विचार
कोरोनाबीचको समुदाय
पहिलो चरणको लकडाउन सकिएर दोस्रो चरणको लकडाउन शुरु भइसकेको थियो । तीजको चहलपहल अरुबेलाको जस्तो नभए पनि भित्री गाउँघरमा आफ्नै तरिकाले तीज मनाउने क्रममा यताउता पालो गरीगरी घरघरमा दर खाने अनि खुवाउने चलन पहिलेको जस्तै देखिइरहेको थियो ।
टाढा भएको भए त यसै भन्न सकिँदैन थियो । दिदीहरु पनि एउटै गाउँमा भएको कारणले एक दिन मेरो घरमा दर खाने कार्यक्रम तय भयो । सबै बन्द छ । तर कताकता लुकीलुकी साना किराना पसल खुलेका छन भन्ने नि सुनियो । बिहानै केही सामान लिन म पनि बजार तिर लागेँ ।
गाउँका साना पसल त पहिल्यै पनि खुलेकै हुन् । त्यहाँ सबै सामान नपाइने हुनाले बजारको अलि ठूलै किराना पसल जानैपर्ने भयो । साना निजी सवारी साधन हुँइकिरहेका थिए । ठूला ट्रकहरु पनि फाट्टफुट्ट बाटोमा देखिइ नै रहेका थिए । चोकैमा भएको प्रहरी बिट छेउ हुँदै किराना पसलतिर गएँ ।
१८\२० जना उभिरहेका रहेछन् । कोही चाहिँ एकअर्काबाट अलि परपरै उभिएका थिए भने कोही चाहिँ टाँसिएका थिए । पसलमा लाइन नै लाग्नु पर्नेरहेछ । म पनि सबैभन्दा अन्तिममा उभिइरहेँ ।
हामी नेपालीलाई लाइनमा उभिन कुन चाहिँ ठूलो काउसोको माला हो र ? पिउने पानीको बिल तिर्न जाँदा होस् या बिजुलीको बिल तिर्न जाँदा होस्, जग्गाको तिरो तिर्न जाँदा होस् या बाटोको कर तिर्न जाँदा होस् । मोटरसाइकलमा पेट्रोल हाल्न जाँदा होस् या मेडिकलमा
दबाइ लिन जाँदा होस् । आखिर जहाँजहाँ हामी आफ्नो कामले जान्छौँ त्यहाँत्यहाँ लाइनमा उभिएकै छौँ ।
दोकाने दाइले थोरै मात्र सटर खोलेका रहेछन् प्रहरीको डरले । प्रहरी आइहाले त्यो सटर फुत्तै बन्द गर्न मिल्ने तरिकाले । सामान लिने मान्छे ले पूरै निहुरिएर माग्नुपर्ने रहेछ । जसले माग्छ उसको आदि बोली मात्रै सुन्दा रहेछ्न् दोकानेले । मनमा थोरै डर लिएर उभिइ नै रहेको छु म पनि । लगभग दुई घन्टापछि मेरो पालो आयो ।
‘के के चाइने हो एकै चोटि भन्नुहोस् है ।’ दोकानेले यति बोल्नासाथ मैले सामानको लिस्ट नै थमाइदिएँ उसको हातमा । केही समयपछि एघार सय तीस रुपैयाँ भयो पैसा दिनुस् अनि सामन लिनुस् भन्दै एउटा प्लास्टिक भित्रको सामान मेरो हातमा राखिदिए । सापटी मागेको नोट हजारहजारका २ ओटा मैले दिएँ । अरु कुनै चानचुन थिएन ।
‘ला प्रहरी पो आए त सबै जना भागौँ है नत्र डन्ठैडन्ठाले टाउकोमा बजाउँछन्’ पछाडी बाट खोइ को बोल्यो पत्तो नि पाइनँ । यसो पछाडि हेरेको मभन्दा पछि लाइनमा उभिएका ८\१० जना भागिसकेछ्न् । अलि परबाट हातमा डन्ठा बोकेका प्रहरी नि दोकानतिरै लम्किरहेका थिए । त्यतिबेलै दोकानको सटर हतारमा बन्द गरेर दोकाने दाइ भित्रै लुके । म चाहिँ त्यो प्लास्टिकको सामान बोकेर बाहिरै एक्लै रहँदो भएँ ।
आफ्नो टाउको जोगाउन म पनि त्यो सामान बोकेर भाग्नु शिवाय अर्को उपाय थिएन । दोकानेलाई दिएको दुई हजारमा एघार सय तिसको सामान मसँग छ बाँकी ८ सय ७० उसैले बोक्यो । म भागेर निकै परसम्म पुगेँ । मान्छे मजाले देखेको भए त दोकाने दाइले नि चिन्थे होलान् । सटरभित्र र सटरबाहिर बाट लेनेदेन भएको थियो । अनुहार दुवैले देखेको छैन । अब त्यो पैसा फिर्ता आउने कि न आउने भन्ने चिन्ता भयो ।
गइहालाँै भने प्रहरीको डण्डी टाउकोमा बजारिने डर, नजाऊँ भने यो अलिकति उभ्रेको पैसा पाइँदैन कि भन्ने डर । त्यहीँबाट भागेर आएका अरु पनि रै’छन् । सबैको एउटै कुरा भयो ‘हिजो नि खेदाए, आज नि खेदाए । ९ बजेपछि त झन् सबै बन्द रे । अब पैसा फिर्ता लिन जाँदा दोकाने दाइ ‘म त चिन्दिनँ कोको आउनुभयो ? सबै देख्दिनँ पनि’ भन्दै गनगनाउने गर्छन् रे ।’ के फसाद आइपर्यो नि गाँठे ।
यो समस्या मेरो मात्रै होइन । धेरैको समस्या एउटै भयो । बाटोमा साना चम्किला गाडी मजाले चल्न पाउने तर आफ्नो परिवारको लागि अत्यावश्यक सामान किन्न नपाउने कस्तो लकडाउन हो यो । त्यत्तिकै फर्किएँ त्यहाँबाट ।
२ महिना अगाडि आफन्त साह्रै बिरामी हुनुभएको थियो सिँधुवामा । हेर्न जाउँ भन्ने लागेर छिमेकीको मोटरसाइकल मागेर निस्किएँ । इटहरी, धरान हुँदै भेडेटारसम्म आरामले पुगेँ । तर भेडेटारमा रोकियो मलाई । मभन्दा अगाडि एउटा मोटरसाइकलमा नचिनेका दुई जना थिए । उनीहरु चाहिँ त्यहाँबाट फुत्तै जानुभयो । मलाई रोकेपछि प्रहरी दाइलाई सोधिहालेँ, ‘अनि उहाँहरु चाहिँ जानुभयो त ?’
‘उहाँहरुले प्रशासनबाट पास लिएर आउनुभएको छ । तपाईंको छ ?’ सजिलो उत्तर दिनुभयो । मसँग पास थिएन पनि । कुनै उपायले पनि म त्यहाँबाट जान सकिनँ । फर्किन बाध्य भएँ । पास भएकाहरु फटाफट गइरहेका थिए ।
प्रशासनबाट लिएको पास र यो कोरोनाबीच पक्कै पनि मितेरी साइनो रहेछ । पास भएकालाई कोरोना नहुने र अर्कोलाई नसर्ने अनि पास नभएकाहरुसँग कोरोना हुने र अर्कोलाई सजिलै सर्ने । कस्तो अचम्म को महामारी भित्रिएछ हाम्रो देशमा । अरु ठाउँ वा देशमा पनि यस्तै नै हो कि त्यो चाहिँ मैले पनि बुझिनँ तर आफूले यस्तै भोगियो ।
‘हामी जनता भेडाजस्तै छौँ । बन्द छ भन्ने सुनियो भने छ कि छैन बुझ्नलाई भनी हेर्न निस्किन्छौँ । सरकार त केही होइन सबै दोष जनताको मात्रै हो । जनता सचेत भइदिएका भए आज यस्तो सन्त्रास देशको सबै गाउँगाउँमा आउँदैन थियो’ भन्ने कुरा त्यहाँ पनि सुनियो । तैपनि काम विशेषले निस्कनै पर्छ ।
सबैतिर बन्द नै छ । सरकारी जागिर गर्नेहरुलाई त के भयो र सरकारले तलब दिएकै छ नि । मेरै छिमेकी दाइ सरकारी कर्मचारी हुनुहुन्छ । ‘वर्षैभरी बन्द भए पनि केही फरक पर्दैन । आखिर घरमै बसीबसी तलब आइरहेको छ बिना झन्झट । किन खुल्नु पर्यो’ भन्दै एकदम खुशी हुनुहुन्छ । तर सरकारी कामबाहेक अन्य कतै काम गर्नेलाई कसले तलब दिने ? दिनभरी काम गरेर बेलुकाको छाक टार्ने परिवार निकै छन् हाम्रो देशमा । उनीहरुलाई कसले हेर्ने ?
आज सबैलाई विपत परेकै छ । सबैलाई माहामारीको डर पक्कै छ । तर कतिलाई त आफ्नो परिवारलाई के खुवाउने भन्ने अर्को डर थपिएको छ । हो उसले त खुशीसाथ आफ्नो बा(लबच्चालाई घरभित्रै राखेको छ । ऊसँग प्रशस्त सम्पत्ति छ । एक कल फोन गर्दा घरैमा सबै घरायसी सामान आइपुग्छ । ऊ सरकारी कर्मचारी पनि हो । हरेक महिना सरकारबाट उसलाई तलब आउँछ । अझै लामो समय बन्द भए पनि उसलाइ केही असर पर्दैन ।
तर विचरा त्यो मान्छे ले के गर्दै होला । जो दिनभर अर्काकोमा काम गथ्र्याे । ऊ सरकारी जागिरे पनि होइन । ऊ पहिल्यैदेखि गरिब नै थियो । हिजोको दिनमा पनि आफ्नो परिवार पाल्न उसलाई निकै धौधौ भएको थियो । छ महिना सम्ममा उसले के खायो अनि आफ्नो परिवारलाई कसरी पालिरहेको छ कसले सोच्ने उसको बारेमा ? लकडाउन अनि सबै बन्द मात्रै अहिलेको समस्याको समाधान हो त ? सरकारबाट पाउने सेवा सुविधाका हकदारहरुलाई लकडाउन धेरै राम्रो भएको छ । तर जो सरकारी जागिरभन्दा बाहिर छ उसलाई यो घातक भएको छ ।
Banner
सलकपुरमा शिल्पी नाट्य केन्द्रको विधिवत् उद्घाटन, ‘छुटेका सपना’ मञ्चनसँगै सञ्चालन सुरु
मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरमा स्थापना गरिएको शिल्पी नाट्य केन्द्र शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ नाटक ‘छुटेका सपना’ को पहिलो मञ्चनसँगै स्थानीय स्तरमै रंगमञ्चको नयाँ गन्तव्य थपिएको हो। नगरप्रमुख केदारप्रसाद गुरागाईं र नाटकका परिकल्पनाकार तथा निर्देशक युवराज घिमिरेले संयुक्त रूपमा मसाल बालेर नाट्य केन्द्रको उद्घाटन गर्नुभएको थियो।
शिल्पी नाट्य केन्द्रले निर्माण गरेको यो स्थानलाई आगामी दिनमा भुल्के एम्फी थिएटरका रूपमा विस्तार गर्दै कला र संस्कृतिको केन्द्र बनाउने योजना अघि सारिएको छ। उद्घाटनकै दिन मञ्चन गरिएको नाटक हेर्न दर्शकको उल्लेख्य सहभागिता देखिएको थियो, जसले सलकपुरमा रंगमञ्चप्रतिको बढ्दो आकर्षणलाई स्पष्ट पारेको छ।
नाटक ‘छुटेका सपना’ ले समाजमा व्याप्त राजनीतिक, सामाजिक तथा प्रशासनिक विकृतिलाई व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरेको छ। भ्रष्टाचार, ढिलासुस्ती, बेथिति र गरिबीका कारण किसानले भोग्नुपरेका दुःख–पीडालाई कलाकारहरूले सशक्त अभिनयमार्फत जीवन्त बनाएका छन्।
नाटकमा संगीता उराँव, सुशिला लुहार, सम्पदा थुलुङ राई, इच्छा सिंह, कञ्चन दास, पवित्रा खड्का, अनुप तिमिल्सिना, ज्याक डी.सी. बराल, गोविन्द ओली, सुमित भण्डारी, धनराज सुनार, रविन परियार, झकेन बी.सी. र उत्सव काकीं लगायत कलाकारहरूको अभिनय रहेको छ।
कार्यक्रममा कवि कुमार नगरकोटीले कविता वाचन गर्दै सांस्कृतिक माहोल थप जीवन्त बनाउनु भएको थियो। निर्देशक घिमिरेले शिल्पी नाट्य केन्द्रलाई आफ्नो दीर्घकालीन सपनाको सुरुआतका रूपमा व्याख्या गर्दै आफू जन्मेको स्थानलाई नै पहिचानयुक्त नाट्य गन्तव्य बनाउने लक्ष्य रहेको बताउनुभयो। आम मानिस एउटै ठाउँमा बसेर कला अनुभूति गर्न सकून् भन्ने सोचका साथ एम्फी थिएटर निर्माण गरिएको उहाँको भनाइ छ।
नाट्य केन्द्रलाई नाफामुखी भन्दा पनि सामाजिक चेतना अभिवृद्धि गर्ने अभियानका रूपमा अघि बढाइने स्पष्ट पार्दै घिमिरेले प्रत्येक दुई–दुई महिनामा नयाँ कार्यक्रम ल्याइने योजना रहेको जानकारी दिनुभयो। स्थानीय कला, संस्कृति र सिर्जनालाई मञ्च दिने उद्देश्यसहित सलकपुरबाट सुरु भएको यो प्रयासले पूर्वी नेपालमा रंगमञ्चको नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













Pingback: कोरोना बीचको समुदाय २ - निष्पक्षखबर