Connect with us
Advertisement
Advertisement

नबिल बैंकले साइकल किन्न ऋण दिने

Published

on

विराटचोकः साइक्लिङका सौखिनका लागि नबिल बैंकले साइकल किन्न ऋण दिने भएको छ । पछिल्लो समय व्यायाम हलहरु बन्द भएको र मनिसहरु आफ्नो स्वास्थ्यप्रति धेरै चेतनशील भएका कारण यो योजना ल्याइएको बैंकले जनाएको छ ।

त्रिपाठीका अनुसार यो योजनाको लागि ग्राहकले बैंकबाट क्रेडिट कार्ड अनिवार्य लिएको हुनुपर्ने छ । यो योजनाअन्तर्गत ग्राहकले २ लाखसम्मका साइकल खरिद गर्दा डाउन पेमेन्ट गर्नु नपर्ने र ब्याज पनि तिर्नु नपर्ने बताइएको छ ।

२ लाखभन्दा महंगो साइकल किन्दा भने २ लाखभन्दा जति बढी रकमको साइकल किनिन्छ सो रकमको डाउन पेमेन्ट गरेर खरिद गर्न सकिने भएको छ ।

साइकलको मूल्यलाई १८ महिनामा भाग लगाएर सोही अनुसार मासिक किस्ता तिर्न सकिने भएको हो । बैंकले यो योजनाको लागि पानीपोखरीस्थित काठमाडौं बाइक स्टेशन र पोखराको चालिसे एण्ड सन्ससँग सम्झौता गरेको जनाएको छ ।

साइकलको पाउदानी चलाउँदै, प्रकृतिको काखमा पुग्दै

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

पत्रकार, अधिकृत र इञ्जिनियर, डाक्टर र नर्ससहित धरानमा १३ जना संक्रमित थप

Published

on

धरानः धरानमा पत्रकार, नगरपालिकाका अधिकृतस्तरका कर्मचारी र इञ्जिनियर, डाक्टर र नर्ससहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरानमा पहिलो पटक पत्रकार संक्रमित भएका हुन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वडा नं १६ का एक इञ्जिनियरलाई पनि संक्रमण पुष्टि भएको छ । उपमहानगरपालिकाका एक अधिकृतलाई पनि संक्रमण देखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा धरान–१५ का एक सामुदायिक विद्यालयका प्रध्यानाध्यापकलाई पनि संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका अनुसार संक्रमितमध्ये एक जना नर्स र एक डाक्टर पनि छन् ।

Continue Reading

Banner

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख

Published

on

विराटचोकः कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । विगत २४ घण्टामा ३ हजार ८ सय ७३ जना संक्रमितको मृत्यु भएसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख २ हजार १ सय ५८ जना पुगेको हो ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार सबैभन्दा धेरै अमेरिकामा २ लाख ९ हजार ४ सय ५३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ब्राजिलमा १ लख ४१ हजार ७ सय ७६ जनाको मृत्यु भएको छ भने भारतमा ९५ हजार ५ सय ७४ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

मेक्सिकोमा ७६ हजार २ सय ४३, बेलायतमा ४१ हजार ९ सय ८८, इटलीमा ३५ हजार ८ सय ३५, पेरुमा ३२ हजार २ सय ६२, फ्रान्समा ३१ हजार ७ सय २७ र स्पेनमा ३१ हजार २ सय ३२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । अन्य देशमा ३० हजारभन्दा कम संक्रमितको मृत्यु भएको छ ।

सम्बन्धित समाचारहरुः

कोरोना संक्रमणका कारण विश्वमा ९ लाखको मृत्यु

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख २ हजार

विश्वमा ६ लाख ४ हजार कोरोना संक्रमितको मृत्यु, ५९ हजार ९ सयको अवस्था गम्भीर

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड, मृतकको संख्या ५ लाख

 

Continue Reading

Banner

वराहक्षेत्रमा मृत अवस्थामा फेला परेकी बालिकाको हत्या भएको पुष्टि,घटनामा संलग्न १ जना पक्राउ

Published

on

धरानः सुनसरीको वराहक्षेत्र–१ कटहरे स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी १२ वर्षीया बालिकाको हत्या भएको पुष्टि भएको छ ।

असोज १० गते २ बजे राती १२ वर्षीया मीना राई आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन । छिमेकीको घरमा धामी बसेको हेरेर बिहान २ बजे घर फर्केका अभिभावक घरभित्र पस्दा छोरी मीना राईलाई मृत अवस्थामा देखी प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाउनासाथ घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतक बालिकाको शवको अवस्था हेर्दा शंकास्पद देखिएपछि गहन अनुसन्धान शुरु गरेको थियो । घटनाको अनुसन्धान गर्न संघीय प्रहरी इकाइ कार्यालय धरानबाट तालीमप्राप्त कुकुरसहितको टोली तथा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटिएको थियो । अनुसन्धानमा खटिएको प्रहरी टोलीले मीनाको हत्या भएको पुष्टि गरेसँगै उनको हत्यामा संलग्न सोही स्थानका १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

घरमा बालिका मात्र एक्लै रहेको समयमा राती १० बजेतिर १५ वर्षीय बालक चटपटे खान भनी गएका थिए । उनीहरुबीच विवाद हुँदा ती किशोरले मीनालाई सिसाको बोतलले टाउकोमा प्रहार गरी भेष्ट र रुमालले घाँटीमा कसेर उनको हत्या गरेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक