मुख्य
शेयर बजार सूचक झर्याे यस वर्षकै न्यून बिन्दुमा

विराटचोकः शेयर बजार सूचक यस वर्षकै न्यून बिन्दुमा झरेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से १ हजार १ सय २० दशमलव ६० अङ्कमा झरेको हो । यसअघि गत भदौ ५ गते १ हजार १ सय २३ दशमलव ८३ अङ्कको तल्लो बिन्दुमा रहेको नेप्सेले सो रेकर्ड तोडेर चालु आर्थिक वर्षको तल्लो बिन्दुमा अडिएको हो ।
शेयर लगानीकर्ताले अर्थमन्त्री डा. युवराज खतिवडालाई रुचाएका छैनन् । मन्त्रिमण्डल पुनर्गठन हुँदा उनी यथावत् रहेपछि बजारले नकारात्मक प्रतिक्रिया दिएको विश्लेषक बताउँछन् । यद्यपि बियरिस ट्रेन्डमा रहेको बजारमा केही राम्रा कम्पनीको बाहेक प्रायः सबै राम्रा कम्पनीले लाभांश दिइसकेकाले बजार घट्नुलाई सामन्य रुपमा लिने लगानीकर्ता पनि छन् ।
बजार घटे पनि विगत केही दिनदेखि १० प्रतिशतका दरले शेयरमूल्य बढिरहेका साल्ट ट्रेडिङ र घोडीघोडा लघुवित्तको शेयरमूल्य बिहीबार पनि १० प्रतिशतले नै बढेको छ । नेपाल हाइड्रो डेभलपरको शेयरमूल्य पनि १० प्रतिशत नै बढेको छ ।
जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य ८ दशमलव २० लक्ष्मी लघुवित्तको शेयरमूल्य ५ दशमलव ५१ र मिथिला लघुवित्तको शेयरमूल्य ५ दशमलव २५ प्रतिशतले तल झरेको छ ।
बिहीबार १ सय ६७ कम्पनीको १० लाख ५० हजार ४ सय १२ कित्ता शेयर ५ हजार ६ सय ७२ पटक किनबेच भएका थिए । बिहीबार २९ करोड ७७ लाख ९७ हजार ७१ रुपैयाँको शेयर किनबेच भएको थियो । जुन अघिल्लो दिनको भन्दा ६० लाख रुपैयाँमात्रै कम हो । कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये व्यापार, सामुहिक लगानी कोष र अन्य उपसमूहको सूचक रहे भने उत्पादनमूलक समूहमा सबैभन्दा बढी गिरावट आयो ।
कारोबार रकमका आधारमा एनएमबी, नेपाल बैंक र एनआईसी एशिया बैंक अगाडि रहेका छन् । चौथो स्थानमा रहेको साल्ट ट्रेडिङले पनि १ करोडभन्दा बढीको कारोबार गरेको छ भने अन्य कम्पनीको कारोबार रकम ८७ लाख भन्दा तल छ ।
Banner
कांग्रेसले नयाँ नेतृत्व छान्न सोमबार बिहान ८ बजेदेखि मतदान सुरू गर्ने

नेपाली कांग्रेसले नयाँ नेतृत्व छान्न सोमबार बिहान ८ बजेदेखि मतदान सुरू गर्ने भएको छ। १४ औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि ५ जना मैदानमा छन्। गोरखाका युवराज न्यौपानेले सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिइसकेका छन्। न्यौपानेले शेखर कोइराला समूहलाई समर्थन गर्दै आज उम्मेदवारी फिर्ता लिएका हुन्। अब शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरूङबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।
कांग्रेसले भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लबमा मतदान स्थल तोकेको छ। कांग्रेसले कागजकै मतपत्र बनाएको छ भने मत खसाल्ने बाकसका रूपमा पानी ट्यांकीको प्रयोग गरिने भएको छ। कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि छन्। एक महाधिवेशन प्रतिनिधिले २९ मतपत्रमा मतदान गर्नुपर्ने भएकाले करिब एक घन्टासम्म मत खसाल्न समय लाग्नेछ। मत खसाल्ने ठाउँ २९ वटा छ। करिब १० घन्टामा मत खसालेर सक्ने अनुमान छ।
कांग्रेसले मतदान सकिएलगत्तै मतगणना गरिने बताएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलले सबैभन्दा पहिले सभापति पदका लागि मतगणना गरिने बताए।
‘
Banner
उद्योग वाणिज्य, जेसीज र लायन्सद्वारा शुभकामना आदानप्रदान

विराटचोकः मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेका सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, इन्द्रपुर जेसीज र लायन्स क्लब अफ इन्द्रपुरले शुभ दीपावली तथा छठ लगायतका पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नगरप्रमुख शिवप्रसाद ढकालले राजनीतिक पार्टीका अधिवेशन सकिएर चलयमान र सक्रियता बढ्न थालेकाले यसले समाज निर्माणमा टेवा पुग्ने बताए । यस क्षेत्रको राजनीति संस्कारयुक्त रहेको बताउँदै उनले फरक आस्था भए पनि विकास निर्माण, सामाजिक कार्य, विपद व्यवस्थापनमा राजनीतिक शक्ति एक हुनाले स्थानीय सरकार सञ्चालनमा सहयोग पुगेको बताए ।
आफ्नो कार्यकाल छोटिँदै गएकाले सोचेजति काम गर्न नसकिए पनि भए गरेका काम ईमानदारीका साथ हुने उनले बताए । बेमौसमी वर्षाका कारण आएको बाढीले धान खेतीसँगै विकास निर्माणमा ठूलो क्षति पुर्याएकाले यस विषयमा प्रारम्भिक चरणको क्षतिको विवरण लिइसकिएको र केही दिन पछि बस्ने कार्यपालिकाले सो विषयमा निर्णय गर्ने बताए ।
कार्यक्रममा बोल्दै मेयर ढकालले सुन्दरदुलारी उद्योग वाणिज्य संघ र कोशीहरुैंचा उद्योग वाणिज्य संघलाई समायोजन गरी एउटै वाणिज्य संघ बनाउन नवनिर्वाचित पार्टीहरुले भूमिका खेल्नुपर्ने बताउँदै आफूले पनि यस विषयमा घनीभूत तयारी गरिरहेको बताए । कोभिड १९ व्यवस्थापनमा वाणिज्य संघ, जेसीज र लायन्स क्लब लगायतका संस्थाले खेलेको भूमिका प्रति ढकालले प्रशंसा व्यक्त गरे ।
नेकपा एमाले सुन्दरहरैंचाका नवनिर्वाचित अध्यक्ष मातृकाप्रसाद ढकालले पार्टीले साझा धारणा बनाएर अघि बढ्ने बताए । एमालेले हातमा हात मिलाएर सुन्दरहरैंचाको सामाजिक, आर्थिक र विकास निर्माणको श्रीवृद्धिका लागि मिलेर जाने बताए ।
यस्तै, नेपाली काङ्ग्रेस सुन्दरहरैंचाका नगर सभापति भक्तिप्रसाद सिटौलाले जिल्लाकै ऐतिहासिक बजारमा कार्यक्रम आयोजना हुनु राम्रो पक्ष भएको बताउँदैै राजनीतिक दललाई एकै ठाउँमा राखेर भव्य कार्यक्रम हुनाले पछिल्लो समय बिग्रँदो राजनीतिलाई यसले एकताको सन्देश दिएको बताए ।
शुक्रबार वडा नम्बर १ हरैंचामा रहेको हात्तीसार खेलमैदानमा आयोजित कार्यक्रममा नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, नेकपा एमाले नगर अध्यक्ष मातृकाप्रसाद ढकाल, नेपाली कांग्रेस नगर सभापति भक्तिप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दुशान्त भट्टराई, एकीकृत समाजवादीका नगर अध्यक्ष महेश आचार्यसहित विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नगर सचिव दिलीप थापाले हरैचा ऐतिहासिक क्षेत्र भएकाले यस ठाउँलाई चिनाउन यस क्षेत्रको खोज अनुसन्धानमा लाग्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा आयोजक संस्था वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल, इन्द्रपुर जेसीजका अध्यक्ष कृष्णप्रसाद ओझा, लायन्स क्लबका अध्यक्ष रोहित शाह लगायत उपस्थित रहेका थिए ।
यसैबीच नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रम सुन्दरहरैंचा उद्योग वाणिज्य संघका महासचिव नारायण कार्कीले सञ्चालन गरेका थिए ।
अवर्गीकृत
सुन्दरहरैचामा बाढीले बगाउँदा दुई जना बेपत्ता

विराटचाेक: माेरङकाे सुन्दरहरैचा नगरपालिकामा मङ्गलबार आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुन्दरहरैचा ०७ घर भइ इटहरी बस्दै आएका ४४ वर्षिय जीवन पराजुली र सुन्दरहरैचा ०५ बस्ने ४० वर्षिय राजकुमार राई छन । पूर्वपश्चिम लोकमार्ग स्थित वडा नम्बर ४ दुलारी चौक देखी पश्चिम तर्फ रहेको कल्भट अत्याधिक वर्षासङ्गै आएकाे बाढीले कटान गरेकाले खाल्डो पर्दा सफारी चालक जीवन पराजुलीलाई बाढीले बगाएई बेपत्ता भएका इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख सराेज खनालले बताए ।
रातको समयमा पूर्वबाट पश्चिम तर्फ सफारी लिएर हिडिरहेका पराजुलीलाई कल्भटमा आएकाे बाढीले सफारी सहित बगाएकाे थियाे । यस्तै सुन्दरहरैचा ५ स्थित गोर्खाली टोल बस्ने राजकुमार राईलाई समेत खोलाले बगाएको छ । बुढीखोलामा आएको बाढीले राईलाई बगाएको प्रहरीले जनाएकाे छ । दुवै बेपत्ता भएका पुरुषको खोजी कार्य भईरहेको इलाका प्रहरी बेलबारीका प्रमुख सराेज खनालले जानकारी दिए ।
-
अर्थ3 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 weeks ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद3 years ago
रंगशालाको अवलोकन
-
अर्थ2 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य3 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
मुख्य3 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य3 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १2 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login