विचार
कोरोनाबीचको समुदाय
पहिलो चरणको लकडाउन सकिएर दोस्रो चरणको लकडाउन शुरु भइसकेको थियो । तीजको चहलपहल अरुबेलाको जस्तो नभए पनि भित्री गाउँघरमा आफ्नै तरिकाले तीज मनाउने क्रममा यताउता पालो गरीगरी घरघरमा दर खाने अनि खुवाउने चलन पहिलेको जस्तै देखिइरहेको थियो ।
टाढा भएको भए त यसै भन्न सकिँदैन थियो । दिदीहरु पनि एउटै गाउँमा भएको कारणले एक दिन मेरो घरमा दर खाने कार्यक्रम तय भयो । सबै बन्द छ । तर कताकता लुकीलुकी साना किराना पसल खुलेका छन भन्ने नि सुनियो । बिहानै केही सामान लिन म पनि बजार तिर लागेँ ।
गाउँका साना पसल त पहिल्यै पनि खुलेकै हुन् । त्यहाँ सबै सामान नपाइने हुनाले बजारको अलि ठूलै किराना पसल जानैपर्ने भयो । साना निजी सवारी साधन हुँइकिरहेका थिए । ठूला ट्रकहरु पनि फाट्टफुट्ट बाटोमा देखिइ नै रहेका थिए । चोकैमा भएको प्रहरी बिट छेउ हुँदै किराना पसलतिर गएँ ।
१८\२० जना उभिरहेका रहेछन् । कोही चाहिँ एकअर्काबाट अलि परपरै उभिएका थिए भने कोही चाहिँ टाँसिएका थिए । पसलमा लाइन नै लाग्नु पर्नेरहेछ । म पनि सबैभन्दा अन्तिममा उभिइरहेँ ।
हामी नेपालीलाई लाइनमा उभिन कुन चाहिँ ठूलो काउसोको माला हो र ? पिउने पानीको बिल तिर्न जाँदा होस् या बिजुलीको बिल तिर्न जाँदा होस्, जग्गाको तिरो तिर्न जाँदा होस् या बाटोको कर तिर्न जाँदा होस् । मोटरसाइकलमा पेट्रोल हाल्न जाँदा होस् या मेडिकलमा
दबाइ लिन जाँदा होस् । आखिर जहाँजहाँ हामी आफ्नो कामले जान्छौँ त्यहाँत्यहाँ लाइनमा उभिएकै छौँ ।
दोकाने दाइले थोरै मात्र सटर खोलेका रहेछन् प्रहरीको डरले । प्रहरी आइहाले त्यो सटर फुत्तै बन्द गर्न मिल्ने तरिकाले । सामान लिने मान्छे ले पूरै निहुरिएर माग्नुपर्ने रहेछ । जसले माग्छ उसको आदि बोली मात्रै सुन्दा रहेछ्न् दोकानेले । मनमा थोरै डर लिएर उभिइ नै रहेको छु म पनि । लगभग दुई घन्टापछि मेरो पालो आयो ।
‘के के चाइने हो एकै चोटि भन्नुहोस् है ।’ दोकानेले यति बोल्नासाथ मैले सामानको लिस्ट नै थमाइदिएँ उसको हातमा । केही समयपछि एघार सय तीस रुपैयाँ भयो पैसा दिनुस् अनि सामन लिनुस् भन्दै एउटा प्लास्टिक भित्रको सामान मेरो हातमा राखिदिए । सापटी मागेको नोट हजारहजारका २ ओटा मैले दिएँ । अरु कुनै चानचुन थिएन ।
‘ला प्रहरी पो आए त सबै जना भागौँ है नत्र डन्ठैडन्ठाले टाउकोमा बजाउँछन्’ पछाडी बाट खोइ को बोल्यो पत्तो नि पाइनँ । यसो पछाडि हेरेको मभन्दा पछि लाइनमा उभिएका ८\१० जना भागिसकेछ्न् । अलि परबाट हातमा डन्ठा बोकेका प्रहरी नि दोकानतिरै लम्किरहेका थिए । त्यतिबेलै दोकानको सटर हतारमा बन्द गरेर दोकाने दाइ भित्रै लुके । म चाहिँ त्यो प्लास्टिकको सामान बोकेर बाहिरै एक्लै रहँदो भएँ ।
आफ्नो टाउको जोगाउन म पनि त्यो सामान बोकेर भाग्नु शिवाय अर्को उपाय थिएन । दोकानेलाई दिएको दुई हजारमा एघार सय तिसको सामान मसँग छ बाँकी ८ सय ७० उसैले बोक्यो । म भागेर निकै परसम्म पुगेँ । मान्छे मजाले देखेको भए त दोकाने दाइले नि चिन्थे होलान् । सटरभित्र र सटरबाहिर बाट लेनेदेन भएको थियो । अनुहार दुवैले देखेको छैन । अब त्यो पैसा फिर्ता आउने कि न आउने भन्ने चिन्ता भयो ।
गइहालाँै भने प्रहरीको डण्डी टाउकोमा बजारिने डर, नजाऊँ भने यो अलिकति उभ्रेको पैसा पाइँदैन कि भन्ने डर । त्यहीँबाट भागेर आएका अरु पनि रै’छन् । सबैको एउटै कुरा भयो ‘हिजो नि खेदाए, आज नि खेदाए । ९ बजेपछि त झन् सबै बन्द रे । अब पैसा फिर्ता लिन जाँदा दोकाने दाइ ‘म त चिन्दिनँ कोको आउनुभयो ? सबै देख्दिनँ पनि’ भन्दै गनगनाउने गर्छन् रे ।’ के फसाद आइपर्यो नि गाँठे ।
यो समस्या मेरो मात्रै होइन । धेरैको समस्या एउटै भयो । बाटोमा साना चम्किला गाडी मजाले चल्न पाउने तर आफ्नो परिवारको लागि अत्यावश्यक सामान किन्न नपाउने कस्तो लकडाउन हो यो । त्यत्तिकै फर्किएँ त्यहाँबाट ।
२ महिना अगाडि आफन्त साह्रै बिरामी हुनुभएको थियो सिँधुवामा । हेर्न जाउँ भन्ने लागेर छिमेकीको मोटरसाइकल मागेर निस्किएँ । इटहरी, धरान हुँदै भेडेटारसम्म आरामले पुगेँ । तर भेडेटारमा रोकियो मलाई । मभन्दा अगाडि एउटा मोटरसाइकलमा नचिनेका दुई जना थिए । उनीहरु चाहिँ त्यहाँबाट फुत्तै जानुभयो । मलाई रोकेपछि प्रहरी दाइलाई सोधिहालेँ, ‘अनि उहाँहरु चाहिँ जानुभयो त ?’
‘उहाँहरुले प्रशासनबाट पास लिएर आउनुभएको छ । तपाईंको छ ?’ सजिलो उत्तर दिनुभयो । मसँग पास थिएन पनि । कुनै उपायले पनि म त्यहाँबाट जान सकिनँ । फर्किन बाध्य भएँ । पास भएकाहरु फटाफट गइरहेका थिए ।
प्रशासनबाट लिएको पास र यो कोरोनाबीच पक्कै पनि मितेरी साइनो रहेछ । पास भएकालाई कोरोना नहुने र अर्कोलाई नसर्ने अनि पास नभएकाहरुसँग कोरोना हुने र अर्कोलाई सजिलै सर्ने । कस्तो अचम्म को महामारी भित्रिएछ हाम्रो देशमा । अरु ठाउँ वा देशमा पनि यस्तै नै हो कि त्यो चाहिँ मैले पनि बुझिनँ तर आफूले यस्तै भोगियो ।
‘हामी जनता भेडाजस्तै छौँ । बन्द छ भन्ने सुनियो भने छ कि छैन बुझ्नलाई भनी हेर्न निस्किन्छौँ । सरकार त केही होइन सबै दोष जनताको मात्रै हो । जनता सचेत भइदिएका भए आज यस्तो सन्त्रास देशको सबै गाउँगाउँमा आउँदैन थियो’ भन्ने कुरा त्यहाँ पनि सुनियो । तैपनि काम विशेषले निस्कनै पर्छ ।
सबैतिर बन्द नै छ । सरकारी जागिर गर्नेहरुलाई त के भयो र सरकारले तलब दिएकै छ नि । मेरै छिमेकी दाइ सरकारी कर्मचारी हुनुहुन्छ । ‘वर्षैभरी बन्द भए पनि केही फरक पर्दैन । आखिर घरमै बसीबसी तलब आइरहेको छ बिना झन्झट । किन खुल्नु पर्यो’ भन्दै एकदम खुशी हुनुहुन्छ । तर सरकारी कामबाहेक अन्य कतै काम गर्नेलाई कसले तलब दिने ? दिनभरी काम गरेर बेलुकाको छाक टार्ने परिवार निकै छन् हाम्रो देशमा । उनीहरुलाई कसले हेर्ने ?
आज सबैलाई विपत परेकै छ । सबैलाई माहामारीको डर पक्कै छ । तर कतिलाई त आफ्नो परिवारलाई के खुवाउने भन्ने अर्को डर थपिएको छ । हो उसले त खुशीसाथ आफ्नो बा(लबच्चालाई घरभित्रै राखेको छ । ऊसँग प्रशस्त सम्पत्ति छ । एक कल फोन गर्दा घरैमा सबै घरायसी सामान आइपुग्छ । ऊ सरकारी कर्मचारी पनि हो । हरेक महिना सरकारबाट उसलाई तलब आउँछ । अझै लामो समय बन्द भए पनि उसलाइ केही असर पर्दैन ।
तर विचरा त्यो मान्छे ले के गर्दै होला । जो दिनभर अर्काकोमा काम गथ्र्याे । ऊ सरकारी जागिरे पनि होइन । ऊ पहिल्यैदेखि गरिब नै थियो । हिजोको दिनमा पनि आफ्नो परिवार पाल्न उसलाई निकै धौधौ भएको थियो । छ महिना सम्ममा उसले के खायो अनि आफ्नो परिवारलाई कसरी पालिरहेको छ कसले सोच्ने उसको बारेमा ? लकडाउन अनि सबै बन्द मात्रै अहिलेको समस्याको समाधान हो त ? सरकारबाट पाउने सेवा सुविधाका हकदारहरुलाई लकडाउन धेरै राम्रो भएको छ । तर जो सरकारी जागिरभन्दा बाहिर छ उसलाई यो घातक भएको छ ।
Banner
बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।
Banner
नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण
बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।
Banner
अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने
अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















Pingback: कोरोना बीचको समुदाय २ - निष्पक्षखबर