Connect with us
Advertisement

खान नपाएर आत्महत्या, वैदेशिक रोजागरमा हिँडेकी श्रीमती भारतमा बेखबर, छोराछोरीको बिचल्ली

Published

on

विराटचोकः बिहान बेलुका हातमुख जोर्न नसक्ने अवस्था आएपछि मोरङको सुन्दरहरैंचाका अशोक दर्जीले आत्महत्या गरेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका–१० सुकुम्बासी बस्ती बाटो नम्बर २  एकता टाेलका ४४ वर्षीय दर्जी २ छोरी र १ छोराको साथमा बस्दै आएका थिए ।

दर्जीकी श्रीमती भने वैदेशिक रोजगारीका लागि भारतसम्म पुगेर अलपत्र परेकी छिन् । भारत पुर्याएर दलालले फसाएको हुन सक्ने स्थानीय बताउँछन् । त्यहाँ पुगेको केही दिनमै लकडाउन शुरु भएपछि उनी यता न उता हुँदा बिचल्लीमा परेको अनुमान स्थानीयको छ ।

अशोक पहिले ठेला कुदाउने काम गर्थे । त्यसबाट खानसम्म पुर्याउँदै आए पनि पछि रिक्सा निस्किएसँगै त्यो व्यवसाय सुक्दै गयो र कमाई नहुने भएपछि त्यो ठेला नै बेचेदिए ।

त्यसपछि उनले ज्याला मजदुरीमा काम गर्न थाले । कहिले घर बनाउने, कहिले बाटो बनाउन ढुङ्गा, गिटी, बालुवा बोक्न थालेका थिए । जसोतसो दैनिकी चलाउँदै आएका उनलाई लकडाउनले समस्यामा पार्याे । ५ महिनादेखिको लकडाउनले खानाको अभाव भएपछि उनले घरमा भएका सबै सामान बेचे । ग्यास, थाललगायत बेच्न मिल्ने सबै बेचेर उनले छोराछोरीको भोको पेट भर्दै गए । दिनहरु बितिरहेका बेला उनले गत मंगलबार आत्महत्याको बाटो रोजे । त्यसपछि भने उनका छोराछोरीको अहिले बिचल्ली भएको छ ।

१७ र १५ वर्षका छोरी तथा १३ वर्षका छोरा अहिले आशौच बारेर बसेका छन् । जेठी छोरीको भने कक्षा ६ मा पढ्दा नै विवाह भइसकेको छ । माइली छोरी अपाङ्ग छिन् । छोरा भने कबाडीमा पुराना सामान भेला पारेर बेच्दै १०\२० रुपैयाँ कमाउँदै आएका थिए । तर कोरोनाले सबै क्षेत्रबाट आउने आम्दानीको बाटो बन्द बनाइदिएपछि भोकमरीकै कारण अशोकले आत्महत्या गरेको हुन सक्ने छिमेकीहरु बताउँछन् ।

घरमा १ दानो अन्न नहँुदा मृत्युपछि छातीमा राख्ने चामल नभएकाले छरछिमेकीले जुटाइदिएका थिए । यस्तै, पोष्टमार्टम गर्न वडाध्यक्षसहित अन्य व्यक्तिले सहयोग गरेर त्यसपछि दाहसंस्कार गरेको स्थानीयको भनाइ छ ।

अशोककी श्रीमतीले पहिले कुबेत गएर कमाएको पैसाले घर बनाइन् । तर त्यो घर पूरा बनाउन नपाउँदै पैसा सकियो । त्यसपछि फेरि विदेश जान दिल्लीसम्म पुगिन् । उनी विदेश पुगेर पैसा कमाएका भए अशोकले त्यो बाटो रोज्ने थिएनन् कि ? तर त्यो पनि नभएपछि छिमेकीबाट कहिलेकाहीँ १०\१५ रुपैयाँ माग्दै र तरकारी पनि मागेर खाँदै गरेका उनले गत मंगलबार दिनको २ बजेतिर घरमै झुण्डिएर आत्महत्या गर्न पुगे ।

Banner

जापानविरुद्ध सन्दीप जोराको अर्धशतक, नेपाल बलियो स्थितिमा

Published

on

एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलमा अर्धतक बनाएका हुन् ।

सन्दीपले २५ बलमा पाँच चौका र तीन छक्काको मद्तमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । जापानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । १२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०५ रन बनाएको छ ।

जापानविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए । कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट हुँदा पाँचौक्रममा आएका लोकेश बलमा आक्रामक ब्याटिङ गरे ।

Continue Reading

Banner

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Published

on

अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।

Continue Reading

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक