Connect with us
Advertisement

पूर्वका जीवन विकास, सल्भ नेपाल र गरिबी न्यूनीकरण लघुवित्त आपसमा गाभिँदै

Published

on

विराटचोकः पूर्वका ३ ओटा लघुवित्त वित्तीय संस्था लकडाउनकै समयमा एकापसमा गाभिने भएका छन् । ती संस्थाले भिडियो कन्फरेन्समार्फत् छलफल गरी जेठ २६ गते अन्तिम सम्झौता गर्ने तयारी गरेका छन् ।

विराटनगरको जीवन विकास लघुवित्त, धनकुटाको सल्भ लघुवित्त र सप्तरीको गरिबी न्यूनीकरण लघुवित्त आपसमा गाभिन लागेका हुन् ।

यी कम्पनीहरुले मर्जर तथा एक्वीजिसन सम्बन्धी प्रस्ताव पारित गर्न भोलि जेठ २५ गते साधारणसभा आह्वान गरेका छन् । सो साधारणसभाले उक्त प्रस्ताव पारित गरेपश्चात २६ गते नै अन्तिम सहमति गरी चालु आर्थिक वर्षभित्रै कारोबार सञ्चालन गर्ने तयारीमा रहेको बताइएको छ ।

हाल जीवन विकास लघुवित्तको चुक्ता पूँजी १४ करोड, सल्भ लघुवित्तको करिब ४ करोड रुपैयाँ र न्यूनीकरण लघुवित्तको पूँजी करिब साढे १ करोड रुपैयाँ रहेको छ । लघुवित्तको नाम जीवन विकास लघुवित्त रहने र केन्द्रीय कार्यलय हाल जीवन विकास लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थान कटहरी मोरङमा रहने भएको छ ।

मर्जरपश्चात करिब ८ सय कर्मचारी हुनुका साथै प्रदेश कार्यालय २ ओटा, जिल्ला कार्यालय १५ ओटा, शाखा कार्यालय १ सय ११ ओटा, उपशाखा कार्यालय ३ ओटा र सम्पर्क कार्यालय एउटा हुने भएका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक

Published

on

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर परेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सुनको मूल्य अझै बढ्ने बढ्ने क्रममा रहेको छ ।  महासंघका अनुसार मंगलबार कायम भएको मूल्य हालसम्मकै उच्च हो । यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

Continue Reading

Banner

सुनको मूल्यमा १ लाख ९१ हजार रुपैयाँको नयाँ कीर्तिमान

Published

on

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।

यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । त्यसयता सुनको मूल्य सामान्य घटबढ भएकामा सोमबारसम्म आइपुग्दा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

आइतबार भने सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । आइतबारकै तुलनामा सोमबार सुनको मूल्य तोलामा १२०० रुपैयाँ बढेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको हो।

Continue Reading

Banner

महाप्रसाद अधिकारीको हस्ताक्षरमा ५ को नयाँ नोट बजारमा

Published

on

राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहने गरी साविककै आकार तथा रङमा ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका ५ लाख ६० हजार थान नोट आज मंगलबारदेखि चलनचल्तीमा ल्याएको छ ।

राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहने गरी साविककै आकार तथा रङमा ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको जानकारी दिएको हो ।

आजदेखि चलनचल्तीमा ल्याइएको नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप रहने सूचनामा उल्लेख छ ।

यस्तै निवर्तमान गभर्नर अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा विसं २०८१ लेखिएको हुनेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक