विषयमा अभिमुखीकरण गरिने जानकारी दिनुभयो। प्रत्यायनपछि गुणस्तर कायम राख्नु अझ चुनौतीपूर्ण हुने भएकाले निरन्तर अभ्यास आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारीले क्युएएको अभियान यात्रा सजिलो नभए पनि अनिवार्य रहेको उल्लेख गर्नुभयो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसले नयाँ विषय सञ्चालनको अनुमति नपाउँदा विद्यार्थी टिकाउन कठिनाइ भइरहेको उहाँको भनाइ थियो।
कार्यक्रमका सभापति तथा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष केशव अधिकारीले सुकुना बहुमुखी क्याम्पसलाई कार्यक्रम आयोजना गर्ने अवसर प्रदान गरिएकोमा विश्वविद्यालय अनुदान आयोगप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका निर्देशक केदारप्रसाद आचार्य, उपनिर्देशक भगवती पौडेल, क्युएए सहायक नवीना चौलागाईलगायतले सहजीकरण गरिरहनुभएको छ। साथै क्युएए सहायक सीता डुम्रेललगायतको उपस्थिति रहेको छ।
शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राखेर गरिएको यो कार्यक्रम आज समापन हुने आयोजकले जनाएको छ।
Banner
कोशी प्रदेशका ८० प्रतिशत स्टार्टअप नाफामा
कोशी प्रदेशका अधिकांश स्टार्टअप उद्यमले पर्याप्त पुँजी, दक्ष जनशक्ति, बजार पहुँच, सरकारबाट पाउनुपर्ने सुविधा नपाएको जस्ता समस्या भोगिरहेको भएपनि उनीहरुले राम्रो प्रतिफल हासिल गरिरहेको एक अध्ययनले देखाएको छ ।
नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको ‘कोशी प्रदेशमा स्टार्टअप उद्यमको प्रवृत्ति विशेष अध्ययन प्रतिवेदन २०८१/८२’ अनुसार कोशी प्रदेशका ८० प्रतिशत स्टार्टअप उद्यमले नाफा कमाइरहेको देखिएको हो । स्टार्टअप उद्यमहरूको व्यावसायिक प्रकृति, क्षेत्रगत प्रवृत्ति, स्टार्टअप उद्यमका लागि आवश्यक स्रोतसाधनको पहुँच अवस्था तथा यस्ता व्यवसायले भोग्नुपरेका समस्याको पहिचान गरी समस्या समाधानका उपायसहित राष्ट्र बैङ्कले प्रतिवेदन तयार पारेको हो । जसका लागि औद्योगिक व्यावसाय विकास प्रतिष्ठानमा स्टार्टअप कर्जाका लागि आवेदन दर्ता गरेका र ‘सर्टलिष्ट’मा परेका कोशी प्रदेशका उद्यमहरूको सङ्ख्यालाई आधार मानी यस अध्ययनका लागि १६० वटा स्टार्टअप उद्यमबाट तथ्याङ्क सङ्कलन गरिएको राष्ट्र बैङ्कले जनाएको छ अध्ययनमा सहभागी १६० उद्यममा कृषि तथा वनजन्य, उत्पादनमूलक, सेवामूलक, पर्यटन र सूचना प्रविधि गरी पाँच वटा व्यावसायिक क्षेत्र समावेश छन् । जसमा कृषि तथा वनजन्य ४१ दशमलव तीन, उत्पादनमूलक १८ दशमलव एक, सेवामूलक १७ दशमलव पाँच, पर्यटन १३ दशमलव आठ र सूचना प्रविधि क्षेत्रमा नौ दशमलव चार प्रतिशत उद्यम रहेका छन् ।
कोशी प्रदेशको उच्च व्यावसायिक सम्भावना रहेको क्षेत्रको रूपमा ४३ दशमलव एक प्रतिशतले कृषि तथा वनजन्य, २१ दशमलव तीन प्रतिशतले पर्यटन, १३ दशमलव आठ प्रतिशतले उत्पादनमूलक, १० प्रतिशतले सेवामूलक, आठ दशमलव एक प्रतिशतले सूचना प्रविधि र समान एक दशमलव नौ प्रतिशतले उर्जामूलक तथा निर्माण क्षेत्रलाई राखेका छन् । त्यस्ता स्टार्टअप उद्यममध्ये वस्तु तथा सेवामा ५४, उत्पादन प्रक्रियामा ४१ र वितरण प्रक्रियामा पाँच प्रतिशत व्यवसायले नवीन सोच तथा नवप्रवर्तनको प्रयोग गरेका छन् ।
स्टार्टअप उद्यममा २१ देखि ३५ वर्ष उमेर समूहका ३९ दशमलव तीन, ३६ देखि ५० वर्ष उमेर समूहका ४४ दशमलव चार र ५० देखि ७० वर्ष उमेर समूहका १६ दशमलव दुई प्रतिशत उद्यमी रहेका छन् । जसमध्ये ७४ दशमलव चार प्रतिशत पुरुष र २५ दशमलव छ प्रतिशत महिला उद्यमी रहेका छन् ।
स्टार्टअप उद्यमलाई व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गर्ने कारणमा ३७ दशमलव एक प्रतिशतले आत्मनिर्भर बन्ने इच्छा, २५ दशमलव आठ प्रतिशतले समाजमा योगदान गर्ने चाहना, २५ दशमलव एक प्रतिशतले नयाँ अवसर, सात दशमलव नौ प्रतिशतले रोजगारीको अभाव र चार दशमलव एक प्रतिशतले अन्य कारण उल्लेख गरेका छन् ।
अध्ययनमा समावेश भएका १६० स्टार्टअप उद्यममा कुल लगानी रू दुई अर्ब ५६ करोड रहेको छ । जसमा ३८ दशमलव सात प्रतिशत हिस्सा ऋण रहेको छ भने ६१ दशमलव तीन प्रतिशत हिस्सा स्वपुँजी रहेको छ ।

त्यस्तै, ४० दशमलव छ प्रतिशत उद्यमले सरकारी अनुदान तथा सुविधा प्राप्त गरेको र ५९ दशमलव चार प्रतिशत उद्यमले कुनै पनि सरकारी अनुदान तथा सुविधा प्राप्त गरेका नगरेको प्रतिवेदनमा उल्लेख छ ।
स्टार्टअप उद्यमबाट उत्पादित वस्तुको बजार पहुँचमा समस्या रहेको विषयलाई पनि यो अध्ययनले उजागर गरेको छ । ‘अध्ययनमा समावेश भएका उद्यमको विश्लेषण गर्दा ४५ प्रतिशत उद्यमको प्रमुख बजार स्थानीय बजार रहेको छ । ४६ दशमलव ९ प्रतिशत उद्यमले राष्ट्रिय बजार र आठ दशमलव एक प्रतिशतले अन्तर्राष्ट्रिय बजारमा आफ्नो वस्तु तथा सेवा पु-याइरहेका छन्’, अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
प्रविधिको प्रयोगको आधारमा वर्गीकरण गर्दा २७ दशमलव पाँच प्रतिशत उद्यममा उच्च प्रविधि, ६५ प्रतिशत उद्यममा सामान्य प्रविधिको प्रयोग भएको छ भने सात दशमलव पाँच प्रतिशत उद्यममा प्रविधिको प्रयोग नभएको देखिन्छ ।
त्यस्ता उद्यमले आफ्नो उत्पादनको बजारीकरणका लागि सबैभन्दा बढी ३३ दशमलव नौ प्रतिशतले साथीभाई तथा नातेदारको प्रयोग गर्ने गरेका छन् ।
त्यस्तै, २८ दशमलव तीन प्रतिशतले सामाजिक सञ्जाल, आठ दशमलव पाँच प्रतिशतले वेबसाइट, सात दशमलव दुई प्रतिशतले अनलाइन विज्ञापन र मेला/महोत्सव, छ दशमलव एक प्रतिशतले परम्परागत माध्यम, चार दशमलव पाँच प्रतिशतले ‘डोर टु डोर’ सम्पर्क र चार दशमलव तीन प्रतिशतले अन्य विधि प्रयोग गरेका छन् ।
यस्ता उद्यमबाट ४८ दशमलव चार प्रतिशत महिला र ५१ दशमलव छ प्रतिशत पुरुषले रोजगारी पाएको पनि प्रतिवेदनमा जनाइएको छ ।
स्टार्टअप उद्यम प्रवर्द्धनका लागि चाल्नुपर्ने कदमबारे प्रतिवेदनमार्फत् राष्ट्र बैङ्कले सुझावसमेत दिएको छ । ‘स्टार्टअपको लागि बिउ पुँजी, सह–लगानी मोडेल, भेन्चर क्यापिटल, कर छुट, कानुनी सरलता र कर्जा पहुँच सहज बनाउन आवश्यक देखिन्छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login