Connect with us
Advertisement

आजदेखि सोह्र श्राद्ध शुरु

Published

on

विराटचोकः आजदेखि सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमान अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । दशैं मनाउनुअघि पितृहरुलाई सम्झने क्रममा भाद्र शुक्ल पूर्णिमादेखि आश्विन औँसी (जमरे औंसी)सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो । यसपटक भने सोह्र श्राद्धपछि अधिकमास अर्थात् मलमास परेकाले दशैं १ महिना पर धकेलिएको छ ।

कसैकसैले सोह्र दिनको गणना गर्दा आश्विन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्दछन् । आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ । आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो । आश्विन कृष्ण प्रतिपदा तिथिदेखि औंसीसम्म १५ दिन र भाद्र शुक्ल पूर्णिमाको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्र श्राद्ध भनिएको हो । कतै असोज शुक्ल प्रतिपदा तिथिमा गरिने मातामह श्राद्धको दिनलाई समेत गणना गरिएको पनि भेटिन्छ ।

पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्युतिथि समातेर श्राद्ध गर्दछन् । केही मानिस, जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ । ती तिथि यसप्रकार छन्ः

आश्विन कृष्णपक्ष पञ्चमी श्राद्धः (जसको मृत्यु अविवाहित अवस्थामा भएको छ । उनीहरुको श्राद्ध गरिने यो तिथिलाई कुमार पञ्चमी पनि भनिन्छ ।)

आश्विन कृष्णपक्ष नवमी श्राद्धः (यो तिथि माताको श्राद्धका लागि उत्तम मानिन्छ । त्यसैले यसलाई मातृनवमी भनिन्छ । यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवङ्गत महिलाहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ ।)

आश्विन कृष्णपक्ष एकादशी एवं द्वादशी श्राद्धः (सन्यास लिएका व्यक्तिको श्राद्ध यी तिथिका दिन गर्ने चलन छ ।)

आश्विन कृष्णपक्ष चतुर्दशी श्राद्ध: (जसको अकाल मृत्यु भएको छ, उनीहरुको श्राद्ध यो तिथिमा गर्ने चलन छ ।)

आश्विन कृष्णपक्ष अमावस्या: (कुनै कारणले पितृपक्षका सबै तिथिमा पितृहरूको श्राद्ध सम्पादन गर्न विघ्न परेमा अथवा कुनै पनि पितृको तिथि सम्झना नभएको अवस्थामा यस तिथिमा सबै पितृहरूको श्राद्ध गर्ने चलन छ । यस दिन श्राद्ध गर्नाले कुलका सबै पितृहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ ।)

आश्विन कृष्ण पक्ष शुक्ल प्रतिपदा (मावली हजुरबा वा हजुरआमाको श्राद्धका लागि यो तिथि उत्तम मानिन्छ । यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र तिनको मृत्युतिथि पनि थाहा छैन भने यस तिथिका दिन श्राद्ध गर्नाले तिनको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ ।)

पर्व अर्थात औंसीमा गरिने श्राद्धलाई पार्वण श्राद्ध भनिछ । वैदिक परम्पराअनुसार प्रत्येक महिनामा पर्ने औंसी तिथिमा पितृहरूको श्राद्ध गर्नुपर्ने उल्लेख छ ।

श्राद्ध गर्ने व्यक्तिले कपाल, नङ आदि काटेर सफा शुद्ध भई नित्य स्नान गरी पितृपक्षभरि नै सात्विक भोजन गर्ने गर्दछन् । यसैगरी यस अवधिभर कुनै देवस्थल दर्शन गर्न नजाने परम्परा रहेको छ । यस पक्षको चतुर्दशी तिथिमा मघा नक्षत्र परेमा श्राद्ध नगर्नु भन्ने शास्त्रीय वचन पाइन्छ । एकोद्दिष्ट श्राद्धमा निश्चत तिथिमै श्राद्ध गर्नेुपर्ने भए पनि यस पक्षको चतुर्दशीलाई भने अकाल गतिले मरेको व्यक्तिको मात्र श्राद्ध गर्ने परम्परा छ ।

कोरोना संक्रमणको त्रासका कारण यसपटकको सोह्र श्राद्ध पनि प्रभावित हुने भएको छ । कतिपय स्थानीय तहले त भर्चुअल माध्यमबाट श्राद्ध गर्न अनुरोध गर्दै सूचना नै निकालेका पनि छन् ।

सोह्र श्राद्धमा भर्चुअल विधिबाट श्राद्ध गर्न नगरपालिकाको अनुरोध

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एमाले मतगणना अपडेट : १० वटा मेसिनको चिप्स निकाल्न बाँकी, सबै परिणाम एकैसाथ सुनाइने

Published

on

नेकपा एमालेको मतगणना कार्य सुरु हुने प्रक्रियामा छ ।

निर्वाचन आयोगका अनुसार, अहिले धमाधम विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । केहीबेरमा मतगणना सुरु हुनेछ । आयोगका अनुसार, ८० मध्ये ७० वटा मेसिनबाट चिप्स निकालिसकिएको छ । अब १० वटाको मात्रै बाँकी छ । त्यसलगत्तै मतगणना सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार, सबै परिणाम एकैसाथ सार्वजनिक गर्ने तयारी छ । बिहीबार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरूले नेतृत्वका लागि मतदान गरेसँगै मतगणनाको प्रक्रिया अघि बढेको हो । मतदानका क्रममा ३६ जना महाधिवेशनप प्रतिनिधि भने अनुपस्थित रहे ।अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा भएको छ । अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानल नै सहभागी छ ।मेसिन लक गर्ने र मेसिनको अलग अलग कोड नम्बरको आधारमा चिप्सलाई सिल गरिन्छ । सेन्टर कलेक्शनपछि सर्वपक्षीय बैठक बसिसकेपछि मात्रै नतिजा सुनाइने एमालेले जनाएको छ ।

 

 

Advertisment

निर्वाचन आयोगका अनुसार, अहिले धमाधम विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । केहीबेरमा मतगणना सुरु हुनेछ । आयोगका अनुसार, ८० मध्ये ७० वटा मेसिनबाट चिप्स निकालिसकिएको छ । अब १० वटाको मात्रै बाँकी छ । त्यसलगत्तै मतगणना सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार, सबै परिणाम एकैसाथ सार्वजनिक गर्ने तयारी छ । बिहीबार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरूले नेतृत्वका लागि मतदान गरेसँगै मतगणनाको प्रक्रिया अघि बढेको हो । मतदानका क्रममा ३६ जना महाधिवेशनप प्रतिनिधि भने अनुपस्थित रहे । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा भएको छ । अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानल नै सहभागी छ । मेसिन लक गर्ने र मेसिनको अलग अलग कोड नम्बरको आधारमा चिप्सलाई सिल गरिन्छ । सेन्टर कलेक्शनपछि सर्वपक्षीय बैठक बसिसकेपछि मात्रै नतिजा सुनाइने एमालेले जनाएको छ ।

Continue Reading

Banner

एमालेको मतदान अन्तिम चरणमा, नतिजा केही घण्टामै

Published

on

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि रातभर मतदान भएको छ । बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहानसम्म जारी छ ।अहिले मतदान अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार एक घण्टा भन्दा कम समयमा मतदान सकिन्छ ।अब १०० मत खस्न बाँकी छ । ८० वटा मेसिनबाट मतदान भइरहेको छ,’ उनले भने । लामाका अनुसार अहिले ८० जनाले मत हालिरहेका छन् । २० जना जति होल्डिङ सेन्टरमा छन् । महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । तर शतप्रतिशत मत नखसेको निर्वाचन आयोगका एक प्रतिनिधिले बताए । स्रोतका अनुसार करिब ३६ मत खसेको छैन । मतपरिणाम आजै सार्वजनिक हुनेछ । एमालेले ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने जनाएको छ ।

Continue Reading

Banner

गछिया जेसिजको अध्यक्षमा कमल ढुंगाना सर्वसम्मत निर्वाचित

Published

on

गछिया, पुस २, २०८२
गछिया जेसिजको चौथो साधारणसभा आज गछिया जेसिजको सचिवालयमा सम्पन्न भएको छ। साधारणसभाले कमल ढुंगाना (कुन्दन) लाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो। सभाबाट नयाँ कार्यकारिणी समिति पनि सर्वसम्मत चयन गरिएको छ। कार्यकारिणी उपाध्यक्षमा जेसी लक्ष्मण दाहाल र आयुष दीप रिजाल चयन भएका छन् भने उपाध्यक्षमा अनु दाहाल, रिजन पोखरेल, सुजन बाराकोटी र सन्जिब दाहाल निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा गंगा सिग्देल तथा जनसम्पर्क अधिकारीमा अनुप अधिकारी सर्वसम्मत चयन भएका हुन्। नव निर्वाचित अध्यक्ष ढुंगानाले गछिया जेसिजलाई अझ सक्रिय, उत्तरदायी र समाजमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक