शिक्षा / स्वास्थ्य
स्वीडेनमा कोरोना जितेका अधिकारी दम्पत्ति भन्छन्ः घरै बसेर निको भयौँ (कोरोना जित्नेको अनुभवः १)
विराटचोकः सुनसरीको धरानमा घर भएका नाट्यकर्मी सुवास अधिकारी बुबाको मृत्युपछि नेपाल आएका थिए । नेपाल आएको समयमा आफन्तसँग भेटघाट गर्ने क्रममा कर्मथलो स्वीडेन फर्कन नपाउँदै नेपालमा लकडाउन शुरु भयो ।
१ महिनाभन्दा बढी समय उनी दिदीको घरमा झापामा बसे । त्यसै बेला नेपालमा रहेका आफ्ना नागरिक स्वदेश फिर्ता लैजान स्वीडेन सरकारले जहाज ल्यायो । सो जहाजमा स्वीडेन फर्किन पाउने व्यक्तिमा उनको पनि नाम भएकाले लकडाउनकै बीचमा उनी काठमाडौं गए । त्यसपछि १ महिना अगाडि अर्थात् मे महिनाका पहिलो साता उनी स्वीडेन फर्किए ।
उनी स्वीडेन पुग्दा श्रीमती सोमा थापालाई कोरोना संक्रमण भइसकेको रहेछ । सुवासलाई पनि संक्रमणका लक्षण देखिन थाल्यो । त्यसपछि उनी पनि पत्नी सोमाझैँ सेल्फ आइसोलेसनमा बसे । सेल्फ आइसोलेसनमै बसेर दुवै जनाले रोगलाई जिते ।
‘कोरोना लाग्दैमा डराउनु नपर्ने रहेछ’, सामाजिक सञ्जालमा भएको कुराकानीमा उनले भने, ‘सामान्य तवरले नै घरमै बसेर कोरोना जित्यौँ । केही दिन लक्षण देखिए पनि अरु दिन भने सामान्य अवस्थाको जस्तै नै भयो ।’

पहिले नै संक्रमित भएकी सोमा निको भएको १५ दिनपछि सुवास पनि कोरोना संक्रमणलाई परास्त गर्न सफल भए । उनका अनुसार जटिल अवस्था भएका व्यक्तिलाई मात्रै स्वीडेनले अस्पताल भर्ना गर्छ । सामान्य लक्षण देखिएकालाई घरमै आइसोलेसनमा बस्न अनुरोध गर्छ ।
स्वीडेन सरकारको नियम मान्दै उनी पनि घरमै बस्ने, सरसफाइमा ध्यान दिने गर्न थाले । कोरोनालाई जितेपछि उनले अनुभव गरे कोरोना लाग्दैमा कसैको ज्यान जाँदैन । अन्य रोग भएका व्यक्तिलाई कोरोना संक्रमण भयो भने अवस्था असामान्य बन्न सक्छ ।
दम्पत्ति नै कोरोना संक्रमित भए पनि छोराछोरीमा भने संक्रमण देखिएन । ‘केटाकेटीलाई हत्तपत्त भेट्दैन भनेर डाक्टरले भनेको थियो,’ उनले भने, ‘त्यस्तै भयो । छोराछोरीलाई चाहिँ कोरोनाले भेटेन ।’ डाक्टरले फोनमा खानेकुरा बार्नुपर्दैन भनेका हुनाले दुवै जनाले खानेकुरा बारेनन् पनि ।
खोकी, ज्वरो, जाडो हुने, जीउ काम्ने आदि लक्षण देखिए
सोमाका अनुसार उनलाई खोकी लाग्ने, जाडो हुने, काम्ने, ज्वरो आउने आदि लक्षण देखिए ।
सुवासलाई पनि टाउको दुख्ने, जीउ दुख्ने आदि समस्या देखिए । तर यस्तो समस्या ४\५ दिन मात्रै देखियो । फेरि संक्रमणको लक्षण भने देखिएको छैन । १ पटक संक्रमण देखा परेपछि संक्रमण दोहोरिएमा अर्काे पटक त्यति धेरै समस्या नहुने डाक्टरले बताएका छन् । रोग प्रतिरोधी क्षमता थप बढ्छ भनी डाक्टरले भनेका छन् ।
को हुन् अधिकारी दम्पत्ति
नेपालमा सुनसरीको धरानमा घर भएका अधिकारी दम्पत्ति नाट्यकर्मी हुन् । धरानमा हुँदा सुवासले सृष्टि नाट्य समूह सञ्चालन गरेका थिए । १२ वर्ष अघि उनी स्वीडेन गए । त्यसको २ वर्षपछि सोमा पनि स्वीडेन गइन् । स्वीडेनमा सुवास पहिले व्यावसायिक नाट्य समूहमा काम गर्थे । अहिले पेशागत नाट्य नेपाल मण्डप अर्थात् नेपाली कल्चरल एसोसिएसन अफ स्वीडेन संस्था दर्ता गरी काम गरिरहेका छन् ।
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













Pingback: कतारमा कोरोना जितेका कटुवाल भन्छन्, ‘मनोबल दह्रो बनाउनुपर्छ’ (कोरोना जित्नेको अनुभव २) - निष्पक्