Connect with us
Advertisement

६२ जना सेनासहित धरानमा थप ६४ जनामा कोरोना संक्रमण

Published

on

धरानः धरानमा शनिबार साँझ ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत भदौ १७ गते धरान–१३ फुस्रेस्थित नेपाली सेनाको ब्यारेकमा रहेका १ सय ३१ जना सेना र इलाका प्रहरी कार्यालय धरानका ११ जना प्रहरीको स्वाब लिइएको थियो ।

तीमध्ये ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रहरीतर्फ १ जना प्रहरी हवल्दार र १ जना प्रहरी जवानमा संक्रमण पुष्टि भएको हो । सेनातर्फ ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

Continue Reading

Facebook Comment

1 Comment

Banner

नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए

Published

on

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूलाई वार्ताका लागि बोलाएका हुन् ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनप्रति ध्यानाकषर्ण भएको जनाउँदै वार्ताका लागि बोलाएका हुन् ।

शिक्षकहरुसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ता आउन आह्वान गरेका हुन् । मन्त्री पन्तसँगै शिक्षा मन्त्रालयले समेत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ ।

cc

Continue Reading

Banner

संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

Published

on

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।

आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो ।

तर, सम्बोधन स्थगित भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड संसदमा उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।

देउवा थाइल्याण्डमा छन् भने प्रचण्ड गोरखा पुगेका छन् ।

आज प्रमुख दलका शीर्ष नेता बैठकमा सहभागी नहुने भएकोले बजेट अधिवेशनको पहिलो बैठकमा दोस्रो तहका नेताहरूले सम्बोधन गर्नेछन् ।

Continue Reading

Banner

भूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (फोटो फिचर)

Published

on

२०७२ वैशाख १२ को भूकम्पमा निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै थुप्रै पूरातात्विक सम्पदा क्षतिग्रस्त हुन पुगे ।

भूकम्पमा परी काठमाडौंको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पनि भत्किए । भूकम्पले हनुमानढोका संरक्षित क्षेत्रमा रहेका ७३ सम्पदा, एउटा मूल चोक र चार वटा चोक गरी ९५ वटा सानाठूला सम्पदामा क्षति पुगेको थियो ।

भूकम्पको १० वर्षमा काष्ठमण्डप, गद्दी बैठक, नौतले दरबार, विष्णु मन्दिर, त्रैलोक्य मन्दिर आदि पुनर्निर्माण सकिएको छ ।

वसन्तपुर क्षेत्रको पुनर्निर्माणका लागि धेरै संघसंस्थाले सहयोग गरेका छन् । पूरातत्त्व विभाग, काठमाडौं महानगरपालिका, प्रदेश सरकार, विदेशी दातृ निकाय, गुठी र उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम भएको हो ।

Hanumandhoka-Durbar-Square.-2174-1745547054.jpg
Hanumandhoka-Durbar-Square.-2173-1745547053.jpg
Hanumandhoka-Durbar-Square.-2172-1745547052.jpg
Hanumandhoka-Durbar-Square.-2170-1745547051.jpg
Hanumandhoka-Durbar-Square.-2171-1745547051.jpg
Hanumandhoka-Durbar-Square.-2169-1745547050.jpg
Hanumandhoka-Durbar-Square.-2168-1745547050.jpg
कस्तो थियो ?

CG Group
Nepatop

Hanumandhoka-Durbar-Square_BS_2587-1745547139.jpg
Hanumandhoka-Durbar-Square_BS_2585-1745547136.jpg
Hanumandhoka-Durbar-Square_BS_2580-copy-1745547136.jpg
Hanumandhoka-Durbar-Square_BS_2558-1745547132.jpg
Hanumandhoka-Durbar-Square_BS_2561-1745547133.jpg
Hanumandhoka-Durbar-Square_BS_2549--1745547130.jpg
Hanumandhoka-Durbar-Square_BS_2546-1745547129.jpg
Hanumandhoka-Durbar-Square_BS_2542-1745547126.jpg

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक