शेयर
कारोबार रकम बढ्यो, कारोबार रकममा नेपाल बैंकको २५ प्रतिशत हिस्सा
विराटचोकः बैंकहरुको सकारात्मक रिपोर्टको प्रभाव बजारमा पर्दा कारोबार रकम बढे पनि नेप्से सूचक भने ओरालो लागेको छ ।
नेपाल बैंक, नबिल बैंक र एनएमबी बैंकले राम्रो बोनस दिने घोषणा गरेका छन् । बोनस दिइसकेको एनआईसी एशियाको पहिलो त्रैमासिकको रिपोर्टका कारण पनि सो कम्पनीको शेयर किन्न लगानीकर्ता लागेका छन् ।
नेप्से सूचक सोमबार ० दशमलव २४ अङ्कले घटेर १ हजार १ सय ३१ दशमलव १२ अङ्कमा आइपुगेको छ । १ सय ६० ओटा कम्पनीको ३५ करोड ६८ लाख ६१ ह्जार ८ सय ५७ रुपैयाँको शेयर सोमबार किनबेच भएको छ ।
११ लाख ८८ हजार ८ सय ४५ कित्ता सेयर किनबेच हुँदा कारोबार भएका १२ ओटा समूहमध्ये ८ ओटा समूहको सूचक बढेको छ ।
२५ प्रतिशत लाभांश घोषणा गरेको दिन नेपाल बैंकको सबैभन्दा धेरै ८ करोड ३९ लाख ६३ हजार ९९ रुपैयाँको शेयर किनबेच भएको छ । कारोबार रकमको दोस्रो स्थानमा एनएमबी बैंक परेको छ । सो बैंकको ३ करोड ६८ लाख ८१ हजार रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकको संस्थापक शेयर २ करोड ६४ लाख ९२ हजार रुपैयाँको किनबेच भएको छ ।
अघिल्लो दिन झैँ साल्ट ट्रेडिङ कर्पाेरेशन र घोडीघोडा लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । दुवै कम्पनीको १ सय ५० कित्ताका दरले शेयर किनबेच भएको छ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको शेयर ५ दशमलव १९ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा युनिभर्सल पावर कम्पनी परेको छ । यो कम्पनीको शेयरमूल्य ५ दशमलव ४१ प्रतिशतले घटेको छ । हिमालयन पावर पार्टनरको शेयरमूल्य ३ दशमलव ६० र पाँचथर पावरको शेयरमूल्य ३ दशमलव ५७ प्रतिशतले घटेको छ । सानिमा माइ हाइड्रोपावरको शेयरमूल्य ३ दशमलव १६ प्रतिशतले तल झरेको छ ।
Facebook Comment
Banner
यी हुन् सिटिजन लाइफ इन्स्योरेन्सका ठूला शेयरधनी, कान्तिपुर पब्लिकेसनको हिस्सा ७.४३ प्रतिशत
सिटिजन्स लाईफ ईन्स्योरेन्समा १ प्रतिशत बढी स्वामित्व भएका लगानीकर्ताहरुको संख्या २२ जना रहेको छ । यो व्यक्तिगत र संस्थागत लगानीकर्तासहितको विवरण हो ।
कम्पनीमा कान्तिपुर पब्लिकेसन र सुमित कुमार अग्रावलको समान ७.४३ प्रतिशत शेयर स्वामित्व रहेको छ । दुबैको शेयर संख्या समान १९ लाख ५० हजार रहेको छ । त्यसैगरी प्रदिपजंग पाण्डेको ५.२४ प्रतिशत रहेको छ । उनको १३ लाख ७५ हजार कित्ता शेयर रहेको छ ।
यस्तै, विक्रम जेबि राणा, सुष्मा राणा र यति वल्ड ईन्भेष्टमेन्टको समान ५.१४ प्रतिशत हिस्सा छ । कम्पनीमा एयर डाईनाष्टी हेली सर्भिसको ३.०६ प्रतिशत शेयर रहेको छ भने ज्योति प्रकाश पाण्डे, ललिता अग्रवाल र उर्मिला पाण्डेको समान २.२९ प्रतिशत शेयर रहेको छ । यसैगरी, राजेन्द्र प्रसाद श्रेष्ठको २ प्रतिशत , राम अग्रवालको १.८९ प्रतिशत, तथा गुडविल फाईनान्स र प्रिमियर वायर्सको समान १.७१ प्रतिशत स्वमित्व रहेको छ।
Banner
गरिमाले ५० लाखसम्मको एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा दिने
गरिमा विकास बैंक लिमिटेडले “आफ्नै घर – आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्य सहित रु ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने बैंकले जनाएको छ ।
बैंकजा अनुसार गरिमा सरल एसएमई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ % र आवधिक कर्जामा मात्र १ % प्रिमियमका साथ नयाँ उद्यमीहरुलाई लक्षित गरि यो योजना सार्वजनिक गरिएको हो । यो योजना अन्तर्गत व्यवसाय / उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहकहरुले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यलय, ५१ एटिएम र डिजिटल बैंकिङ्ग मार्फत करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेव प्रवाह गर्दै आईरहेको छ ।
Banner
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख कित्ता सेयर बिक्रीमा
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।
कम्पनीको संस्थापक समूहतर्फको ३ लाख कित्ता सेयर आज(माघ ३ गते) देखि बोलकबोलमार्फत बिक्रीमा राखिएको हो ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु,वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले आवेदन पेश गर्न सक्नेछन् ।
सेयर खरिदका लागि न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले माघ ११ गतेसम्म ओवदन दिनुपर्नेछ ।
लगानीकर्ताले थापाथलीमा रहेको एनआईसी एशिया क्यापिटलको कार्यालयमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login