विचार
कोरोना बीचको समुदाय २
आफ्नो जीवन नै आफैँ अन्त्य गर्ने रहर कसैलाई पनि हुँदैन । मीठो खाने र राम्रो लाउने अनि आरामदायी जीवन बिताउने जो कोहीको सपना हुन्छ । कतिपयले त्यो पूरा गरिरहेका हुन्छ्न अनि कतिपयको पूरा भएको हुदैन । त्यही सपना पूरा गर्न धेरै सङ्घर्षको सामना गरिरहेका हुन्छन धेरै मानिसले । तर पनि आफूले सोचेजस्तो नभएपछि जीवनबाट हार खाएका पनि हुन्छन् ।
कतिपय मानिसले कसैको बाध्यताले जीवन जिउनुपरेको पनि देखिएको छ । समस्यासँग जुध्न नसकेर आत्महत्याको बाटो पनि रोज्ने गरेका छन् । धेरैले अझै सङ्घर्ष गरिरहेका छन् जीवन जिउनुमा ।
धेरै होशियारीपूर्वक चालक दीपले बस चलाइरहेको थियो । एउटा सानो घुम्ती । अनि घुम्ती सकिनेबित्तिकै सानो बजार । बाटोको छेउमै एक जना बुढी आमै त्यत्तिकै टोलाएर उभिइरहनुभएको दीपले देख्छ । बजार पनि शुरु भएकाले गर्दा कम गतिमा बसलाई अगाडि बढाइरहन्छ दीपले । एक्कासी बस रोकिँदा सबै यात्रु अगाडि हुत्तिएर ठूलो चिच्याहटका साथमा चालकलाई कराउन थाले ।
“के गरेर बस कुदाएको ?’’
“हामी सबैलाई मार्ने विचार छ कि क्या हो ?“
“बस रोक्न पनि आउँदैन ?“
यस्ता शब्दले दीप जवाफविहीन हुन्छ र बसलाई पुरै साइड लगाएर बाहिर निस्किन्छ ।
अनि आफ्नो बसको टायरको छेवैबाट एक जना बुढी आमैलाई उठाउँदै बाहिर निकाल्छ । जो चाहिँ केहीबेर अघिसम्म बाटोको छेउमा उभिइरहेकी थिइन् । एकैचोटि आफ्नो बस अगाडि आएपछि उनलाई बचाउन अकस्मात ब्रेक लगाउँदा यात्रुहरु अगाडि हुत्तिएका थिए । ती आमैलाई केही पनि भएको थिएन ।
“बस आएको देखिरहँदा पनि किन अगाडि आउनुभएको आमा ? ब्रेक लगाउन अलिकति ढिला भएको भए आज तपाईं यो दुनियाँबाट टाढा भइसक्नुहुन्थ्यो । अनि मलाई नि जेल सजाय हुने थियो,’ दीप बोल्छ ।
“म के गरौँ बाबू ! दुई जना नातिनातिनी छोडेर पर्देश गएको छोरो सात वर्ष भइसक्यो अहिलेसम्म आएको छैन । बुहारीले नि घर छोडेर हिँडेको तीन साल भइसको । उनीहरु कहाँ छन् के गर्दैछन् अहिलेसम्म केही अत्तोपत्तो छैन । म बुढी मान्छेले ती नातिनातिनीलाई कसरी हुर्काउनु बाबू । अनि पोहोर पनि खोइ कुन्नि कुन रोग आयो भन्दै सबै बन्द गरे । अन्त कतै गएर काम गरिखान नि पाइएन । अलिअलि रिनपान गर्दै छाक टारेको थिएँ । अब फेरि बन्द गर्ने भन्दै गाउँभरी हल्ला छ । अब म बुढीलाई कसले रिन दिन्छ ? आफ्नो जग्गाजमिन केही पनि छैन बाबू । हरेक दिन अर्काकोमा बनिबुतो गर्दै छाक टारिरहेको थिएँ । अब बन्द भएपछि मैले के खानु अनि ती नातिनातिनीलाई के खुवाउनु, के लगाउनु ?’’ गहभरी आँसु पार्दै बुढी आमै बोल्छिन् ।
“अनि आमा यसरी कुदिरहेको बसमा सिधै आउन हुन्छ त ? मरिन्छ नि !’’ दीप बोल्छ ।
“मरिन्छ भनेर नै बस अगाडि ग’कि हो बाबू । पैसा पाइन्छ रे बसले मार्दा भन्ने सुनेको थिएँ । म बुढी मरे पनि मेरा नातिनातिनीले त पैसा पाउँछन् नि । अनि आनन्दले खान र लाउन त पाउँछन् । म बुढी मरेर के नै हुन्छ र बाबु ?’’ बुढी आमाको यो कुरा सुनेर दीप नाजवाफ हुँदै आफ्नो बस लिएर जान्छ । यात्रुहरुको नि आँखाभरी आँशु हुन्छ ।
(थाहा छ देशमा आपत आएको छ अनि महामारीले सबैलाइ डर देखाएको छ । रोग लागेर मरिन्छ कि भन्ने डर हामी सबैमा छ । अनि हामी सबै जना सबै कुराले भरिपूर्ण भएर बसेका पनि त छैनौँ । धेरै कुराको अभाव, धेरैलाई छ । सरकारबाट केही कुराको आश नहुने भन्ने पनि छँदैछ । ती बुढी आमै मात्रैमा होइन यस्तो घटना धेरै नेपालीमा आउन सक्छ ।)
Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login