शिक्षा / स्वास्थ्य
स्वीडेनमा कोरोना जितेका अधिकारी दम्पत्ति भन्छन्ः घरै बसेर निको भयौँ (कोरोना जित्नेको अनुभवः १)
विराटचोकः सुनसरीको धरानमा घर भएका नाट्यकर्मी सुवास अधिकारी बुबाको मृत्युपछि नेपाल आएका थिए । नेपाल आएको समयमा आफन्तसँग भेटघाट गर्ने क्रममा कर्मथलो स्वीडेन फर्कन नपाउँदै नेपालमा लकडाउन शुरु भयो ।
१ महिनाभन्दा बढी समय उनी दिदीको घरमा झापामा बसे । त्यसै बेला नेपालमा रहेका आफ्ना नागरिक स्वदेश फिर्ता लैजान स्वीडेन सरकारले जहाज ल्यायो । सो जहाजमा स्वीडेन फर्किन पाउने व्यक्तिमा उनको पनि नाम भएकाले लकडाउनकै बीचमा उनी काठमाडौं गए । त्यसपछि १ महिना अगाडि अर्थात् मे महिनाका पहिलो साता उनी स्वीडेन फर्किए ।
उनी स्वीडेन पुग्दा श्रीमती सोमा थापालाई कोरोना संक्रमण भइसकेको रहेछ । सुवासलाई पनि संक्रमणका लक्षण देखिन थाल्यो । त्यसपछि उनी पनि पत्नी सोमाझैँ सेल्फ आइसोलेसनमा बसे । सेल्फ आइसोलेसनमै बसेर दुवै जनाले रोगलाई जिते ।
‘कोरोना लाग्दैमा डराउनु नपर्ने रहेछ’, सामाजिक सञ्जालमा भएको कुराकानीमा उनले भने, ‘सामान्य तवरले नै घरमै बसेर कोरोना जित्यौँ । केही दिन लक्षण देखिए पनि अरु दिन भने सामान्य अवस्थाको जस्तै नै भयो ।’

पहिले नै संक्रमित भएकी सोमा निको भएको १५ दिनपछि सुवास पनि कोरोना संक्रमणलाई परास्त गर्न सफल भए । उनका अनुसार जटिल अवस्था भएका व्यक्तिलाई मात्रै स्वीडेनले अस्पताल भर्ना गर्छ । सामान्य लक्षण देखिएकालाई घरमै आइसोलेसनमा बस्न अनुरोध गर्छ ।
स्वीडेन सरकारको नियम मान्दै उनी पनि घरमै बस्ने, सरसफाइमा ध्यान दिने गर्न थाले । कोरोनालाई जितेपछि उनले अनुभव गरे कोरोना लाग्दैमा कसैको ज्यान जाँदैन । अन्य रोग भएका व्यक्तिलाई कोरोना संक्रमण भयो भने अवस्था असामान्य बन्न सक्छ ।
दम्पत्ति नै कोरोना संक्रमित भए पनि छोराछोरीमा भने संक्रमण देखिएन । ‘केटाकेटीलाई हत्तपत्त भेट्दैन भनेर डाक्टरले भनेको थियो,’ उनले भने, ‘त्यस्तै भयो । छोराछोरीलाई चाहिँ कोरोनाले भेटेन ।’ डाक्टरले फोनमा खानेकुरा बार्नुपर्दैन भनेका हुनाले दुवै जनाले खानेकुरा बारेनन् पनि ।
खोकी, ज्वरो, जाडो हुने, जीउ काम्ने आदि लक्षण देखिए
सोमाका अनुसार उनलाई खोकी लाग्ने, जाडो हुने, काम्ने, ज्वरो आउने आदि लक्षण देखिए ।
सुवासलाई पनि टाउको दुख्ने, जीउ दुख्ने आदि समस्या देखिए । तर यस्तो समस्या ४\५ दिन मात्रै देखियो । फेरि संक्रमणको लक्षण भने देखिएको छैन । १ पटक संक्रमण देखा परेपछि संक्रमण दोहोरिएमा अर्काे पटक त्यति धेरै समस्या नहुने डाक्टरले बताएका छन् । रोग प्रतिरोधी क्षमता थप बढ्छ भनी डाक्टरले भनेका छन् ।
को हुन् अधिकारी दम्पत्ति
नेपालमा सुनसरीको धरानमा घर भएका अधिकारी दम्पत्ति नाट्यकर्मी हुन् । धरानमा हुँदा सुवासले सृष्टि नाट्य समूह सञ्चालन गरेका थिए । १२ वर्ष अघि उनी स्वीडेन गए । त्यसको २ वर्षपछि सोमा पनि स्वीडेन गइन् । स्वीडेनमा सुवास पहिले व्यावसायिक नाट्य समूहमा काम गर्थे । अहिले पेशागत नाट्य नेपाल मण्डप अर्थात् नेपाली कल्चरल एसोसिएसन अफ स्वीडेन संस्था दर्ता गरी काम गरिरहेका छन् ।
Banner
मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
Banner
रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।
भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।
त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
Banner
जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा
जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।
गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।
पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।
‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’
ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।
नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।
हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।
सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















Pingback: कतारमा कोरोना जितेका कटुवाल भन्छन्, ‘मनोबल दह्रो बनाउनुपर्छ’ (कोरोना जित्नेको अनुभव २) - निष्पक्