Connect with us
Advertisement

आइस हक्की सङ्घको अध्यक्षमा भुवन पाठक

Published

on

काठमाडौंः नेपाल आइस हक्की सङ्घको अध्यक्षमा भुवन पाठक निर्विरोध चयन भएका छन् । सङ्घको आज भएको दोस्रो साधारण सभाले पाठकको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

सङ्घको उपाध्यक्षत्रयमा श्रीविक्रम भण्डारी, विजय खड्का र मदन केसी, महासचिवमा गणेश रिमाल, सचिवमा मनोज ढुङ्गेल तथा कोषाध्यक्षमा हरि मानन्धर रहेका छन् ।

प्रज्ज्वल थापा, मुकेश शाही, देवकृष्ण थापा, लेखनाथ शर्मा पराजुली, श्रेया केसी, रोजेश रिजाल, कमल शर्मा आचार्य, गोविन्दसिंह डङ्गोल, ठाकुरप्रसाद पौडेल र दिलबहादुर तामाङ सदस्यमा चयन भएका छन् । साधारण सभाको सङ्घीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए ।

Continue Reading

Facebook Comment

20 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आईपीएलमा कोलकाताले दिल्लीलाई ७ विकेटले हरायाे

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा कोलकाताले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो।

दिल्लीले दिएको १५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यसअघि पहिला ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।

यो जितपछि कोलकाताको ९ खेलमा ६ जित र ३ हारसहित १२ अङ्क भएको छ र अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ। दिल्लीको भने यो यस सिजनमा छैटौँ हार हो । ११ खेलमा ५ जित र ६ हार बेहोरेको दिल्ली १० अङ्कसहित छैटौँ स्थानमा रहेको छ।

Continue Reading

Banner

वेस्ट इण्डिज ‘ए’ टिमलाई फितलो स्वागत : टाटा सुमोमा लोड गरियो लगेज, व्यापक आलोचना

Published

on

वेस्ट इण्डिज ‘ए’ टिमलाई फितलो स्वागत : टाटा सुमोमा लोड गरियो लगेज, व्यापक आलोचना

Continue Reading

Banner

प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलले चेल्सीलाई ५ गोलले हरायो

Published

on

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले चेल्सीलाई हराएको छ  । गएराति भएको खेलमा आर्सनलले चेल्सीलाई ५–० ले हराएको हो । आर्सनलको ३४ खेलमा ७७ अङ्क भएको छ ।

आर्सनल भन्दा दुई खेल कम खेलेको चेल्सी ४७ अङ्कका साथ नवौँ स्थानमा छ । लिगमा लिभरपुल ३३ खेलमा ७४ अङ्कसहित दोस्रो र म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अङ्कसहित तेस्रो स्थानमा छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक