Connect with us
Advertisement
Advertisement

कोरोनाबाट थप १ जनाको मृत्यु, मृतक संख्या २, संक्रमित २९२

Published

on

विराटचोकः नेपालमा कोरोना भाइरसबाट दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

ती युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए । उनी लकडाउनकै बीचमा बैशाख ३० गते नेपाल आएका थिए । भारतबाट लकडाउनकै बीचमा आएका हुनाले उनलाई सिधै क्वारेन्टाइनमा लगिएको थियो । उनी बसेको क्वारेन्टाइनमा ३८ जना रहेको बताइएको छ ।

यसअघि बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

१ जना कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणका कारण मृत्यु हुनेको यसरी गरिन्छ दाहसंस्कार (कार्यविधिको पूर्ण पाठसहित)

Continue Reading

Facebook Comment

Advertisement
1 Comment

1 Comment

  1. Pingback: कोरोना संक्रमित थप १ जनाको मृत्यु - निष्पक्षखबर

You must be logged in to post a comment Login

Leave a Reply

प्रदेश नं. १

रुकुम घटना : दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

Published

on

विराटचोकः रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती भन्ने स्थानमा गत जेठ १० गत मारिएका नवराज विकसहितका मृतकका परिवारको न्यायका लागि केराबारीमा र्याली निकालिएको छ । भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै मोरङको केराबारीमा र्याली निकालिएको छ । अन्तरजातीय प्रेमबाट सिर्जित घटनाको विरोध गर्दै सो घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल दलित संघ केराबारीले र्याली निकालेको हो ।


जाजरकोटका नवराज बिक तथा रुकुमको चौरजहारीकी मल्ल थरकी युवतीबीच प्रेम सम्बन्ध रहेको र सो सम्बन्धलाई विवाहमा परिणत गर्न नवराज साथीसहित प्रेमिकाको घर गएका थिए । तर नवराजलाई जातीय गालीगलौजसहित अपमान गरी गाउँले र वडाध्यक्षसहित मिली लखेटेर कुटपिट गरेका थिए ।
हत्याकाण्ड सम्पुर्ण दोषीहरूलाई कडा कार्वाहीको माग राख्दै मंगलबार नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल दलित संघ मार्फत केराबारी बजारमा विरोध र्याली गरी केराबारी गाउँपालिका मार्फत गृहमन्त्री समक्ष ज्ञापनपत्र बुझाइएको नेपाल दलित संघ केराबारीका अध्यक्ष सरु सुनामले बताए

Continue Reading

अर्थ

इटहरीको वडा नम्बर १ का किसानालाई पनि कोरली गाई वितरण

Published

on

इटहरीः इटहरी उपमहानगरले इटहरीको वडा नम्बर १ का पनि २५ जना किसानलाई कोरली गाई वितरण गरेको छ । इटहरीकी उपमेयर लक्ष्मी गौतमले वडा नम्बर १ का २५ जना किसानलाई २५ ओटा कोरली गाई वितरण गरेकी हुन् ।

इटहरीलाई दूधमा आत्मनिर्भर बनाउन गाईपालन क्षेत्र घोषित वडाका किसानलाई कोरली गाई वितरण गरिएको उपमेयर गौतमले बताइन् । केही दिन अघिमात्र इटहरी २० का २५ जना किसानलाई इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले २५ वटा कोरली गाई वितरण गरेका थिए ।

अब वडा नम्बर २ का २५ जना किसानलाई पनि कोरली गाई वितरण गरिने बताइएको छ ।

इटहरीका २५ जना किसानलाई नगरपालिकाले दियो कोरली गाई

Continue Reading

Banner

नेपालमा ५४ हजार ४ सय २४ पीसीआर परीक्षण, आरडीटी ९७ हजार ९ सय ६७

Published

on

विराटचोकः हालसम्म नेपालमा ५४ हजार ४ सय २४ नमूनाको पीसीआर परीक्षण गरिएको छ । हिजो यो संख्या ५१ हजार ६ सय ४२ थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७ हजार ९ सय ६७ नमूना आरडीटी विधिबाट परीक्षण गरिएको छ । यो संख्या हिजो ९५ हजार १ सय १२ थियो । नेपालका ४६ जिल्लामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो ४३ जिल्लामा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तो छ जेठ १३ गतेसम्मको प्रादेशिक अवस्थाः

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक