कोशी प्रदेश
गोठगाउँमा साँच्चै अस्पताल बनाउने हो कि हल्ला मात्रै गर्ने
विराटचोकः अघिल्लो साता बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश नम्बर १ का केही अस्पतालमा बेड थप्ने निर्णय गर्याे । जसमा पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा पनि २ सय बेड थप्ने निर्णय भयो । कोरोनाका संक्रमित थपिइरहेको बेला उपचारमा सहज होस् भनी मन्त्रिपरिषद्ले विभिन्न अस्पतालमा ८ सय ५० बेड थप्ने क्रममा पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा पनि २ सय बेड थप्ने निर्णय गरेको थियो ।
यो निर्णयसँगै सुन्दरहरैंचावासी मात्रै नभएर पूर्वाञ्चल विश्वविद्यालयको हित चाहनेहरु खुशी भए । गोठगाउँमा ८ सय बिघाभन्दा बढी जग्गा भए पनि पूर्वाञ्चल विश्वविद्यालयको प्रशासनिक काम भने विराटनगरमा रहेका भाडाका घरका साँघुरा कोठाबाट सञ्चालन भइरहेको छ । गोठगाउँमा शिक्षण अस्पताल सञ्चालन हुन पनि थप भएका ती बेडले सहयोग पुग्ने हुनाले विश्वविद्यालयको हित चाहने र गोठगाउँमा शिक्षण अस्पताल स्थापना भएको हेर्न चाहने खुशी हुनु स्वाभाविक हो ।
यस्तो छ विश्वविद्यालयको इतिहास
२०५२ सालमा स्थापना भएको विश्वविद्यालयको लागि आवश्यक पर्ने जग्गाको लागि गोठगाउँमा ८ सय ५ बिघा जग्गा उपलब्ध गराउने निर्णय २०५५ सालमा भयो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रिमण्डलले सो निर्णय गरेको थियो ।
सो निर्णयपछि ४० करोडको लगानीमा विश्वविद्यालयको जग्गामा गोठगाउँमा भवन बन्न थाले । माओवादी जनयुद्धको प्रभावका कारण ती भवन समयमै निर्माण पूरा हुन सकेनन् । देश शान्ति प्रक्रियामा आइसकेपछि २०६५ सालमा मात्रै ती भवन पूर्ण रुपमा निर्माण भए ।
अस्पतालमा उपचार सेवा शुरु भएपछि स्थानीय खुशी भएका थिए । तर शिक्षण अस्पताल भनिएको र विश्वविद्यालयद्वारा सञ्चालित सो अस्पताल क्लिनिकजस्तै साँघुरो देखिन्छ । त्यस्तै, स्वास्थ्यकर्मीको अनियमितताका कारण सेवाग्राही पनि मारमा पर्ने गरेका छन् । स्वास्थ्यकर्मी नियमित नआउने, लामो समयसम्म नबस्ने समस्याका कारण स्थानीयहरुलाई विश्वविद्यालय सञ्चालन ‘कागलाई बेल पाके’जस्तै भएको हो ।
२०७० सालमा प्रमिला थापा क्याम्पस प्रमुख भएर आएपछि विश्वविद्यालयमा नर्सिङ अध्ययन शुरु भएको छ । त्यसपछि कृषि लगायतका अन्य संकायमा पढाइ हुन थाले पनि अस्पतालको अवस्थामा भने खासै सुधार आउन सकेको छैन ।
क्वारेन्टाइनपछि अस्पतालको चर्चा
विश्वविद्यालय क्षेत्रमा अहिले क्वारेन्टाइन पनि सञ्चालन भइरहेको छ । नेपाली सेनाले सञ्चालन गरेको मोरङको टाँडीमा रहेको क्वारेन्टाइन गत बैशाखदेखि यहाँ सारिएको हो । नगरपालिकाको समन्वयमा हेल्प डेस्क राखेर आरडीटी र पीसीआर परीक्षणको काम पनि त्यहाँ भइरहेको छ । तर पर्याप्त स्वास्थ्य सामग्री र जनशक्ति नहुँदा सामान्य ज्वरो आउँदा पनि सेवाग्राहीले सेवा लिन भने पाएका हुँदैनन् ।
अब अहिले अस्पताल बनाउने भनेर प्रदेश सरकार नै लागिरहेको छ । तर यसअघि स्वास्थ्य क्षेत्रमा भएका काम स्मरणीय नदेखिएकाले अस्पताल बनाउने भन्ने हल्लामात्रै हो कि भन्ने आशंका पनि स्थानीयमा छ ।
विश्वविद्यालयमा आइसोलेन बनाउन मिल्ने संरचना पनि छ, इमर्जेन्सी पनि तयार छ, खुला चौर पनि प्रशस्त छ । तर पनि अस्पताल सञ्चालनमा भने स्थानीय त्यति विश्वस्त हुन भने सकेका छैनन् । अस्पतालमा बेड थप्ने कुरा झारा टार्न मात्रै हो कि भन्ने शंका स्थानीयमा रहेको हो । यसलाई व्यवस्थित गर्ने विषयमा भने सबै लाग्नुपर्ने देखिन्छ ।
Facebook Comment
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login