Connect with us
Advertisement

सिन्धुपाल्चोकको बाह्रबिसेको जम्बु बजारमा बाढीले बगाउँदा २ जनाको मृत्यु, (तस्बिरसहित)

Published

on

तस्बिर सौजन्यः क्रान्ति दोङ, सिन्धुपाल्चोक

विराटचोकः सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीले जम्बु बजारमा १४ घर बगाउँदा २ जनाको मृत्यु भएको छ । जम्बु निवासी २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव स्थानीयले फेला पारेका छन् । सो बाढीमा परी कम्तीमा २२ जना मानिस बेपत्ता भएका छन् । २ जना घाइते भएका छन् । बाढीले गरेको क्षतिका केही तस्बिरहरुः

सिन्धुपाल्चोकको बाह्रबिसेस्थित जम्बुमा बाढीले बगायो १४ घर, कम्तीमा ११ जना बेपत्ता

बिहीबारदेखि ४ दिन यस वर्षकै धेरै पानी पर्ने अनुमान गर्दै सतर्क रहन अनुरोध

Banner

शिक्षकहरूले प्रधानमन्त्री र सभामुखसँग मात्रै वार्ता गर्ने

Published

on

काठमाडौँ । आन्दोलनरत शिक्षकहरूले प्रधानमन्त्री तथा सभामुखसँग मात्रै वार्ता गर्ने बताएका छन् । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै सडक आन्दोलन गर्दै आएका शिक्षक तथा विद्यालय कर्मचारीहरूले प्रधानमन्त्री तथा सभामुखसँग मात्रै वार्ता गर्ने बताएका हुन् । यद्यपि यो विषयमा भने औपचारिक निर्णय भने गरिसकेका छैनन् ।

शिक्षकहरूले अनौपचारिक छलफलको क्रममा प्रधानमन्त्री वा सभामुखसँग वार्तामा बस्न सकिने बताएका हुन् । नेपाल शिक्षक महासङ्घका सल्लाहकार, पूर्व अध्यक्ष तथा पूर्व पदाधिकारीहरूले उक्त सुझाव दिएका छन् । उनीहरूको सुझावका आधारमा महासङ्घले प्रधानमन्त्री तथा सभामुखसँग वार्ता गर्ने मनसाय बनाएको हो ।

महासङ्घका सहअध्यक्ष तथा आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीले वार्ताका लागि कुनै छलफल नभएको बताइन । तर, पूर्वअध्यक्ष तथा सल्लाहकारबाट प्रधानमन्त्री तथा सभामुखसँग वार्ता गर्न सकिने सुझाव दिएको बताइन् । उक्त सुझावका विषयमा महासङ्घमा कुनै छलफल समेत नभएको उनको भनाइ छ ।

‘अस्तिसम्मको वार्तामा बस्दैनौँ भनेर खारेज गरेका थियौँ । त्यसपछि सरकारबाट कुनै थप नयाँ केही आएको छैन । आन्दोलनका क्रममा आउनुहुने पूर्व अध्यक्षहरूले प्रधानमन्त्री वा सभामुखसँग वार्तामा जानुपर्छ,’ पराजुलीले भनिन्, ‘आन्दोलन पनि जारी राख्ने र वार्तालाई पनि सँगसँगै लैजानुपर्छ भन्ने सुझाव आएको हो । महासङ्घको आधिकारिक धारणाचाहिँ होइन ।’

आन्दोलनरत शिक्षक कर्मचारीहरूले भने वार्ताको नाममा कुनै सहमति गरिएको खण्डमा शिक्षक नेताहरूलाई बाँकी नराख्ने चेतावनी दिँदै आएका छन् । उनीहरूले विगतमा पटक पटक आन्दोलन र सहमति हुँदै आएको बताउँदै उनीहरूले यो पटक ऐन जारी नहुँदासम्म वार्तामा बस्न नहुने भन्दै नेतृत्वलाई सचेत गराउँदै आएका छन् ।
Continue Reading

Banner

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने भएको छ ।

सहकारीको रकम अपचलन प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।

आज अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा गरी उनलाई थुनामा पठाइने प्रहरीले जानकारी दिएको छ । उनलाई भैरहवा कारागार लगिने प्रहरीको तयारी छ ।

Continue Reading

Banner

जनमत–नागरिक उन्मुक्ति एकता : सीके राउत कार्यकारी अध्यक्ष, पहिलो वरीयतामा रेशम चौधरी

Published

on

जनमत र नागरिक उन्मुक्ति पार्टी एकतापछि पार्टी अध्यक्ष डा. सीके राउत हुने गरी सहमति जुटेको छ । बर्दियामा आइतबार भएको दुई पक्षीय वार्ताले राउत कार्यकारी अधिकार सहितको अध्यक्ष हुने सहमति टुंगो लागेको छ ।

एकीकृत दलमा दुई अध्यक्ष हुने र सह अध्यक्ष रञ्जिता श्रेष्ठ हुने गरी सहमतिन्मुख छलफल भएको छ । पार्टीको वरियतामा रेशम चौधरी पहिलो स्थानमा रहने छन् । वरियतामा राउत दोस्रो र श्रेष्ठ तेस्रोमा हुनेछिन् ।जनमतका अध्यक्ष राउत, नाउपाका संरक्षक रेशम चौधरी सहित कार्यदलका छ जना वीचमा छलफल भएको छ । १५ बैशाखभित्र एकता गर्ने छलफल दुई दल सहमति नजिक पुगेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी गराए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक