Banner
करुणाको न्यायका लागि बुहारी संयुक्त आवाजद्वारा श्रद्धाञ्जली सभा
विराटचोकः मेचीमहाकाली बुहारी संयुक्त आवाजले विराटचोकमा श्रद्धाञ्जली सभा गरेको छ ।
रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं १ की १६ वर्षीया किशोरी करुणा घर्तीमगरलाई साउन २२ गते आफ्नै प्रेमीले जंगलमा लगेर बलात्कार गरी हत्या गरेका थिए । सो घटनाका दोषीलाई अहिलेसम्म कुनै कार्वाही नभएको हुनाले चाँडोभन्दा चाँडो कानुनी दायरामा ल्याउन माग गर्दै श्रदान्जली सभा आयोजना गरिएको हो । उनी आफैँले लगाएको कमर भन्दा तलको कपडा च्यातेर पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
पीडकले सजाय र पीडितले न्याय पाउनुपर्ने भन्दै भएको सभामा आयोजक संस्थाकी मोरङ जिल्ला अध्यक्ष उमा सेढाईँले पीडित बालिका तथा महिलाहरुले न्याय नपाउँदा अपराधीहरु खुलेआम रुपमा छाती फुलाएर हिँडिरहने अवस्था आउने बताइन् । उनीहरुले आफूलाई निर्दोष सावित गरेर जस्ता पनि हर्कत गर्दा पनि उन्मुक्ति पाइरहेको उनको भनाइ छ । नेपाली छोरीहरुले ज्यान गुमाइरहेकाले र आँशुमा डुबिरहेकाले छारीहरुको न्यायका लागि लडाइँ लडिरहने उनको भनाइ थियो ।
कार्यक्रममा कानुनी सल्लाहकार अधिवक्ता अन्जना संग्रौलाले सुन्दरहरैंचा भरी महिलासँग सम्बन्धित घटनाको निःशुल्क कानुनी सेवा प्रदान गर्ने बताइन् । यसैगरी सो संस्थाले गर्ने हरेक कार्यक्रममा आफू उपस्थित हुने पनि उनले बताइन् ।
कार्यक्रममा सुन्दरहरैंचा नगरकार्यपालिका सदस्य उर्मिला रिजाल शर्मा, आयोजक संस्थाका पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन सस्थाकी सचिव शुसिला लुइटेल ढकालले गरेकी थिइन् ।

Facebook Comment
Banner
रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान हुने
रास्वपा केन्द्रीय सदस्यको निर्वाचनका लागि साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ ।प्रवक्ता मनिष झाले साँझ साढे ७ बजेबाट सुरु हुने जानकारी दिए । गत आइतबार (असार ७) बाट सुरु भएको महाधिवेशन ९ गतेसम्मका लागि तय भएको थियो । यद्यपि महाधिवेशनको समय लम्बिन पुगेको छ ।आज बिहान ९ बजेबाटै सुरु हुने भनिए पनि मतदान सुरु हुन सकेको थिएन । केहीबेरअघि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । प्रवक्ता झाका अनुसार, साँझ ५ बजेसम्म दाबी विरोधको समय तय भएको छ भने ६ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । दोस्रो चरणको मतदान भने भोलि बिहान ९ बजे गर्न सकिने आकलन पार्टीको रहेको झाले बताए ।
Banner
उज्बेकिस्तानलाई हराएर शीर्षस्थानमा उक्लियो पोर्चुगल,
पोर्चुगल फिफा विश्वकपमा उज्बेकिस्तानलाई हराएर समूह ‘के’ को शीर्षस्थानमा उक्लिएको छ ।
मंगलबार राति उज्बेकिस्तानलाई ५-० गोलअन्तरले हराउँदै पोर्चुगल आफ्नो समूहको शीर्षस्थानमा उक्लिएको हो ।
पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डले २ तथा नुनो मेन्डेस र राफेल लिओले १/१ गोल गरे । भने, एक गोल उज्बेकिस्तानले आत्मघाती गर्यो ।
पहिलो हाफमा नै २ गोल गरे पनि रोनाल्डो ह्याट्रिक गर्नबाट चुके ।
यद्यपि, रोनाल्डो लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गर्ने खेलाडी बने । साथै, उनले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनाए ।
Banner
रास्वपा महाधिवेशन: प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु भएको छ ।
परिचयपत्र वितरणको काम छिटो सक्ने उद्देश्यले विभिन्न नौ ठाउँबाट सुरु गरिएको पार्टीले जनाएको छ ।
रास्वपा चितवनका सभापति ई मिनीमाधव खनालका अनुसार सात प्रदेश, प्रवास र समायोजनबाट प्रतिनिधि बनेकाहरूको अलगअलग ठाउँमा वितरण भइरहेको छ । प्रतिनिधिको टुङ्गो लागेपछि स्वचालित प्रणालीबाट परिचयपत्र छपाइ गर्ने भएकाले केही ढिलो भएको स्पष्ट गर्दै महाधिवेशन आयोजक जिल्लाका सभापति खनालले परिचयपत्र वितरणपछि बन्दसत्र सुरु हुनेछ ।
बन्दसत्र भरतपुरको उद्योग संघ परिसरमा रहेको प्रदर्शनी केन्द्रमा हुनेछ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login