Connect with us
Advertisement
Advertisement

रौतहटमा ८ र बारामा १ संक्रमित थपिए, संक्रमितको संख्या ३०४

Published

on

विराटचोकः आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकाको वडा नम्बर २,३,६ र ९ नम्बर वडाका २१ देखि ३० वर्षका ७ जना पुरुष संक्रमित भएका हुन् ।

त्यस्तै, रौतहटकै माधवनारायण– ३ निवासी २८ वर्षीया महिला र बाराको करैयामाई वडा नम्बर ५ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Continue Reading

Facebook Comment

1 Comment

Banner

महोत्तरी प्रहरीको हिरासत कक्षमा पुस्तकालयको स्थापना

Published

on

जलेश्वरः जिल्ला प्रहरी कार्यालय महोत्तरीले ‘हिरासतमा पुस्तकालय’ कार्यक्रमलाई मंसिर ५ गतेबाट सञ्चालनमा ल्याएको छ ।

विभिन्न किसिमका फौजदारी अभियोगमा कानुनी हिरासतमा रहेका थुनुवाहरूको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले हिरासतमा पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबीच गत साउन २९ गते भएको कार्य सम्पादन सम्झौताको बुँदा नम्बर २५ अनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीको नव–प्रवर्तनीय कार्य ‘हिरासतमा पुस्तकालय’ कार्यक्रमको मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले एक समारोहबीच पुस्तकालय उद्घाटन गरेका हुन् ।

पुस्तकालय स्थापना गर्न जलेश्वर नगरपालिका वडा नम्बर २ का अध्यक्ष वरुणकुमार दाहाल र वडा नम्बर ६ का अध्यक्ष रवीन्द्रप्रसाद साहले सहजीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख मल्लले पढ्न नपाउनु र नपढ्नुमा तात्विक भिन्नता रहेको बताउँदै यी दुवै परिस्थिति समाजको विकासका लागि बाधक बनिरहेको बताए । मानिसलाई शिक्षा प्रदान गर्न समाजको तल्लो तहबाटै पहल गरिनुपर्ने उनले बताए । यही सोचका साथ हिरासतमा पुस्तकालय तयार भएको मल्लले बताए ।

हाल जिल्ला प्रहरी महोत्तरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका मल्लले यसअघि पनि आफूले काम गरेका विभिन्न जिल्लामा ‘हिरासतमा पुस्तकालय’ अभियान स्थापना गराएका छन् ।

Continue Reading

Banner

चुरियामाईमा बस दुर्घटना हुँदा ६ जना भारतीय सहित ७ जनाको मृत्यु

Published

on

हेटौंडाः आज बिहान १ बजे बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटना हुँदा ६ जना भारतीय नगरिकहरू र एक जना नेपालीको ज्यान गएको हो ।

मृत्यु हुनेमा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीया श्रीकान्त चतुरवेदी, ६७ वर्षीया बैजयन्ती देवी, ६५ वर्षीया मीरादेवी र नेपाली नागरिकमा महोत्तरीको लोहारपटी–५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।

घाइते भएका अन्य १७ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य भएका केही भने उपचारपछि डिस्चार्ज भएका छन् । दुर्घटनापछि बसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Banner

मधेस, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

Published

on

विराटचोकः आज मधेस, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार लुम्बिनी र सुदूर पश्चिम प्रदेशका तराईका जिल्लामा हावाहुरीको सम्भावना पनि रहेको छ ।

भारी वर्षाका कारण ती प्रदेशको जनजीवन प्रभावित हुन सक्ने हुनाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक