अर्थ
बजेटको आकार घट्यो, आगामी आर्थिक वर्षका लागि १४ खर्ब, ७४ अर्ब ६४ करोड रुपैयाँ विनियोजन
विराटचोकः सरकारले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षमा बजेटको आकार घटाएको छ । आर्थिक वर्ष ०७७\७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरिएको हो ।
अर्थमन्त्री युवराज खतिवडाले आज बिहीबार संघीय संसदको संयुक्त बैठकमा सो बजेट सार्वजनिक गरेका हुन् । चालु वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याइएको थियो ।
आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४ दशमलव ४ प्रतिशत र पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३ दशमलव ९ प्रतिशत बजेट विनियोजन गरेको छ । त्यसैगरी वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात् ११ दशमलव ७ प्रतिशत छ ।
त्यस्तै, खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड तथा वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाइने बजेटमा उल्लेख छ । आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब स्रोत व्यवस्थापन गरिने भएको छ ।
Banner
इजरायल र हमासबीच गाजामा युद्ध शुरु भएको दुईसय दिन नाघ्यो, पछिल्लो समय आक्रमण तीव्र
गाजामा इजरायल र प्यालेस्टाइनबीच युद्ध शुरु भएको दुई सय दिनभन्दा बढी भइसकेको छ । पछिल्लो हप्ताहरूमा, इजरायलले यस युद्धको अवधिमा गाजामा सबैभन्दा ठूलो आक्रमण गरेको बीबीसीले जनाएको छ । गाजाको उत्तरी क्षेत्रमा धेरैजसो बम विष्फोट भएको छ । इजरायली सेनाका प्रवक्ताका अनुसार दक्षिणी गाजामा सैन्य पर्यवेक्षण चौकी र मिसाइल प्रक्षेपण पोष्टहरू सहित २५ वटा क्षेत्रलाई निशाना बनाइएको छ ।
यसैबीच पछिल्लो समय इजरायलमा आक्रमण तीव्र पारेको लेबनानी सङ्गठन हिजबुल्लाहले आफ्ना दुई सदस्यको मृत्यु भएको जानकारी दिएको छ । कतारले हमास र इजरायलबीच युद्धविरामका लागि प्रयास गरिरहेको छ । कतारमा हमासको राजनीतिक कार्यालय पनि छ ।
Banner
७२ सालको भूकम्पको स्मृतिमा बारपाकमा आज सार्वजनिक बिदा
गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ ।
२०७२ वैशाख १२ गते गएको ७.८ रेक्टरस्केलको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । मंगलबार बसेको गाउँकार्यपालिको बैठकको निर्णयअनुसार पालिकाभित्र सार्वजनिक बिदा दिइएको उनले बताए ।
त्यसमध्ये बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पले गोरखासहित १४ जिल्ला अतिप्रभावित र ३१ जिल्लामा क्षति पुर्याएको थियो ।
Banner
कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा
नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको द्विपक्षीय भेटवार्तामा कतारका अमिर थानीले नेपालको प्रशंसा गर्दै आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका थिए । साथै उनले नेपालका श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
‘नेपालको तर्फबाट नेपालमा लगानीका लागि अनुकुल परिस्थिति बन्दै गएको छ र त्यो सामर्थ्य कतारसँग भएकाले आमन्त्रण गर्न चाहन्छौं,’ उनले भने ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: आर्थिक वर्ष ०७७०७८ को लागि विनियोजित बजेटका महत्वपूर्ण बुँदाहरु - निष्पक्षखबर