Connect with us
Advertisement
Advertisement

नेपालका दिवेश अमेरिकन आइडलको उपविजेता

Published

on

विराटचोकः अमेरिकाको गायन रियालिटी शो ‘अमेरिकन आइडल’को १९ औं संस्करणमा नेपाली युवा दिवेश पोखरेलले उपविजेताको उपाधी हात पारेका छन् ।

आर्थर गनको नामबाट सहभागी बनेका उनलाई लाइबेरियन मूलकी गायिका जस्ट सामले पछि पारेकी थिइन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । तर फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् ।

अमेरिकन आइडलको फाइनलमा पुग्ने दिवेश पहिलो नेपाली बनेका छन् । काठमाडौंको रविभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका थिए ।

Continue Reading

Facebook Comment

Advertisement
1 Comment

Banner

गीतकार रत्नशमशेर थापाको निधन

Published

on

विराटचोकः आज दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा गीतकार रत्नशमशेर थापाको निधन भएको छ ।

अस्वस्थ भएपछि उनलाई बुधबार उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उनको ८३ वर्षको उमेरमा निधन भएको हो ।

‘जाग, लम्क, चम्क हे नौजवान हो…’ भन्ने देशभक्तियुक्त गीत उनको चर्चित छ । त्यस्तै, ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो..’ जस्तो शृङ्गारिक भावको गीत र ‘बिछोडको पीडा नसकी खप्न…’ लगायतका कालजयी गीत उनले रचना गरेका छन् ।

उनमा कोरोना संक्रमण थियो कि थिएन भनी जाँच गर्न स्वाब लिइएको छ । स्वाब परीक्षणको रिपोर्ट आएपछि मात्रै शव परिवारको जिम्मा लगाइने भएको छ ।

Continue Reading

कला / साहित्य

प्रेयसी जाडोलाई

Published

on

शेर्पा दाइ
ठ्याक्कै पाँच वर्षअघि
म यहीँ थिएँ— मिल्केको काखमा

जसरी छु यहीँ आज पनि

शेर्पा दाइ
आज बेढङ्ग बेढङ्गमै
यो बेसोमती जाडो
किन इत्रिन्छ हँ ?
मसँग यसरी

जाडोकै मौसम लडाइँ हुँदा
चौंरी चराउँदाचराउँदै हराएकी हुन्
मेरी प्रेमिका
यहीँ मुन्तिरको जङ्गलमा

र, भेटिएकी हुन् धेरैपछि
यतैकतैको चिहानघारीमा

शायद यो शीतलहर
हराएकी मेरै प्रेयसीको आँसु हुनुपर्छ

शायद यो जाडो
हराएकी मेरै प्रेमिकाको सन्देश हुनुपर्छ

र, नै इत्रिँदैछ
— यो बेसोमती जाडो
निर्धक्क मसँग यसरी

म त फेरि छाडेर जानेछु यो ठाउँ

बिन्ती छ !
शेर्पा दाइ
लगेर ओढाइ दिनू—
रातो गुराँसे सिरक
बेरिदिनू—
एक हूल किरणको फरिया
र, कोरिदिनू—
निगालोको एक काँटी सलाइ
प्रेयसी जाडोलाई !

Continue Reading

कला / साहित्य

अमेरिकन आइडल बनेकी जस्ट साम लाइबेरियन मूलकी अश्वेत गायिका

Published

on

विराटचोकः अमेरिकाको गायन रियालिटी शो ‘अमेरिकन आइडल’ को १९ औं संस्करणमा उपाधि विजेता २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो ।

लाइबेरियन मूलकी अश्वेत गायिका उनी अमेरिकाको न्युयोर्क निवासी हुन् । सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो ।

उनी विद्यालयमा अध्ययनरत रहँदादेखि नै न्युयोर्कका सबवे र ट्रेनहरुमा गीत गाउने गर्थिन् । उनी सानो छँदा नै आमा जेल परेकी हुनाले उनलाई हजुरआमाले हुर्काएकी थिइन् ।

सो आइडलमा नेपाली युवा दिवेश पोखरेलले उपविजेताको उपाधी हात पारेका छन् ।

नेपालका दिवेश अमेरिकन आइडलको उपविजेता

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक