अपराध
लागूऔषधसहित ६ जना पक्राउ
विराटनगरः झापा, इलाम र मोरङ जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण चन्द्रगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले बाह्रदशी गाउँपालिका–२ बाट ६ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित बाह्रदशी गाउँपालिका–३ का २३ वर्षीय अमिन मोहम्मदलाई बिरिङ खोला किनारबाट पक्राउ गरेको हो ।
उता, इलामको माङ्सेबुङ गाउँपालिका–५ का १९ वर्षीय प्रेम राई र १७ वर्षीय अमिर लिम्बू नियन्त्रित लागूऔषध गाँजासहित पक्राउ परेका छन् । प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो २ केजी गाँजा सहित दुवै जनालाई पक्राउ गरेको हो ।
यस्तै, मोरङको केराबारी गाउँपालिका–६ बाट लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । सोमबार बेलुका ७ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले मुगु खोला छेउमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १० प ७६९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ३ जना पक्राउ परेका छन् ।
सो मोटरसाइकलमा सवार रहेका केराबारी गाउँपालिका–५ का २२ वर्षीय रुपेश राई, धरान–८ की ३० वर्षीया अबिमाया राई र २० वर्षीय उत्सव लिम्बूलाई लागूऔषध सहित पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले डाइजेल्याप ९५ एम्पुल, एभिल ९४ एम्पुल र लुपिजेसिक ९७ एम्पुल लागूऔषध बरामद गरेको हो । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा कानुनी कारवाहीका साथै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Facebook Comment
Banner
महिला टी-२० च्यालेन्ज कपमा रुवान्डामाथि नेपालको सानदार जित
रुवान्डामा जारी आइसिसी महिला टी-२० च्यालेन्ज कपमा नेपाल घरेलु टोली रुवान्डामाथि सहज जित निकालेको छ ।
रुवान्डाको किगालीस्थित गहंगा क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा नेपालले रुवान्डालाई ३८ रनले हरायो । जितका लागि एक सय चार रनको लक्ष्य पछ्याएको रुवान्डा १७.४ ओभरमा सबै विकेटको क्षतिमा ६५ रनमा समेटिएको थियो ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो ।
डबल राउन्ड रोबिन लिगका आधारमा सञ्चालित पाँच टोली सहभागी प्रतियोगितामा नेपालले अब सातौँ खेल वैशाख १७ गते भानुआटुसँग र अन्तिम खेल १८ गते इटलीसँग खेल्ने छ ।
नेपालले यसअघिका पाँच खेलमा दुई जित र तीन हार खेपेको थियो । प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्ने छ ।
Banner
सुन्दरहरैंचा–१२ मा सांसद प्रेमलाल चौधरीलाई सम्मान, विकासका लागि सहकार्यमा जोड
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ ले प्रतिनिधि सभा सदस्य प्रेमलाल चौधरीलाई सम्मान गरेको छ। वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष रोशन प्रसाद ढकालसहित जनप्रतिनिधिहरूले चौधरीलाई स्वागत तथा सम्मान गरेका हुन्।
कार्यक्रममा विभिन्न राजनीतिक दलका वडा प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो।
सम्मान ग्रहण गर्दै सांसद चौधरीले आफूलाई सम्मानभन्दा पनि जिम्मेवारी थपिएको अनुभूति भएको बताउँदै अब विकासका कामलाई तीव्रता दिन सबै मिलेर अगाडि बढ्न आग्रह गरे।
वडा अध्यक्ष ढकालले पनि वडाको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
Banner
लालीगुराँस महोत्सवमा चोत्लुङ पार्क साहित्यमय, कविताले दुई दिन गुञ्जायमान
चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यमय बनेको छ। लालीगुराँस महोत्सव अन्तर्गत वैशाख १० गतेदेखि सञ्चालन भएको कार्यक्रममा आयोजित “चोत्लुङ साहित्य गोष्ठी” ले पूरै क्षेत्रलाई साहित्यिक माहोलमा डुबायो।
गुराँसको राजधानी मानिने तीनजुरे–मिल्के–जलजले क्षेत्र को प्रवेशद्वार बसन्तपुरस्थित पार्कमा आयोजित गोष्ठीमा सन्ध्या सिङ्जागो सुब्बा ले कविता वाचन गरिन्। उनीसँगै दुई दर्जनभन्दा बढी कविहरूका रचनाले दुई दिनसम्म पार्क गुञ्जायमान बनायो।
रैथाने वास्तुशैलीमा बनेको चोत्लुङ पार्कमा यस्ता कार्यक्रमले कला–साहित्यप्रति स्थानीय सरकारको सकारात्मक दृष्टिकोण झल्काएको भन्दै विराटनगरकी कवि तथा आख्यानकार सीमा आभाष ले प्रशंसा गरिन्।
गोष्ठीमा काठमाडौँसहित विभिन्न जिल्लाबाट आएका साहित्यकारहरूले प्रकृति, संस्कृति, प्रेम र समसामयिक विषयमा कविता प्रस्तुत गर्दै श्रोतालाई मन्त्रमुग्ध बनाए। कार्यक्रममा विशेष आकर्षणका रूपमा रहेका उपेन्द्र सुब्बा ले समाज रूपान्तरणका लागि यस्ता वैचारिक जमघट आवश्यक हुने बताए।
कार्यक्रममार्फत जलवायु परिवर्तन र यसको असर न्यूनीकरणबारे साहित्यिक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको अर्जुनबाबु माबुहाङ ले जानकारी दिए। साथै, गुराँस संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन र मुन्धुमी ज्ञानसँग जलवायु परिवर्तनको सम्बन्धबारे समेत विमर्श गरिएको थियो।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login