८ वैशाख, काठमाडौं । सुनसरीको तरहरामा हुन लागेको राष्ट्रिय कविता प्रतियोगिता पुरस्कार वितरण समारोहको पमुख अतिथि अग्रज कवि एवं वरिष्ठ संस्कृतिविद् तुलसी दिवस हुने भएका छन् ।
यही वैशाख १२ गते शुक्रबार हुन लागेको प्रतियोगिताको समापन समारोहमा वरिष्ठ कवि तुलसी दिवसलाई निम्त्याइएको आयोजक संस्था श्री जनसहयोग २०५० समूहका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।
कवि नारायण पौडेलको स्मृतिमा आयोजित तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ मा कृति विमोचन एवं सम्मानका कार्यक्रम समेत रहेको कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेले बताए ।
समूहका अध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगितामा प्रथम हुने कविलाई नगद ५१,१०० रुपैयाँ पुरस्कार पाउनेछन् । त्यसैगरी द्वितीय हुनेलाई ४१,१००, तृतीयलाई ३१,१०० र प्रोत्साहन पुरस्कार दुई जनालाई ११,१०० प्रदान गरिनेछ । छनोट भएका मध्ये अन्य पाँच जनालाई नगद ५,१०० रुपैयाँ पुरस्कार दिइने अध्यक्ष श्रेष्ठले बताए ।
कवि र कवितालाई समाजमा अझ परिचित बनाउने र प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ ।
You must be logged in to post a comment Login