समाचार
यातायात व्यवसायी र मजदुरले प्रधानमन्त्री ओली तथा पूर्व प्रधानमन्त्री दाहाल, खनाल र देउवालाई बुझाए ध्यानाकर्षण पत्र
विराटचोकः सरकारले आफ्ना मागको सम्बोधन नगरेको भन्दै आज यातायात व्यवसायीले प्रधानमन्त्री खड्गप्रसाद ओली तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र झलनाथ खनालसमक्ष आफ्ना समस्या राखी ध्यानाकर्षण गराएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई व्यवसायी तथा मजदुरले हिजो बुधबार नै ध्यानाकर्षण पत्र बुझाएका छन् । यस्तो छ प्रधानमन्त्री ओलीलाई बुझाइएको ध्यानाकर्षण पत्रः
ध्यानाकर्षण पत्र
मिति: १ साउन २०७७
सम्माननीय प्रधानमन्त्री ज्यू
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
सिँहदरबार, काठमाण्डौं ।
बिषय: आवश्यक निर्देशन गरिपाँउ ।
कोभिड १९ को संक्रमण रोकथामका लागि नेपाल सरकारले २०७६ साल चैत्र ११ गतेदेखि जारी गरेको लकडाउनका कारण चार महिनादेखि सार्वजनिक सवारी साधनहरु घर ग्यारेजमा थन्किएका छन् । देशभरका ३ लाख यात्रुवाहक र ६० हजार मालवाहक सवारी साधनमा आश्रित करिव ४५ लाख श्रमिक र व्यवसायीहरु प्रत्यक्ष प्रभावित भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र ३ वटा ट्रेड युनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले श्रमिक र व्यवसायीहरुका आधारभूत समस्याहरु र लकडाउन पछि यातायात सेवा सञ्चालन बारे विभिन्न चरणमा सरकारको ध्यानाकर्षण गराईसकेका छौं ।

सरकारले साउन ७ गतेसम्म लकडाउन कायमै राखेको अवस्थामा लकडाउनपछि सवारी साधन सञ्चालन विधि र जोखिमको बारेमा छलफल गरिरहेको र संसदको बिकास तथा प्रविधि समितिले समेत सरोकारवालाहरुसंग छलफल गरेर आधारभूत विषयहरुलाई सम्बोधन गरेर सवारी सञ्चालन गर्न सरकारलाई सुझाव दिईसकेको अबस्थामा असार २६ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्नु भन्ने सरकारको अकस्मात निर्णयले व्यवसायी, श्रमिकहरु र सर्वसाधारणमा अन्यौलता उत्पन्न भएको छ । व्यवसायीका लगानी र श्रमिकहरुका स्वास्थ्य र सुरक्षाका विषयलाई सम्बोधन नगरी यस्तो अवस्थामा सवारी सञ्चालन गर्दा कोभिड संक्रमण फैलने र फ्रन्टलाईनमा काम गर्ने श्रमिक जोखिममा पर्नेहुनाले । सवारी सञ्चालन गर्नुअघि पूर्व तयारी र सञ्चालन कार्यविधि, श्रमिक र यात्रुहरुको स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने वातावरण बनाईदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
श्रमिक र व्यवसायीका आधारभूत विषयहरु ः
१) बैंक किस्ता स्थगन सम्बन्धमा ः
लकडाउनका कारण चार महिनादेखि थन्किएका सवारी साधनहरुको चैत्र देखि लकडाउन अवधि सम्मको बैंङ्क तथा वित्तिय संस्थाको किस्ता स्थगन गरि यातायात सेवा संचालन भएको ३ महिना पछि स्थगन फुकुवा गर्न अनुरोध गर्दछौं ।
२) पुनःकर्जा सम्बन्धमा ः
चार महिनादेखि नचलेका सवारी साधनका व्याट्री, टायर काम नलाग्ने भईसकेका छन्, इन्जिनआयल फिल्टरहरु, गियर आयल, क्राउन आयल फेरनुपर्ने अवस्था छ । हबग्रिज गर्नु पर्ने अवस्था छ । सवारी सर्भिसिङ गर्नु पर्ने अवस्था छ । श्रमिकका पारिश्रमिक लगायतका खर्च व्यवस्थापन गर्नु पर्ने अवस्था छ । तर, आर्थिक रुपमा जर्जर भएका व्यवसायीहरुले व्ययभार पुरा गर्न सक्ने अवस्था नरहेकाले सार्वजनिक सवारीमा लगानी भएको हायर पर्चेज कर्जामा न्यूनतम २ लाख रुपैया पुनःकर्जाको व्यवस्था गर्दै सवारी सञ्चालन गर्न सक्ने वातावरणका लािग अनुरोध गर्दछौं ।

३) बैंक व्याज मिनाहा सम्बन्धमा ः
आर्थिक वर्ष २०७७÷०७८ को वजेटमा कोभिड १९ का कारण सार्वजनिक यातायात सेवालाई समेत अति संकटग्रस्त क्षेत्रको रुपमा सम्वोधन भएकाले व्यवसायीहरुले विभिन्न वैङ्क तथा वित्तिय संस्थाहरुवाट लिएको कर्जाको लकडाउन अवधिको व्याज मिनाहा गरी ५ प्रतिशत व्याजदर कायम गरिदिनहुन अनुरोध गर्दछौं ।
४) विशेष राहत सम्बन्धमा ः
लकडाउनपछि पनि कोभिड १९ को जोखिम कायमै रहने र यात्रुको चाप समेत कमहुने अवस्था रहेकाले व्यवसायी र श्रमिकहरुलाई विशेष सहुलियत अनुदान व्यवस्थाको लागि अनुरोध गर्दछौं ।
५) श्रमिकहरुको आधारभूत स्वास्थ्य सुरक्षा सम्बन्धमा ः
यातायात श्रमिकहरु (चालक, सहचालक, परिचालक, बुकिङ, चेकिङ तथा कर्मचारी) को स्वास्थ्य र सुरक्षाका लागि आवश्यक पर्ने ।
क. मास्क, पन्जा, स्यानीटाईजर, फेस भाईजर, बुट र व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)
ख. नियमित स्वास्थ्य परिक्षण, कोरोना जोखिम बिमा र प्रोत्साहन भत्ता र सचेतना तालिमको
ग. भाडा लिंदा दिंदा क्यासलेश सिस्टमको (दिर्घकालिन) व्यवस्थाका लागि अनुरोध गर्दछौं ।
६) शुल्क मिनाहा सम्बन्धमा ः
सवारी साधनका कागजातहरु (सवारी दर्ता किताव, जाँचपास, प्रदुषण, सवारी कर, बाटो ईजाजत, चालक अनुमती पत्र, ट्याक्सी मिटर) नविकरणमा लकडाउन अवधिको शुल्क मिनाहाका लागि अनुरोध गर्दछौं ।
७) निर्मलीकरण सम्बन्धमा ः
बसपार्क, बिसौनी तथा पार्किङहरुमा सवारी साधनलाई डिसइन्फेक्शन (निर्मलीकरण) गर्न निर्मलीकरण टनेलको व्यवस्थागर्नु पर्दछ । यात्रु प्रतिक्षालय, यात्रु पिक एण्ड ड्रप सेन्टर तथा बस स्टेशनहरुमा पानी ट्यांकी, सावुन राख्ने व्यवस्था गरिनु पर्दछ । राजमार्गहरुमा रिफे्रससेन्टरको व्यवस्था गरि सवारि साधनहरुलाई निर्मलीकरण गर्ने व्यवस्थाका लागि अनुरोध गर्दछौं ।
८) सडक दुर्घटना न्युनिकरण तथा उद्धार ः
पूर्व पश्चिम राजमार्ग लगायत अन्य सडकहरुमा हुने दुर्घटनाका घाइतेहरुको तत्कालीन उपचारको लागि कम्तीमा २०० किलोमिटरको दुरिमा सुविधा सम्पन्न ट्रमा सेन्टरको व्यवस्था गरिनु पर्दछ । निश्चित स्थानमा रिफ्रेस सेन्टर व्यवस्था गर्दै दुर्घटना पछि उपचार र क्षतिपुर्तिका लागि व्यवस्था भएको बिमा नीतिलाई तत्काल रुपान्तरण गरि असिमित बिमा नीति बनाउन अनुरोध गर्दछौं ।
९) यातायात प्राधिकरण सम्बन्धमा ः
सार्वजनिक यातायात सेवालाई भरपर्दो, सुरक्षित र यात्रुमैत्री बनाउदै प्रभावकारी सञ्चालन, परिचालन र व्यवस्थापनका लागि अधिकार सम्पन्नतथा सरोकारवालाहरु सम्मिलित राष्ट्रिय यातायात प्राधिरकण गठनका लागि अनुरोध गर्दछौं ।

१०) नविकरण समय सम्बन्धमा ः
सार्वजनिक सवारी साधनहरुरको बाटो इजाजत पत्र (रुट पर्मिट) नविकरण १ वर्षमा नविकरण हुने व्यवस्थाका लागि अनुरोध गर्दछौं ।
११) सवारी साधनको आयु सम्बन्धमा ः
महामारीले देशको अर्थतन्त्र र रोजगारीमा गम्भीर असर परेको छ । यस्तो बेला हामीसंग रहेका सवारी साधनलाई अधिकतम् उपयोग गर्नु पर्दछ । सियो उत्पादन नहुने हाम्रो देशमा लाखौं मुल्यमा तेस्रो मुलुकबाट आयात गरिएका सवारी साधनलाई २० वर्षे आयुका आधारमा नभइ भेहिकल फिटनेश टेस्ट गरी उपयुक्त सवारीलाई सञ्चालन अनुमति दिनुपर्दछ । लकडाउन अवधिमा ७ हजार ५०० सवारी साधन २० वर्षे आयुका आधारमा बिस्थापन गरिदैछ । यसले स्वरोजगार श्रमिक र व्यवसायीहरुको अरबौं लगानी डुवाउदै छ भने ठुलो संख्यामा वेरोजगारी बढाउदै छ ।
नेपालमा मोटर बिक्रि गर्ने बहुराष्ट्रिय कम्पनीहरुलाई फाईदा हुने यस्ता निर्णयलाई तत्काल सच्याउदै स्वरोजगार श्रमिक तथा व्यवसायीहरुको लगानीलाई बचाउदै राष्ट्रिय पूंजीको संरक्षण गरी वेरोजगारी वृद्धिलाई रोक्ने वातावरण बनाईदिनुहुन अनुरोध गर्दछौं ।
१२) संगीत रोयल्टी सम्बन्धमा ः
यातायात संचालन कार्यविधि निर्देशिका २०७४ मा सार्वजनिक सवारीका साधनहरुको वार्षिक कर वुझाउदा संगित रोयल्टी अनिर्वाय भुक्तानी गर्नु पर्ने बाध्यात्मक व्यवस्था गरी यातायात व्यवसायीहरुलाई थप आर्थिक व्ययभार थपेकाले संगीत रोयल्टी व्यवस्थालाई हटाउनका लागि अनुरोध गर्दछौं ।
१३) फैसला सम्बन्धमा ः
क. सम्मानीत सर्वोच्च अदालतको मिति २०७७ साल जेठ २८ गतेको फैसलाअनुसार लकडाउनको समय अवधिलाई शून्य समय मान्नु पर्ने र त्यस अवधिका वैङ्क किस्ता, सवारी दर्ता किताव नविकरण, जाचँपास, सडक ईजाजतपत्र, सवारी कर र चालक अनुमतिपत्र नविकरण लगायतलाई मान्यता दिने व्यवस्थाका लागि अनुरोध गर्दछौं ।
ख. लकडाउन पछि सार्वजनिक यातायात सेवा सञ्चालनका लागि यातायात व्यवस्था विभागले तयार गरेको यातायात सञ्चालन निर्देशिका २०७७ लाई नेपाल यातायात व्यवसयाी राष्ट्रिय महासंघ र तिन वटै ट्रेड युनियनहरुको सुझावका आधार पूर्ण बनाउदै कार्यन्वयनकालागि अनुरोध गर्दछौं ।
माथी उल्लेखित बुँदाहरु कार्यान्वयनका लागि सम्बन्धीत निकायहरुमा आवश्यक निर्देशन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
हार्दिक धन्यवाद सहित
…………………….
योगेन्द्रनाथ कर्माचार्य
अध्यक्ष
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ……………..
धर्मराज भण्डारी
अध्यक्ष
नेपाल यातायात मजदुर संघ ……………..
रामचन्द्र कार्की
अध्यक्ष
अखिल नेपाल यातायात मजदुर संघ ……………..
भीमज्वाला राई
अध्यक्ष
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन


Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login