खेलकुद
सागमा खटिने स्वयंसेवकका लागि प्रशिक्षण
काठमाडौंः नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि गठित स्वयंसेवक परिचालन समितिले स्वयंसेवकका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । सागमा खटिने स्वयंसेवकको जिम्मेवारीबारे जानकारी गराउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको समितिका सचिव प्रेम मल्लले जानकारी गराए ।
काठमाडौंमा हुने विभिन्न खेलका लागि ५ सय स्वयंसेवक परिचालन हुँदै छन् । उनीहरूलाई सुरक्षा, अतिथि सत्कार, सागमा सहभागी हुने व्यक्तिले प्रयोग गर्ने एक्रिडेसन कार्ड, अनुशासन, नियम, कानुनलगायतका विषयमा जानकारी गराएको थियो । रमेश खनाल, डा. प्रकाश प्रधान, रुकेश तण्डुकार, चतुरानन्द राजवैद्य, दीपक राई र अर्जुन बिकले प्रशिक्षण दिएका थिए ।
३ दिनसम्म चल्ने प्रशिक्षणको पहिलो दिन हिजो २ सय १५ जना सहभागी थिए । बाँकीलाई आज र भोलि प्रशिक्षण दिइने बताइएको छ । त्यस्तै, पोखरा र जनकपुरमा हुने खेलका लागि खटिने स्वयंसेवकलाई पनि यस्तै तालिम दिइने सचिव मल्लले जनाएका छन् । पोखरामा मंसिर ५ र ६ तथा जनकपुरमा मंसिर ७ गते प्रशिक्षण कार्यक्रम सञ्चालन हुने छ ।
प्रशिक्षणको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।
Facebook Comment
Banner
च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा डर्टमन्डको अग्रता
यूईएफए च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमन्डले पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई हराएको छ । घरेलु मैदान सिग्नल इदुना पार्कमा गएराति भएको खेलमा डर्टमन्डले पीएसजीलाई १–० ले हराएको हो । डर्टमन्डका निकलास फुलक्रुगले खेलको ३६ औँ मिनेटमा गोल गरे । दोस्रो लेग अर्को हप्ता पिएसजीको घरेलु मैदानमा हुनेछ ।
यस लेगको विजेताले उपाधिका लागि रियल म्याड्रिड र बायर्न म्युनिख बीचको सेमीफाइनल विजेतासँग खेल्नेछ । यी दुई टोली बीचको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन २ तारिखमा बेलायतको वेम्ब्ले स्टेडियममा हुनेछ ।
Banner
आईपीएलमा कोलकाताले दिल्लीलाई ७ विकेटले हरायाे
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा कोलकाताले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो।
दिल्लीले दिएको १५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यसअघि पहिला ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।
यो जितपछि कोलकाताको ९ खेलमा ६ जित र ३ हारसहित १२ अङ्क भएको छ र अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ। दिल्लीको भने यो यस सिजनमा छैटौँ हार हो । ११ खेलमा ५ जित र ६ हार बेहोरेको दिल्ली १० अङ्कसहित छैटौँ स्थानमा रहेको छ।
Banner
वेस्ट इण्डिज ‘ए’ टिमलाई फितलो स्वागत : टाटा सुमोमा लोड गरियो लगेज, व्यापक आलोचना
वेस्ट इण्डिज ‘ए’ टिमलाई फितलो स्वागत : टाटा सुमोमा लोड गरियो लगेज, व्यापक आलोचना
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login