विश्व
चीनमा भन्दा पाकिस्तानमा बढी कोरोना संक्रमित
विराटचोकः कोरोना भाइरसको संक्रमण शुरु भएको राष्ट्र चीनमा भन्दा पाकिस्तानमा संक्रमितको संख्या बढी पुगेको छ ।
वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार नेपाली समयअनुसार आज दिउँसो १२ बजेसम्ममा पाकिस्तानमा ४ हजार ८ सय १ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्याको आधारमा पाकिस्तान चीनभन्दा अघि पुगेको हो ।
पाकिस्तानमा ८५ हजार २ सय ६४ जना संक्रमित पुगेका छन् । चीनमा ८३ हजार २२ जना संक्रमित छन् । मृतकको संख्या भने चीनमा धेरै छ । चीनमा ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । पाकिस्तानमा आज थप भएका ८२ जनासहित १ हजार ७ सय ७० जनाको ज्यान गएको छ ।
चीनमा ७८ हजार ३ सय १९ जना संक्रमित निको भएका छन् भने पाकिस्तानमा ३० हजार १ सय २८ जना निको भएका छन् । चीनमा ६९ जनाको उपचार भइरहेको छ । तीमध्ये ३ जनाको अवस्था गम्भीर छ । पाकिस्तानमा ५३ हजार ३ सय ६६ जनाको उपचार भइरहेको छ । तीमध्ये १ सय ११ जनाको अवस्था गम्भीर छ ।
बढी संक्रमित हुने देशमध्ये विश्वमा पाकिस्तान १७ औं र चीन १८ औं स्थानमा रहेका छन् ।
पेरुमा पनि चीनमा भन्दा बढी संक्रमित
Banner
शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने प्रविधिले बिरामीलाई सहजता, के हो ए. एस. डी. क्लोजर प्रविधि ?
मोरङ । लेटाङका एक जना २३ वर्षका युवकको मुटुको प्वाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ निवासी अमिस मगरको विना शल्यक्रिया नोबेलका मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर प्रविधिबाट मुटुको जन्म जात प्वाल टालेको हो ।
Banner
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ ।
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ । यदि यसले व्यवसायिक रुप पाएमा गाडी धनीहरुलाई पेट्रोल/डिजल र हाइड्रोजन दुवै प्रकारको ऊर्जा प्रयोग गर्न मिल्ने विकल्प हुने छ ।
पेट्रोल–डिजल प्रयोग गरेर तपाईंले चलाइरहेको गाडी हाइड्रोजनबाट पनि चल्ने होस् भन्ने चाहनु भएको छ ? यदि छ भने तपाईंका लागि खुसीको खबर छ । नेपालमा डिजल–पेट्रोलबाट चल्ने गाडीमै हाइड्रोजन पनि प्रयोग गर्न मिल्ने गरी इन्जिनको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
हाइब्रिड खालको इन्जिन विकासका लागि रिन्यु जेन रिसोर्सेस नेपालले बेलायतको एक विश्वविद्यालय र नेपालको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम गरिरहेको छ । सो समझदारी अनुसार पेट्रोल–डिजलबाट चलिरहेको गाडीको इन्जिनलाई सामान्य परिमार्जन गरी हाइड्रोजनबाट पनि चलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
Banner
सार्वजनिक ठाउँमा चल्ने निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार नगर्नुहोला।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: बंगलादेशमा पनि चीनमा भन्दा बढी कोरोना संक्रमित - निष्पक्षखबर