लुम्बिनी प्रदेश
अचेत अवस्थामा दाङमा भेटिएर मृत्यु भएकी महिलामा कोरोना पुष्टि, सनाखत हुन बाँकी
विराटचोकः प्रहरीले अचेत अवस्थामा फेला पारी अस्पताल लगेकी १ जना महिलाको दाङमा मृत्यु भएको छ । प्रहरीले अचेत अवस्थामा फेला पारी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याए पनि डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।
उनको कोरोना भाइरस संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको सनाखत हुन नसकेकाले परिवारसँग सम्पर्क स्थापित गर्ने कोशिस भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ जना पुगेको छ । सबैभन्दा धेरै प्रदेश नम्बर ५ मा ९ जनाको ज्यान गएको छ । प्रदेश नम्बर १ बाहेक सबै प्रदेशमा कोरोना संक्रमितको मृत्यु भएको छ ।
Facebook Comment
Banner
७२ सालको भूकम्पको स्मृतिमा बारपाकमा आज सार्वजनिक बिदा
गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ ।
२०७२ वैशाख १२ गते गएको ७.८ रेक्टरस्केलको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । मंगलबार बसेको गाउँकार्यपालिको बैठकको निर्णयअनुसार पालिकाभित्र सार्वजनिक बिदा दिइएको उनले बताए ।
त्यसमध्ये बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पले गोरखासहित १४ जिल्ला अतिप्रभावित र ३१ जिल्लामा क्षति पुर्याएको थियो ।
Banner
कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा
नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको द्विपक्षीय भेटवार्तामा कतारका अमिर थानीले नेपालको प्रशंसा गर्दै आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका थिए । साथै उनले नेपालका श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
‘नेपालको तर्फबाट नेपालमा लगानीका लागि अनुकुल परिस्थिति बन्दै गएको छ र त्यो सामर्थ्य कतारसँग भएकाले आमन्त्रण गर्न चाहन्छौं,’ उनले भने ।
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको निःशुल्क मुटु परीक्षण अभियान
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login