Connect with us
Advertisement

नेपालको जनसंख्या ३ करोड ६ सय

Published

on

काठमाडौंः आज नेपालको जनसंख्या ३ करोड ६ सय ३४ जना पुगेको छ । केन्द्रीय तथ्यांक विभागको घडीमा आज शुक्रबार मध्याह्न्न नेपालको जनसंख्या ३ करोड ६ सय ३४ जना पुगेको हो ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या हो । यो घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको हो । घडीले जन्मदर, मृत्युदर र बसाइँसराइँ दरको आधारमा जनसंख्या देखाउने उनले बताए ।

२०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ५४ हजार ५ सय ४ जना थियो । दैनिक जनसंख्या वृद्धि १ हजारदेखि १ हजार १ सय रहेको विभागले जानकारी दिएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

वराहक्षेत्र नगरपालिकाको स्थापना दिवसमा रक्तदान, १३९ पिन्ट रगत सङ्कलन

Published

on

पालिकाको दशौं स्थापना दिवसको अवसरमा सुनसरीको वराहक्षेत्र नगरपालिकाले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

चक्रघट्टीस्थित नगरपालिकाको कार्यालय परिसरमा भएको रक्तदानमा १३९ पिन्ट रगत सङ्कलन भएको नगरपालिकाले जनाएको छ ।

हिजो बिहान नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राविधिक सहयोग तथा समन्वयमा रक्तदान कार्यक्रम आयोजना भएको नगर प्रमुख रमेश कार्कीले बताउनुभयो ।

Continue Reading

Banner

आज पनि पानी पर्ने सम्भावना

Published

on

काठमाण्डौ उपत्यकासहित देशका मध्य र पूर्वी भेगमा हिजो बेलुकी र राति हावाहुरीसहित पानी परेको छ । चितवन, गोरखा र उदयपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै गोरखा, लमजुङ, इलाम, झापा, सिन्धुपाल्चोक र नुवाकोटमा पनि मध्यम वर्षा भएको छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले बदली र वर्षा भएको हो ।

आज पनि कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै ठाउँ, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

Continue Reading

Banner

झापामा रुखले किचेर किशोरीको मृत्यु

Published

on

गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेका बेला उनलाई रुखले किचेको हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक