Connect with us
Advertisement

भारतमा एकै दिन ९० हजार ६ सय जनामा कोरोना पुष्टि

Published

on

विराटचोकः पछिल्लो समय कोरोना संक्रमितको दर बढिरहेको भारतमा विगत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार भारतमा ९० हजार ६ सय जनामा कोेरोना संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १० हजार ८ सय ३९ जना पुगेको छ । तीमध्ये ३१ लाख ७७ हजार ६ सय ७३ जना निको भएका छन् ।

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा भारत तेस्रो स्थानमा रहेको छ ।

सम्बन्धित थप समाचार

भारतमा ८४ हजारभन्दा बढी थपिए कोरोना संक्रमित

भारतमा भेटिए हालसम्मकै धेरै कोरोना संक्रमित

भारतमा संक्रमितको दर बढ्दै, संक्रमितको संख्याले रेकर्ड तोड्दै

पछिल्लो २४ घण्टामा भारतमा भेटिए धेरै कोरोना संक्रमित

Banner

आज – २० बैशाख २०८१ बिहिवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । बाहन सुख पनि मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । पुँजी बजार भने ठिकै रहला । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सोचेको आँटेको काममा फाइदा मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । आत्मबलमा कमी आउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्यमा सुधार आउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार, व्यवसायमा लाभ हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा निराशा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला । प्रेममा मनमुटाव आउन सक्छ, तर सफल यात्राको योग छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । वैदेशिक क्षेत्रको कार्य सफल हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न पनि सकिनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शेयर बजार अथवा पुँजी बजारको लगानीले राम्रो लाभ दिनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अधुरो र नयाँ कार्यको थालनी हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान पनि मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) समाज सेवा गरे लोकमा प्रसिद्ध भइनेछ । स्वास्थ्यमा सुधार आउला । आफन्त सँगको सम्बन्ध पनि गाढा र सुमधुर रहनेछ । तीर्थाटनको योग पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading

Banner

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

Published

on

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।
 
 
 
निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर एक रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाएको छ ।
 
 
 
पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
Continue Reading

Banner

मिक्लाजुङमा शिशुको हत्या, आमा पक्राउ

Published

on

मिक्लाजुङमा शिशुको हत्या, आमा पक्राउ
मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
अवैध सम्बन्धबाट गर्भवती भएकी महिलाले शिशु जन्माएर हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपमा शिशुकी आमा पक्राउ परेकी हुन् । शिशुका बाबु भने पत्ता नलागेको जानकारी प्रहरीले दिएको छ । प्रहरीले शिशुका बाबुको पहिचानको प्रयास भइरहेको जनाइएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राईलाई सोमबार साँझ पक्राउ गरिएको हो । प्रहरीका अनुसार अस्मिताले शिशु जन्माएर हत्या गरी फ्यालेको जानकारी उनले दिएकी छन् । पुरुषसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी उनले छोरा जन्माएर हत्या गरेको प्रहरीको भनाइ छ ।
डीएसपी बस्नेतका अनुसार घरदेखि १ किलोमिटर उत्तरमा रहेको बाँसघारीमा छोरा जन्माएको खुलेको छ। त्यसपछि हत्या गरेर ढुंगाको चेपमा फ्यालेको अवस्थामा सोमबार साँझ शिशुको शव फेला परेको उनले भनाइ छ ।
जन्माएर शिशुको हत्या गरी घर फर्किएकी अस्मिताको शरीरमा रगत देखेपछि शंका लागेर आफन्तले सोधपुछ गरेका थिए । सोधपुछ गर्ने क्रममा जन्माएर शिशुको हत्या गरेको खुलेपछि आफन्त र स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै घटनास्थल पुगेको प्रहरीले शव बरामद गरेर अस्मितालाई पक्राउ गरेको हो । कपडाले छोपेर राखेको अवस्थामा शिशुको शव फेला परेको डीएसपी बस्नेतले बताएका छन्।
उनका अनुसार सुत्केरी अवस्थाकी अस्मितालाई नियन्त्रणमा लिएर उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । अस्मिताको स्वास्थ्य अवस्था कमजोर रहेको प्रहरीले जनाएको छ ।
परिवारका सदस्यले दिएको किटानी जाहेरीका आधारमा उनीविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । उनीविरुद्ध मंगलबार जाहेरी परेको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले अनुसन्धान गर्ने छ ।
शिशुको हत्यामा संलग्न आमा उपचाररत रहेका कारण घटनाका बारेमा धेरै कुरा खुल्न बाँकी रहेको बस्नेतले बताएका छन्। ‘आमालाई उपचारका लागि भर्ना गरिएको छ । घटनाका बारेमा धेरै कुरा बुझ्न र सोधपुछ गर्न पाइएको छैन,’ डीएसपी बस्नेतले भने, ‘अस्पतालले डिस्चार्ज दिएपछि अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने छ । अनुसन्धानपछि घटनाका सम्बन्धमा थप प्रष्ट हुन्छ ।’
अस्मिताका श्रीमान भने वैदेशिक रोजगारीका क्रममा १ वर्षदेखि कतारमा रहेको प्रहरीको भनाइ छ । पति विदेशमा भएका बेला परपुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्माएर हत्या गरी शव फ्यालेको पाइएको बस्नेतको भनाइ छ ।
उनका अनुसार शिशुको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरान लगिएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप प्रष्ट हुने उनले बताएका छन्।
स्रोत : फाइलफोटो / सम्झना राई
May be a black-and-white image of 1 person, baby and smiling
Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक