कोशी प्रदेश
खान नपाएर आत्महत्या, वैदेशिक रोजागरमा हिँडेकी श्रीमती भारतमा बेखबर, छोराछोरीको बिचल्ली
विराटचोकः बिहान बेलुका हातमुख जोर्न नसक्ने अवस्था आएपछि मोरङको सुन्दरहरैंचाका अशोक दर्जीले आत्महत्या गरेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका–१० सुकुम्बासी बस्ती बाटो नम्बर २ एकता टाेलका ४४ वर्षीय दर्जी २ छोरी र १ छोराको साथमा बस्दै आएका थिए ।
दर्जीकी श्रीमती भने वैदेशिक रोजगारीका लागि भारतसम्म पुगेर अलपत्र परेकी छिन् । भारत पुर्याएर दलालले फसाएको हुन सक्ने स्थानीय बताउँछन् । त्यहाँ पुगेको केही दिनमै लकडाउन शुरु भएपछि उनी यता न उता हुँदा बिचल्लीमा परेको अनुमान स्थानीयको छ ।
अशोक पहिले ठेला कुदाउने काम गर्थे । त्यसबाट खानसम्म पुर्याउँदै आए पनि पछि रिक्सा निस्किएसँगै त्यो व्यवसाय सुक्दै गयो र कमाई नहुने भएपछि त्यो ठेला नै बेचेदिए ।

त्यसपछि उनले ज्याला मजदुरीमा काम गर्न थाले । कहिले घर बनाउने, कहिले बाटो बनाउन ढुङ्गा, गिटी, बालुवा बोक्न थालेका थिए । जसोतसो दैनिकी चलाउँदै आएका उनलाई लकडाउनले समस्यामा पार्याे । ५ महिनादेखिको लकडाउनले खानाको अभाव भएपछि उनले घरमा भएका सबै सामान बेचे । ग्यास, थाललगायत बेच्न मिल्ने सबै बेचेर उनले छोराछोरीको भोको पेट भर्दै गए । दिनहरु बितिरहेका बेला उनले गत मंगलबार आत्महत्याको बाटो रोजे । त्यसपछि भने उनका छोराछोरीको अहिले बिचल्ली भएको छ ।
१७ र १५ वर्षका छोरी तथा १३ वर्षका छोरा अहिले आशौच बारेर बसेका छन् । जेठी छोरीको भने कक्षा ६ मा पढ्दा नै विवाह भइसकेको छ । माइली छोरी अपाङ्ग छिन् । छोरा भने कबाडीमा पुराना सामान भेला पारेर बेच्दै १०\२० रुपैयाँ कमाउँदै आएका थिए । तर कोरोनाले सबै क्षेत्रबाट आउने आम्दानीको बाटो बन्द बनाइदिएपछि भोकमरीकै कारण अशोकले आत्महत्या गरेको हुन सक्ने छिमेकीहरु बताउँछन् ।
घरमा १ दानो अन्न नहँुदा मृत्युपछि छातीमा राख्ने चामल नभएकाले छरछिमेकीले जुटाइदिएका थिए । यस्तै, पोष्टमार्टम गर्न वडाध्यक्षसहित अन्य व्यक्तिले सहयोग गरेर त्यसपछि दाहसंस्कार गरेको स्थानीयको भनाइ छ ।
अशोककी श्रीमतीले पहिले कुबेत गएर कमाएको पैसाले घर बनाइन् । तर त्यो घर पूरा बनाउन नपाउँदै पैसा सकियो । त्यसपछि फेरि विदेश जान दिल्लीसम्म पुगिन् । उनी विदेश पुगेर पैसा कमाएका भए अशोकले त्यो बाटो रोज्ने थिएनन् कि ? तर त्यो पनि नभएपछि छिमेकीबाट कहिलेकाहीँ १०\१५ रुपैयाँ माग्दै र तरकारी पनि मागेर खाँदै गरेका उनले गत मंगलबार दिनको २ बजेतिर घरमै झुण्डिएर आत्महत्या गर्न पुगे ।

Banner
भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते
उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।
Banner
सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने
झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।
गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
Banner
एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।
मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।
महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।
बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













Pingback: उद्योग वाणिाज्य सङ्घ द्वारा दर्जी परिवारलाई नगद सहयाेग - निष्पक्षखबर
Pingback: दर्जीको परिवारलाई सहयोग जुट्दै, भारतबाट आइपुगिन् श्रीमती - निष्पक्षखबर