Connect with us
Advertisement

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजारभन्दा बढी, ३५७०० डिस्चार्ज

Published

on

विराटचोकः पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ८ सय १८ जना संक्रमित डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ३५ हजार ७ सय जना पुगेको छ ।

थप ५ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ । १४ हजार ४ सय ४८ जना आइसोलेसनमा रहेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता भोलिदेखि सञ्चालन हुने

Published

on

मोरङको सुन्दरहरैंचा नगरपालिकामा भोलिदेखि तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा सुन्दरहरैंचा नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्ग श्रेष्ठले दिनुभएको जानकारी अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् ।

सदस्य सचिव श्रेष्ठका अनुसार प्रतियोगितामा मोरङका ६ वटा र सुनसरीका २ वटा पालिका सहभागी हुनेछन् । प्रतियोगितामा सुनसरीका इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिकाका टिम सहभागी हुनेछन् । त्यस्तै, मोरङका आयोजक सुन्दरहरैंचा नगरपालिकाका साथै लेटाङ, पथरीशनिश्चरे र बेलबारी नगरपालिका सहभागी हुनेछन् । त्यस्तै, कानेपोखरी गाउँपालिका र केराबारी गाउँपालिका पनि प्रतियोगितामा सहभागी हुनेछन् ।

 

प्रतियोगिताको फाइनल खेल बैशाख १३ गते हुनेछ । प्रतियोगितामा विजयी हुनेले नगद ४ लाख र उपविजेता हुनेले नगद २ लाख रुपैयाँका साथै कप पाउनेछन् । त्यस्तै हरेक दिन म्यान अफ द म्याच घोषित हुने खेलाडीले नगद २ हजार ५०० रुपैयाँ पाउनेछन् । अन्य ५ विधाका उत्कृष्ट खेलाडीले जनही नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताका सबै खेल पचाम खेलमैदान सुन्दरहरैंचा–१ मा हुने भएका छन् । भोलि हुने उद्घाटन खेल इटहरी उपमहानगरपालिका र लेटाङ नगरपालिकाबीच दिउँसो ३ बजे हुनेछ ।

Continue Reading

Banner

सुकुना बहुमुखी क्याम्पसमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुँदै

Published

on

सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचामा यही बैशाख ६ र ७ गते हुन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने भएको छ ।

सहायक क्याम्पस प्रमुख तथा सो शैक्षिक सम्मेलनका संयोजक गणेशप्रसाद दहालका अनुसार सम्मेलन सम्पन्न गर्न विभिन्न समिति, उपसमिति तथा सदस्यहरूको जिम्मेवारी तोकिएको छ ।

क्याम्पस प्रमुख अर्जुनराज अधिकारीका अनुसार कार्यक्रमको गरिमा र प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको व्यवस्थापनमा ध्यान दिइएको छ ।

सम्मेलनका विविध विषयमा ७० ओटा कार्यपत्र प्रस्तुत हुने भएका छन् । विभिन्न तीन कि नोट स्पीकर मुख्य हलमा सम्पन्न हुनेछ । त्यसपछि साइन्स टेक्नोलोजी र म्याथ मेटिक्स, ह्युमेनिटिज एण्ड एजुकेसन तथा म्यानेजमेन्ट गरी तीन ठाउँमा कार्यपत्र प्रस्तुत हुने भएको छ । त्यसपछि ५ वटा सेसन सञ्चालन हुने बताइएको छ ।

कन्भेनर सदस्य गुणराज नेपालका अनुसार सम्मेलनमा नेपालका साथै भारत, चीन, अमेरिकासहित ७ देशका प्राध्यापक तथा शिक्षाविद्ले सम्मेलनमा आफ्ना कार्यपत्र प्रस्तुत गर्नुहुने भएको छ ।

सम्मेलनलाई सफल बनाउने विषयमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीबीच हिजो संयुक्त बैठक बसी छलफल भएको छ ।

बैशाख ६ गते बिहान ९ बजेदेखि ५ बजेसम्म र बैशाख ७ गते बिहान साढे ८ बजेदेखि ४ बजेसम्म कार्यक्रम सञ्चालन हुने बताइएको छ । सम्मेलनमा ३०० जनाभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको क्याम्पसले जनाएको छ ।

Continue Reading

Banner

विराटचोकवासीलाई असर पारेको भन्दै विराटचोक– घिनाघाट सडक निर्माणको विषयमा सुन्दरहरैंचा नगरपालिकामा छलफल

Published

on

निर्माणाधीन विराटचोक– घिनाघाट सडक निर्माणमा भएको ढिलाइले पारेको असरका विषयमा जनप्रतिनिधि, स्थानीयवासी, व्यवसायीबीच छलफल भई काम छिटो सम्पन्न गर्न सबैसँग अपिल गरिएको छ ।

बैठकमा सहभागी सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीका अनुसार हिजो सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुखको केदारप्रसाद गुरागाईँको कार्यकक्षमा छलफल भएको हो ।

सडक निर्माणका क्रममा स्थानीय सरोकारवाला घरधनी व्यवसायी एवम् पैदलयात्रीलाई पर्न गएको असुविधा तथा स्वास्थ्यमा परेको असरको बारेमा छलफल भएको थियो ।

सो सडक भएर चल्ने सवारी साधनलाइ अन्यत्र बाईपास गरेर छिटो भन्दा छिटो सहज ढंगले निर्माण कार्य सम्पन्न गर्न जिम्मेवार बन्नुपर्ने विषयमा छलफल गरी निर्माणाधीन सडकको अनुगमन गरिएको कार्कीले जानकारी दिनुभयो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक