विचार
कोरोना बीचको समुदाय २
आफ्नो जीवन नै आफैँ अन्त्य गर्ने रहर कसैलाई पनि हुँदैन । मीठो खाने र राम्रो लाउने अनि आरामदायी जीवन बिताउने जो कोहीको सपना हुन्छ । कतिपयले त्यो पूरा गरिरहेका हुन्छ्न अनि कतिपयको पूरा भएको हुदैन । त्यही सपना पूरा गर्न धेरै सङ्घर्षको सामना गरिरहेका हुन्छन धेरै मानिसले । तर पनि आफूले सोचेजस्तो नभएपछि जीवनबाट हार खाएका पनि हुन्छन् ।
कतिपय मानिसले कसैको बाध्यताले जीवन जिउनुपरेको पनि देखिएको छ । समस्यासँग जुध्न नसकेर आत्महत्याको बाटो पनि रोज्ने गरेका छन् । धेरैले अझै सङ्घर्ष गरिरहेका छन् जीवन जिउनुमा ।
धेरै होशियारीपूर्वक चालक दीपले बस चलाइरहेको थियो । एउटा सानो घुम्ती । अनि घुम्ती सकिनेबित्तिकै सानो बजार । बाटोको छेउमै एक जना बुढी आमै त्यत्तिकै टोलाएर उभिइरहनुभएको दीपले देख्छ । बजार पनि शुरु भएकाले गर्दा कम गतिमा बसलाई अगाडि बढाइरहन्छ दीपले । एक्कासी बस रोकिँदा सबै यात्रु अगाडि हुत्तिएर ठूलो चिच्याहटका साथमा चालकलाई कराउन थाले ।
“के गरेर बस कुदाएको ?’’
“हामी सबैलाई मार्ने विचार छ कि क्या हो ?“
“बस रोक्न पनि आउँदैन ?“
यस्ता शब्दले दीप जवाफविहीन हुन्छ र बसलाई पुरै साइड लगाएर बाहिर निस्किन्छ ।
अनि आफ्नो बसको टायरको छेवैबाट एक जना बुढी आमैलाई उठाउँदै बाहिर निकाल्छ । जो चाहिँ केहीबेर अघिसम्म बाटोको छेउमा उभिइरहेकी थिइन् । एकैचोटि आफ्नो बस अगाडि आएपछि उनलाई बचाउन अकस्मात ब्रेक लगाउँदा यात्रुहरु अगाडि हुत्तिएका थिए । ती आमैलाई केही पनि भएको थिएन ।
“बस आएको देखिरहँदा पनि किन अगाडि आउनुभएको आमा ? ब्रेक लगाउन अलिकति ढिला भएको भए आज तपाईं यो दुनियाँबाट टाढा भइसक्नुहुन्थ्यो । अनि मलाई नि जेल सजाय हुने थियो,’ दीप बोल्छ ।
“म के गरौँ बाबू ! दुई जना नातिनातिनी छोडेर पर्देश गएको छोरो सात वर्ष भइसक्यो अहिलेसम्म आएको छैन । बुहारीले नि घर छोडेर हिँडेको तीन साल भइसको । उनीहरु कहाँ छन् के गर्दैछन् अहिलेसम्म केही अत्तोपत्तो छैन । म बुढी मान्छेले ती नातिनातिनीलाई कसरी हुर्काउनु बाबू । अनि पोहोर पनि खोइ कुन्नि कुन रोग आयो भन्दै सबै बन्द गरे । अन्त कतै गएर काम गरिखान नि पाइएन । अलिअलि रिनपान गर्दै छाक टारेको थिएँ । अब फेरि बन्द गर्ने भन्दै गाउँभरी हल्ला छ । अब म बुढीलाई कसले रिन दिन्छ ? आफ्नो जग्गाजमिन केही पनि छैन बाबू । हरेक दिन अर्काकोमा बनिबुतो गर्दै छाक टारिरहेको थिएँ । अब बन्द भएपछि मैले के खानु अनि ती नातिनातिनीलाई के खुवाउनु, के लगाउनु ?’’ गहभरी आँसु पार्दै बुढी आमै बोल्छिन् ।
“अनि आमा यसरी कुदिरहेको बसमा सिधै आउन हुन्छ त ? मरिन्छ नि !’’ दीप बोल्छ ।
“मरिन्छ भनेर नै बस अगाडि ग’कि हो बाबू । पैसा पाइन्छ रे बसले मार्दा भन्ने सुनेको थिएँ । म बुढी मरे पनि मेरा नातिनातिनीले त पैसा पाउँछन् नि । अनि आनन्दले खान र लाउन त पाउँछन् । म बुढी मरेर के नै हुन्छ र बाबु ?’’ बुढी आमाको यो कुरा सुनेर दीप नाजवाफ हुँदै आफ्नो बस लिएर जान्छ । यात्रुहरुको नि आँखाभरी आँशु हुन्छ ।
(थाहा छ देशमा आपत आएको छ अनि महामारीले सबैलाइ डर देखाएको छ । रोग लागेर मरिन्छ कि भन्ने डर हामी सबैमा छ । अनि हामी सबै जना सबै कुराले भरिपूर्ण भएर बसेका पनि त छैनौँ । धेरै कुराको अभाव, धेरैलाई छ । सरकारबाट केही कुराको आश नहुने भन्ने पनि छँदैछ । ती बुढी आमै मात्रैमा होइन यस्तो घटना धेरै नेपालीमा आउन सक्छ ।)
Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login