Connect with us
Advertisement

आज ४५ जना डिस्चार्ज, कोरोना संक्रमणपछि निको हुनेको संख्या २६६

Published

on

विराटचोकः कोरोनाको उपचार गराइरहेकामध्ये आज ४५ जना निको भएसँगै कोरोनाको सफल उपचार भई निको हुनेको संख्या २ सय ६६ जना पुगेको छ ।

आज रुपन्देहीको भीम अस्पतालबाट २५ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना निको भएर घर फर्किएका हुन् । काठमाडौं र गुल्मीबाट १÷१ जना संक्रमित निको भएका छन् ।

भीम अस्पतालबाट डिस्चार्ज हुनेमा १६ जना रुपन्देहीका र ९ जना कपिलवस्तुका रहेका छन् । उनीहरु ११ देखि २१ औं दिनमा डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, धरानबाट डिस्चार्ज हुनेमा १७ जना झापाका र एक जना सुनसरीका रहेका छन् । उनीहरु १२ देखि १४ औं दिनमा डिस्चार्ज भएका हुन् ।

त्रिवि शिक्षण अस्पतालबाट एक बालिका र गुल्मी अस्पतालबाट एक युवक डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको भएर डिस्चार्ज हुने २ सय १२ जना पुरुष र ५४ जना महिला रहेका छन् ।

धरानमा उपचाररत् १८ जना कोरोना संक्रमित डिस्चार्ज

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

शिक्षक अन्दोलनको आठाैँ दिन : माइतीघर–नयाँबानेश्वर सडक ठप्प (तस्वीरहरू)

Published

on

चैत २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आज आठाैँ दिन पनि जारी छ । माग पूरा नभएसम्म जिल्ला  नफर्किने चेतावनी उनीहरूको छ ।

शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारले वार्तामा आउन गरेको आह्वान उनीहरूले अस्वीकार गरेका छन् ।

पहिला पुराना सहमति पालना हुनुपर्ने शिक्षकहरूको अडान छ ।

तस्वीरहरू : 

tracher's-Protest25-1744188095.jpeg

tracher's-Protest24-1744188092.jpeg

tracher's-Protest21-1744188088.jpeg

tracher's-Protest22-1744188089.jpeg

 

tracher's-Protest20-1744188086.jpeg

tracher's-Protest19-1744188085.jpeg

tracher's-Protest18-1744188082.jpeg

tracher's-Protest17-1744188082.jpeg

tracher's-Protest16-1744188079.jpeg

tracher's-Protest15-1744188078.jpeg

tracher's-Protest14-1744188076.jpeg

tracher's-Protest13-1744188075.jpeg

tracher's-Protest12-1744188073.jpeg

tracher's-Protest11-1744188071.jpeg

tracher's-Protest10-1744188068.jpeg

tracher's-Protest9-1744188067.jpeg

tracher's-Protest8-1744188065.jpeg

tracher's-Protest7-1744188064.jpeg

tracher's-Protest6-1744188061.jpeg

tracher's-Protest5-1744188060.jpeg

tracher's-Protest4-1744188058.jpeg

tracher's-Protest3-1744188057.jpeg

tracher's-Protest2-1744188054.jpeg

 

Continue Reading

Banner

रवि पक्राउ : प्रहरी ज्यादती भएको भन्दै रास्वपाले बुझायो आयोगलाई ज्ञापनपत्र

Published

on

काठमाडौँ ।  सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरी ज्यादती र मानव अधिकार हनन् भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे छ । आज प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत रास्वपा नेताहरूले आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी दिँदै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा रवि पक्राउमा पीडितको मानवअधिकार उल्लङ्घन भएको भन्दै जिउज्यान तथा मानवअधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न माग गरिएको छ । मुद्दाको न्यायिक प्रक्रियाको विवरण र उक्त दिनको घटनाको विवरण समेटिएको छ । न्यायिक प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा रविलाई पक्राउ गरिएको दाबी निवेदनमा गरिएको छ । शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।  उच्चको आदेश जिल्ला नपुग्दै प्रहरीले सोही राति काठमाडौँ बुढानीलकण्ठबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । लामिछानेलाई एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो ।

Continue Reading

Banner

सुनको भाउ फेरि उकालो, बढ्यो १ हजार

Published

on

२७ चैत, काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ४ सय घटेको सुन आज १ हजार बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ७४ हजार ४ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८३० मा कारोबार भएको चाँदी आज १८३५ रुपैयाँ कायम भएको छ ।
Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक