Connect with us
Advertisement

बिहीबारदेखि ४ दिन यस वर्षकै धेरै पानी पर्ने अनुमान गर्दै सतर्क रहन अनुरोध

Published

on

विराटचोकः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि बिहीबारदेखि २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गर्दै ती क्षेत्रका बासिन्दालाई बढी सतर्क रहन सूचनामार्फत् अनुरोध गरेको छ ।

प्राधिकरणका अनुसार पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना रहेको छ । कतिपय ठाउँमा पहिरो पनि जान सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्न सक्ने बताइएको छ ।

प्रदेश १ र २ मा बढी सतर्क रहनुपर्ने
‘खासगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउन सक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई सतर्क’ रहन विशेष आग्रह गर्दर्छौं’ सूचनामा भनिएको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका होचा ठाउँमा डुबानको खतरा रहेको बताइएको छ ।

ठूला नदी नालामा आउने बाढीबारे जानकारी दिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ तथा आपत्कालीन सेवाका लागि राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको टोल फ्रि नं. ११४९ मा फोन गरी जानकारी लिन प्राधिकरणले अनुरोध गरेको छ ।

Banner

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

Published

on

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदैछ ।

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

किरात समुदायका विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किरात राई यायोक्खाले गरेको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ ।

किरात समुदायमा पनि एकथरिले उभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उभौली वैशाख शुक्ल पूर्णिमा र उधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किरात राई समुदायको महत्त्वपूर्ण पर्वका रूपमा रहेको छ ।

Continue Reading

Banner

आज २०८३ साल वैशाख १६ गते बुधबारको राशिफल

Published

on

२०८३ साल वैशाख १६ गते बुधबार। वैशाख शुक्ल पक्षको त्रयोदशी तिथि । अन्तर्राष्ट्रिय नृत्य दिवस । तदनुसार सन् २०२६ अप्रिल २९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

मेष : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । खर्च कटौती गर्नुपर्ने समय छ । शिक्षामा गरेको लगानीबाट भविष्य बन्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृष : दिन राम्रो छ । सोचेको काम बन्नेछ । मन शान्त र खुशी रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मिथुन : स्वास्थ्यमा विशेष ख्याल गर्नु उचित हुनेछ । आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्ने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ । स्वास्थ्यमा ख्याल नगर्ने बानीले समस्या हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

कर्कट :दिन सामान्य छ । सानो कुराले मनमा तनाव बढ्नेछ । शिक्षाको क्षेत्रमा समय बिताउनु उचित हुनेछ । उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ। आज व्यापारमा फाइदा हुनेछ ।

सिंह : दिन सहज छ । आज धन आर्जन हुनेछ । शिक्षाको क्षेत्रमा अवसर प्राप्त हुनेछन् । लगानी गरेको भए फाइदा हुनेछ । परिवारको सल्लाह नलिइ अगाडि बढेमा व्यवहारमा समस्या हुनसक्नेछ । धार्मिक अभियन्तासँगको भेटले नयाँ योजना बन्नेछन् ।

कन्या : दिन राम्रो छ । नयाँ कामको थालनी हुनेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । शिक्षामा थोरै लगानी गरे पनि फाइदा हुनेछ । विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन् । परिवारको विवाद मिलाउन भने समस्या पर्नेछ ।

तुला :अनावश्यक विषयमा साथीले चासो राख्नेछन्। व्यापारमा शत्रु बढ्नेछन् । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको तर्फबाट भने साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दिन सहज छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको लगानी सफल बन्नेछ । विपक्षी साथीले तपाईंलाई साथ र सहयोग गर्ने भएकाले कामका लागि हिम्मत गर्नु उचित हुनेछ ।

धनु : दिन राम्रो छ । आज शुभकार्यमा सरिक हुँदा मनमा उत्साह बढ्नेछ । आफू पछाडि हटेर अरुलाई लगाएको काममा सफलता मिल्नेछ । उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ ।

मकर : दिन सहज छ । धन लाभ हुनेछ । दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ । राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ । व्यापारमा साथीकाे साथ मिल्नेछ ।

कुम्भ : साथीसँग जोगिएर काम गर्नुपर्ने समय छ । थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने समय छ । परिवारको साथ र सहयोगले दिन सहज बन्नेछ ।

मीन : महत्त्वपूर्ण काम बन्नेछन् । काम गर्दा सामूहिक रुपमा गर्नु उचित हुनेछ । शुभचिन्तकसँग गरेको निर्णय सफल बन्नेछ । सानो कुराले मनमा तनाव आए पनि धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ ।

Continue Reading

Banner

महिला टी-२० च्यालेन्ज कपमा रुवान्डामाथि नेपालको सानदार जित

Published

on

रुवान्डामा जारी आइसिसी महिला टी-२० च्यालेन्ज कपमा नेपाल घरेलु टोली रुवान्डामाथि सहज जित निकालेको छ ।

रुवान्डाको किगालीस्थित गहंगा क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा नेपालले रुवान्डालाई ३८ रनले हरायो । जितका लागि एक सय चार रनको लक्ष्य पछ्याएको रुवान्डा १७.४ ओभरमा सबै विकेटको क्षतिमा ६५ रनमा समेटिएको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो ।

डबल राउन्ड रोबिन लिगका आधारमा सञ्चालित पाँच टोली सहभागी प्रतियोगितामा नेपालले अब सातौँ खेल वैशाख १७ गते भानुआटुसँग र अन्तिम खेल १८ गते इटलीसँग खेल्ने छ ।

नेपालले यसअघिका पाँच खेलमा दुई जित र तीन हार खेपेको थियो । प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्ने छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक