Connect with us
Advertisement
Advertisement

विदेशबाट नागरिक ल्याउन सबै प्रदेशमा तोकिए ‘फोकल पर्सन’

Published

on

काठमाडौंः वैदेशिक रोजागारीका सिलसिलामा विभिन्न देशमा रहेका र कोरोना महामारीका कारण अलपत्र परेकाहरुलाई सरकारले स्वदेश फर्काउने भएको छ । सो कार्य गर्नका लागि सबै प्रदेशमा फोकल पर्सन तोकिएको छ ।

कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यससम्बन्धी कार्यविधि बनाउने निर्णय गरेको छ । आज बिहान बसेको उच्चस्तरीय समितिको बैठकमा भारतसहित तेस्रो मुलुकबाट आउनेहरुको व्यवस्थापनका विधिका बारेमा छलफल भएको बताइएको छ ।

कार्यविधि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तयार पार्ने भएको छ । सातै प्रदेशमा एक–एकजना संघीय सरकारका मन्त्रीहरुलाई ‘फोकल पर्सन’ तोकिएको छ । उनीहरुले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइन लगायतका व्यवस्था गर्ने भएका छन् ।

यी हुन् फोकल पर्सन
प्रदेश नं. १ः भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ
प्रदेश नं. २ः श्रममन्त्री रामेश्वर राय
बागमती प्रदेशः महिला बालबालिकामन्त्री पार्वत गुरुङ
गण्डकी प्रदेशः भूमि व्यवस्थामन्त्री पद्मा अर्याल
प्रदेश नं. ५ः उर्जामन्त्री वर्षमान पुन
कर्णाली प्रदेशः वनमन्त्री शक्ति बस्नेत
सुदूरपश्चिम प्रदेशः उद्योगमन्त्री लेखराज भट्ट ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

प्रदेश नं. १

रुकुम घटना : दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

Published

on

विराटचोकः रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती भन्ने स्थानमा गत जेठ १० गत मारिएका नवराज विकसहितका मृतकका परिवारको न्यायका लागि केराबारीमा र्याली निकालिएको छ । भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै मोरङको केराबारीमा र्याली निकालिएको छ । अन्तरजातीय प्रेमबाट सिर्जित घटनाको विरोध गर्दै सो घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल दलित संघ केराबारीले र्याली निकालेको हो ।


जाजरकोटका नवराज बिक तथा रुकुमको चौरजहारीकी मल्ल थरकी युवतीबीच प्रेम सम्बन्ध रहेको र सो सम्बन्धलाई विवाहमा परिणत गर्न नवराज साथीसहित प्रेमिकाको घर गएका थिए । तर नवराजलाई जातीय गालीगलौजसहित अपमान गरी गाउँले र वडाध्यक्षसहित मिली लखेटेर कुटपिट गरेका थिए ।
हत्याकाण्ड सम्पुर्ण दोषीहरूलाई कडा कार्वाहीको माग राख्दै मंगलबार नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल दलित संघ मार्फत केराबारी बजारमा विरोध र्याली गरी केराबारी गाउँपालिका मार्फत गृहमन्त्री समक्ष ज्ञापनपत्र बुझाइएको नेपाल दलित संघ केराबारीका अध्यक्ष सरु सुनामले बताए

Continue Reading

अर्थ

इटहरीको वडा नम्बर १ का किसानालाई पनि कोरली गाई वितरण

Published

on

इटहरीः इटहरी उपमहानगरले इटहरीको वडा नम्बर १ का पनि २५ जना किसानलाई कोरली गाई वितरण गरेको छ । इटहरीकी उपमेयर लक्ष्मी गौतमले वडा नम्बर १ का २५ जना किसानलाई २५ ओटा कोरली गाई वितरण गरेकी हुन् ।

इटहरीलाई दूधमा आत्मनिर्भर बनाउन गाईपालन क्षेत्र घोषित वडाका किसानलाई कोरली गाई वितरण गरिएको उपमेयर गौतमले बताइन् । केही दिन अघिमात्र इटहरी २० का २५ जना किसानलाई इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले २५ वटा कोरली गाई वितरण गरेका थिए ।

अब वडा नम्बर २ का २५ जना किसानलाई पनि कोरली गाई वितरण गरिने बताइएको छ ।

इटहरीका २५ जना किसानलाई नगरपालिकाले दियो कोरली गाई

Continue Reading

Banner

नेपालमा ५४ हजार ४ सय २४ पीसीआर परीक्षण, आरडीटी ९७ हजार ९ सय ६७

Published

on

विराटचोकः हालसम्म नेपालमा ५४ हजार ४ सय २४ नमूनाको पीसीआर परीक्षण गरिएको छ । हिजो यो संख्या ५१ हजार ६ सय ४२ थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७ हजार ९ सय ६७ नमूना आरडीटी विधिबाट परीक्षण गरिएको छ । यो संख्या हिजो ९५ हजार १ सय १२ थियो । नेपालका ४६ जिल्लामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो ४३ जिल्लामा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तो छ जेठ १३ गतेसम्मको प्रादेशिक अवस्थाः

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक