शिक्षा / स्वास्थ्य
झुम्काका कैदीको कोरोनाका कारण मृत्यु, अस्पतालका अनुसार थिएन दीर्घरोग

विराटचोकः सुनसरीको झुम्का कारागारका एक जना कैदीको कोरोना संक्रमणका कारण कोभिड अस्पताल धरानमा निधन भएको छ । १० दिन अघिदेखि ज्वरो आएका उनमा दीर्घ नरहेको पाइएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ४३ वर्षीय ती पुरुष कैदीलाई इनरुवा जिल्ला अस्पतालले धरान रेफर गरेको थियो । आज बिहान ११ बजेर ५४ मिनेट जाँदा प्रतिष्ठानमा भर्ना भएका उनमा आजै कोरोना संक्रमण पुष्टि भएको थियो । उनको बेलुका साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार २ दिनदेखि उनलाई श्वासप्रश्वासमा समस्या हुनुको साथै ज्वरो आएको थियो ।
Facebook Comment
Banner
कञ्चनपुरमा मोटरसाइकलसँगै जलेको अवस्थामा पुरुषको शव फेला

कञ्चनपुरमा जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको बेलौरी नगरपालिका– १० शिवनगरमा मंगलबार बिहान बेलडाँडी गाउँपालिका–३ का हरिकिशन रानाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झलक शर्माका अनुसार मोटरसाइकलसँगै रानाको शव जलेको अवस्थामा फेला परेको हो ।
शव घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले बताए । मृत फेला परेका राना किसान हुन् ।
Banner
१२ को परीक्षामा सबै संयन्त्र प्रयोग गरिने

९ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनमा सबै संयन्त्र प्रयोग गर्ने भएको छ । यही वैशाख ११ गतेदेखि हुने परीक्षाको व्यवस्थापन र सञ्चालनमा शिक्षक सहभागी नभए अरु संयन्त्र प्रयोग गरेर भए पनि परीक्षा सञ्चालय गर्ने निर्णय बोर्डले गरेको छ ।
‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय निकालाई भन्ने । जिल्लामा परीक्षा समन्वय समिति छ । शिक्षा इकाइ छ । प्रदेशमा बोर्डको कार्यालय छ । सबै मिलेर केन्द्राध्यक्ष खटाएर परीक्षा हुन्छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने । सबै शिक्षक नभए पनि कर्मचारीको सहयोगमा परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ ।
‘शिक्षकहरूलाई फर्किन आह्वान गरेका छौं । जानुहुन्छ होला । जानु भएन भने त्यसको विकल्प पनि सोचेका छौं,’ शर्माले भने, ‘पालिकाका कर्मचारी, क्याम्पसका शिक्षक, निजीका शिक्षक पनि हुनुहुन्छ । जिल्लामा आवश्यकता हेरेर प्रमुख जिल्ला अधिकारीले सहज हुनेगरी संयन्त्र प्रयोग गर्न सक्नु हुन्छ ।’
बाहिरी सुरक्षाका लागि प्रहरी परिचालनन हुने बोर्डले जनाएको छ । ‘शिक्षक केन्द्राध्यक्ष हुँदा पनि सुरक्षाका लागि प्रहरी परिचालन गरिने गरेको थियो,’ उनले भने ।
यसपटक १२ कक्षाको परीक्षा दिने विद्यार्थीको संख्या ५ लाख ११ हजार छ । परीक्षा केन्द्र १ हजार ५९० तोकिएको छ ।
यसअघि परीक्षा सञ्चालनमा खटिने जनशक्तिका लागि तालिम हुने गरे पनि यसपटक शिक्षकहरु आन्दोलनमा भएकाले तालिम समेत भएको छैन ।
शिक्षक महासंघले भने परीक्षा नै बहिस्कार गर्ने अडान कायम राखेको छ । ‘आज ९ गते भयो । दुई दिन बाँकी छ । यस्तो समयमा बोर्डले परीक्षा गर्ने निर्णय ग¥यो । हामी असहयोग गर्छौं । शैक्षिक हड्ताल कायमै छ,’ शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले भने ।
शिक्षा ऐन जारी गर्न माग गर्दै २० चैतदेखि शिक्षक तथा कर्मचारीहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।
आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुने कि नहुने भन्ने अन्योल भएका बेला आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले निर्धारित मितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
Banner
तीनकुने घटना : मुख्य योजनाकार प्रसाईंमाथि व्यक्ति हत्यासहित ५ कसुरमा बयान सुरु

९ वैशाख, काठमाडौं । तीनकुनेको राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंको बयान लिने काम सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा उपस्थित गराएर प्रसाईंको बयान लिन सुरु गरिएको हो ।
सोमबारबाट प्रसाईंको बयान लिने काम सुरु भएको सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले बताए । समय अभावका कारण सोमबार थोरै समय प्रसाईंको बयान लिइएको थियो । आज मंगलबार फेरि बयान सुरु भएको काफ्लेले बताए ।
‘प्रसाईंविरुद्धको बयान जारी छ । उहाँविरुद्ध विविधि कसुरमा बयान लिने काम भइरहेको छ’, काफ्लेले अनलाइनखबरसँग भने । सरकारी वकिल स्रोतकाअनुसार प्रसाईंविरुद्ध ज्यान सम्बन्धी कसुरको कर्तव्य ज्यानको कसुरमा समेत अनुसन्धान गरेर बयान लिन सुरु गरिएको छ ।
यसका साथै ज्यान मार्ने उद्योग, संगठित अपराध, राज्यविरुद्धको कसुरभित्रको राजद्रोहको अपराध, आपराधिक उपद्रवको कसुरमा बयान सुरु भएको छ । राजावादी प्रदर्शनमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको भन्दै त्यस दिन ड्युटीमा खटिएका सुरक्षाकर्मीले उनीविरुद्ध ज्यान मार्ने उद्योगको समेत जाहेरी दिएका थिए । ज्यान मार्ने उद्योगको कसुर प्रसाईंविरुद्ध सबैभन्दा बलियो मुद्दा बन्न सक्ने बताइएको छ । सार्वजनिक भएको भिडिओमा प्रसाईं आफैंले गाडी चलाउँदै ड्युटीमा खटिएका प्रहरीलाई पेल्दै गाडी अगाडि बढाएको देखिन्छ । त्यस क्रममा उनले अपशब्द समेत बोलेको भिडिओमा सुनिन्छ ।
प्रसाईंलाई पहिलोपटक राज्यविरुद्धको कसुरअन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा म्याद लिइएको थियो । अन्य कसुर भने पछि थपिँदै गएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
पत्रकारसहित दुई जनाको मृत्यु भएको तीनकुने घटनाको मुख्य योजनाकार प्रसाईं भारतको आसामबाट २८ चैतमा पक्राउ परेका थिए । २९ चैतमा काठमाडौं ल्याएर उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद लिएर हिरासतमा राखिएको छ ।
झापाको बिर्तामोड नगरपालिका-५ का ५४ वर्षीय विवादास्पद व्यक्ति प्रसाईंले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ चलाइरहेका थिए । उनैको महाअभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ चैतमा तीनकुनेमा सभा गर्नका लागि अनुमति दिएको थियो ।
राजा फर्काउने दाबी गर्दै १५ चैतमा प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भयो । तर, उक्त प्रदर्शन हिंसात्मक बन्यो । व्यक्तिको घर जलाइए । पसल, मार्ट तोडफोड भए । निजी सम्पत्तिमा ठुलो क्षति भयो ।
सवारी साधन जलाइए । प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र प्रदर्शनकारीले घरमा लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भयो ।
१५ चैतको घटनामा पक्राउ पर्नेको ८४ संख्या पुगेको छ । राप्रपा महामन्त्री तथा सांसद धवल शमशेर राणासहित भाटभटेनीका फलफुल टिप्ने केहीलाई भनेर हिरासत मुक्त गरेर अनुसन्धान अघि बढाइएको छ । यद्यपी उनीहरुविरुद्ध भने मुद्दा चलाउने तयारी छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login