Connect with us
Advertisement
Advertisement

चन्द्रमा नदेखिएकाले आइतबार हुने भनिएको सार्वजनिक बिदा सोमबार हुने

Published

on

विराटचोकः मुस्लिम समुदायको पर्व इदुल फित्रको अवसरमा आज आइतबार दिने भनिएको सार्वजनिक बिदा भोलि सोमबार दिइने भएको छ ।

मन्त्रिपरिषद्को जेठ ९ गतेको निर्णयअनुसार आज आइतबार सार्वजनिक बिदा दिने भनी गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेको थियो । तर, शनिबार साँझ चन्द्रमा दक्षिण एशियाभर नदेखिएको हुनाले भोलि सोमबार सार्वजनिक बिदा दिइने गृह मन्त्रालयले सूचना मार्फत् जानकारी गराएको छ ।

मुस्लिम आयोगले जेठ ११ गते आइतबारको सट्टा जेठ १२ गते सोमबार सार्वजनिक बिदा दिन अनुरोध गरेकाले भोलि सोमबार सार्वजनिक बिदा दिन लागिएको मन्त्रालयले जनाएको छ ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

अर्थ

इटहरीको वडा नम्बर १ का किसानालाई पनि कोरली गाई वितरण

Published

on

इटहरीः इटहरी उपमहानगरले इटहरीको वडा नम्बर १ का पनि २५ जना किसानलाई कोरली गाई वितरण गरेको छ । इटहरीकी उपमेयर लक्ष्मी गौतमले वडा नम्बर १ का २५ जना किसानलाई २५ ओटा कोरली गाई वितरण गरेकी हुन् ।

इटहरीलाई दूधमा आत्मनिर्भर बनाउन गाईपालन क्षेत्र घोषित वडाका किसानलाई कोरली गाई वितरण गरिएको उपमेयर गौतमले बताइन् । केही दिन अघिमात्र इटहरी २० का २५ जना किसानलाई इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले २५ वटा कोरली गाई वितरण गरेका थिए ।

अब वडा नम्बर २ का २५ जना किसानलाई पनि कोरली गाई वितरण गरिने बताइएको छ ।

इटहरीका २५ जना किसानलाई नगरपालिकाले दियो कोरली गाई

Continue Reading

Banner

नेपालमा ५४ हजार ४ सय २४ पीसीआर परीक्षण, आरडीटी ९७ हजार ९ सय ६७

Published

on

विराटचोकः हालसम्म नेपालमा ५४ हजार ४ सय २४ नमूनाको पीसीआर परीक्षण गरिएको छ । हिजो यो संख्या ५१ हजार ६ सय ४२ थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७ हजार ९ सय ६७ नमूना आरडीटी विधिबाट परीक्षण गरिएको छ । यो संख्या हिजो ९५ हजार १ सय १२ थियो । नेपालका ४६ जिल्लामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो ४३ जिल्लामा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तो छ जेठ १३ गतेसम्मको प्रादेशिक अवस्थाः

Continue Reading

प्रदेश नं. २

थप ४३ जना कोरोनामुक्त, डिस्चार्ज हुनेको संख्या १५५

Published

on

विराटचोकः आज नारायणी अस्पतालबाट थप ४३ जना निको भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणपछि उपचार भई निको हुनेको संख्या १ सय ५५ जना पुगेको छ ।

डिस्चार्ज हुनेहरु ७ देखि ५३ वर्ष उमेरसमूहका रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ जना महिलासहित ४३ जना कोरोना संक्रमित भएका हुन् ।

उनीहरु ११ औं देखि १६ औं दिनमा डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक