Connect with us
Advertisement

प्रदेश १ का ४ जनासहित २७ जनाले दिए राखेप सदस्य सचिवका लागि आवेदन

Published

on

विराटचोकः राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदका लागि झापा, मोरङ, सुनसरी र सोलुखुम्बुका गरी ४ जनासहित देशभरबाट २७ जनाले आवेदन दिएका छन् ।

परिषद्ले गत असार २६ गते १ सूचना जारी गर्दै परिषद्को सदस्य सचिवमा आवेदन दिनको लागि ७ दिनको म्यादसहित सूचना जारी गरेको थियो । सोही सूचनाको सातौँ दिन बिहीबारसम्ममा २७ जनाले आवेदन दिएको परिषद्ले जनाएको छ ।

परिषद्का अनुसार प्रदेश नम्बर १ बाट १ जना महिलासहित ४ जनाले आवेदन दिएका हुन् । सुनसरीको इटहरी निवासी मीना श्रेष्ठले आवेदन दिएकी छिन् । त्यस्तै, झापाको कमल गाउँपालिका वडा नम्बर ७ का मेघराज पौडेल, सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर १ का हर्कबहादुर राई र मोरङका विजयकुमार राईले आवेदन दिएका हुन् ।

२७ जना आवेदकमध्ये २ जना महिला छन् । सुनसरीकी मीना श्रेष्ठ र ललितपुरकी अञ्जु श्रेष्ठ बाहेक अरु सबै पुरुष आवेदक रहेको परिषद्ले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

रास्वपा सचिवालय बैठक बस्दै

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनमा सचिवालय बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकको समय र स्थान भने उल्लेख गरिएको छैन ।

समानुपातिकतर्फका सांसदहरूको नाम सिफारिस गर्ने र पार्टीका आन्तरिक विधि–प्रक्रियासम्बन्धी विषयमा छलफल गर्ने बैठकको एजेण्डा रहेको प्रवक्ता झाले जानकारी दिए

Continue Reading

Banner

वराहक्षेत्र नगरपालिकाको स्थापना दिवसमा रक्तदान, १३९ पिन्ट रगत सङ्कलन

Published

on

पालिकाको दशौं स्थापना दिवसको अवसरमा सुनसरीको वराहक्षेत्र नगरपालिकाले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

चक्रघट्टीस्थित नगरपालिकाको कार्यालय परिसरमा भएको रक्तदानमा १३९ पिन्ट रगत सङ्कलन भएको नगरपालिकाले जनाएको छ ।

हिजो बिहान नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राविधिक सहयोग तथा समन्वयमा रक्तदान कार्यक्रम आयोजना भएको नगर प्रमुख रमेश कार्कीले बताउनुभयो ।

Continue Reading

Banner

आज पनि पानी पर्ने सम्भावना

Published

on

काठमाण्डौ उपत्यकासहित देशका मध्य र पूर्वी भेगमा हिजो बेलुकी र राति हावाहुरीसहित पानी परेको छ । चितवन, गोरखा र उदयपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै गोरखा, लमजुङ, इलाम, झापा, सिन्धुपाल्चोक र नुवाकोटमा पनि मध्यम वर्षा भएको छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले बदली र वर्षा भएको हो ।

आज पनि कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै ठाउँ, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक